लेखा अधिकृत/कृषि प्राविधिक/प्रशोधन केन्द्र व्यवस्थापक

ENPRED, Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।।।

प्रथम पटक प्रकाशित मिति २०८१/०१/२

महाशिला गाउँपालिका, पर्वत र हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा विकासका लागि वातावरणीय संरक्षण सेवा नेपाल (इन्प्रेड)को साझेदारीमा सञ्चालन हुने “Enhancing Competitiveness of Rural Women Entrepreneur Through Innovation in Vegetable Value Chains” परियोजनाका लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१. पद: लेखा अधिकृत

पद संख्या: १ जना

न्युनतम शैक्षिक योग्यता र कार्यानुभाब

  • बाणिज्य शास्त्रमा स्नातक तह उर्तिण गरि कम्तिमा ३ बर्षको अनुभव भएको ।
  • कम्प्युटर सम्बन्धी दक्ष्ता भएको र लेखा सफ्टवयर सम्बन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
  • लेखा प्रतिबेदन तयारि तथ्यांक बिश्लेषण बजेट प्रणालि सम्बन्धी ज्ञान भएको ।
  • स्थानिय सरकारको लेखा प्रणालि बजेट निकाशा तथा फछ्र्यौट र सार्बजनिक खरिद प्रकृया सम्बन्धी ज्ञान तथा अनुभव भएको ।
  • स्थानिय सरकार तथा अन्य सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरि कार्य गर्न सक्ने
  • मोटर साईकल चलाउन सक्ने र सवारिचालक अनुमति पत्र प्राप्त भएको ।
  • नियमित तथा आवश्यकता अनुसार परियोजना कार्यक्षेत्रको भ्रमण गर्नु पर्नेछ ।

मुख्य जिम्मेवारि 

  • परियोजनासंग सम्बन्धीत बित्तिय कारोवारको लेखा ब्याबस्थापनको सफ्टवयरको प्रयोग गरि लेखा राख्ने 
  • मासिक, त्रैमासिक र बार्षिक बित्तिय प्रतिबेदनहरु तयार गरि दातृ निकायमा पेश गर्ने ।
  • बजेट नियन्त्रण र बित्तिय योजना तयार गर्नुपर्र्ने ।
  • परियोजनाको जिन्सी सम्पतिहरुको अभिलेख राख्ने र अद्यावधिक गर्ने ।
  • परियोजनाको क्रियाकलापहरुको लागी आवश्यक प्रबन्ध ब्याबस्थापन गर्ने ।
  • कार्यालय ब्याबस्थापन तथा दैनिक प्रशासनिक कार्यहरु गर्ने ।

२. पद: कृषि प्राविधिक

पद संख्या: २ दुई जना

न्युनतम योग्यता र कार्यानुभव

  • कृषि बिषयमा JT उर्तिण गरि कम्तीमा २ बर्ष वा JTA वा सो सरह उर्तिण गरि कम्तीमा ५ बर्ष सामुदायिक बिकास र तरकारिको मुल्य श्रृखलामा काम गरेको अनुभव भएको ।
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याङ्घनको अनुभव र ज्ञान सीप भएको ।
  • साना किसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान सीप र अनुभव भएको ।
  • कृषि तथा पशु बस्तुमा आधारित ब्इाबसाय तथा उद्यमशिलता बिकासमा महिला तथा युवाहरुको सहभागीता र सामाजिक परिचालनमा बिशेष दक्षता भएको ।
  • उद्यमीहरुको ब्याबसायिक योजना निर्माण सम्बन्धि सिप र अनुभव भएको ।
  • स्थानिय सरकार र अन्य सरोकारवालाहरु संग समन्वय र सहकार्य गरि कार्य गर्न सक्ने ।
  • कम्प्युटर सम्बन्धी दक्षता भएकोलाई प्रथमिकता दिईने छ ।

मुख्य जिम्मेवारि

  • फिल्ड स्तरिय समुह समुह बैठक कृषक ब्याबसाय पाठशाला तालिम तथा गोष्ठी तथा सहजीकरण गर्ने 
  • परियोजना कार्यक्षेत्रका किसानहरुलाई प्राबिधिक सेवा प्रदान गर्ने
  • कृषकहरुको गुणस्तरीय कृषि सामाग्री आधुनिक प्रबिधि बित्तिय सेवामा पहुँच बृद्धीकालागी सहकारी र निजिक्षेत्रको ब्याबसायिक सम्बन्ध स्थापित गर्न सहजिकरण गर्ने
  • परियोजना कार्यक्षेत्रको तरकारी उत्पादन तथा बजारिकरण सम्बन्धि तथ्याङ्घ संकलन तथा अध्यावधिक गर्ने
  • मासिक तथा आवधिक प्रतिबेदन तयार गरि सस्था तथा सरोकारवाला निकायमा पेश गर्ने
  • सहकारीको ब्याबसाय बिस्तारकालागि मुल्य श्रृखला पात्रहरुसंग सम्र्पक तथा समन्वय गरि बैठकहरु सञ्चालन गर्ने 
  • परियोजना सञ्चालन तथा कार्यान्वयन लागि सरोकारवाला निकायहरु संग सम्पर्क तथा समन्वय गर्ने ।
  • कृषक समुह र सहकारीको परिचालन तथा क्षमता अभिबृद्धि गर्ने 
  • समुदाय स्तरका सफलताका कथा तथा सिकाईहरु तयार गरि दस्तावेजिकरण गर्न

३. पद: प्रशोधन केन्द्र व्यवस्थापक

पद: संख्या १ जना 

न्युनतम योग्यता र कार्यानुभव 

  • प्राबिधिक वा अन्य बिषयमा प्रबिणता प्रमाणपत्र तह वा सो सरह उर्तिण गरि कम्तीमा ३ वर्ष अनुभव भएको   
  • कृषिजन्य उद्योग वा प्रशोधन केन्द्र ब्याबस्थापनमा अनुभव भएकोलाई प्राथमिकता दिईने छ ।
  • कृषि जन्य बस्तुको ब्याबस्थापन तथा बजारिकरणमा अनुभव भएको ।
  • कृषक समुह सहकारी तथा सामाजिक परिचालनमा बिशेष दक्षता भएको ।
  • स्थानिय तथा क्षेत्रीय ब्यापारि स्थानिय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गर्न सक्ने ।
  • कम्प्युटर संबन्धी दक्ष्ता भएकोलाई प्राथमिकता दिईने छ ।
  • मोटरसाईकल लाईसेन्स भएको र कम्तीमा ८० प्रतिशत समयअवधि परियोजना क्षेत्रमा दिन सक्ने ।

मुख्य जिम्मेवारी

  • प्रशोधन केन्द्र दैनिक रुपमा सञ्चालन तथा ब्याबस्थापन गर्ने ।
  • प्रशोधनकेन्द्रमा प्रशोधन तथा बजारिकरण हुने कृषिजन्य बस्तुहरुको दैनिकरुपमा अभिलेखिकरण गरि प्रतिबेदन तयार गर्ने ।
  • प्रशोधनकेन्द्र सञ्चालन गर्न आवश्यक दक्ष तथा अदक्ष जनशक्ति ब्याबस्थापन तथा क्षमता अभिबृद्धि गर्ने ।
  • प्रशोधन केन्द्रको प्रयोगमा हुने मेशिनरी तथा औजारहरुको रेखदेख ब्याबस्थापन तथा नियमित मर्मत संभार गर्ने ।
  • मासिक तथा आवधिक प्रतिबेदन तयार गरी सहकारी सस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।
  • प्रशोधन केन्द्रको ब्याबसाय बिस्तारकालागी मुल्य श्रृखलाका पात्रहरु संग सम्पर्क तथा समन्वय गरि ब्याबसायिक सम्बन्ध स्थापित गर्ने ।
  • सरोकारवाला निकायहरु संग सम्पर्क तथा समन्वय गर्ने।

सेवा सुबिधा सस्थाको नियमानुसार हुनेछ  ।

दरखास्त दिने अन्तिम मिति: २०८१/०१/२७ कार्यालय समय भित्र

परिक्षाको किसिम: लिखित अन्तर्वार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

आवश्यक कागजातहरु: कुन पदमा आबेदन गरेकोहो सो को बिवरण समेत खुल्ने गरि निबेदन ब्यक्तिगत बिवरण (बायोडाटा) शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धीत बिषयको कार्यनुभव पत्र पासपोर्ट साईजको फोटा र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी इन्प्रेड नेपालको इमेल enprednepal22@gmail.com मार्फत वा संस्थाको कार्यालय महाशिला गाँउपालिका वडा नं ५ लुँखु देउराली जोरकाफलमा दरखास्त बुझाउनु पर्ने छ ।

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षमा समावेश गराईने छ । रित पुर्वक म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाहि गरिने छैन । कर्मचारी छनौटको सर्वाधिकार विकासका लागि वातावरणीय संरक्षण सेवा नेपाल (इन्प्रेड) को रहने छ ।

पदपुर्ति समिति

बिकासकालागी वातावरणीय संरक्षण सेवा (इन्प्रेड) नेपाल

महाशिला गाँउपालिका वडा नं ५ जोरकाफल पर्बत

सम्पर्क नं  ९८५६०५०६०५

Overview

Category Accounting and Finance, Development and Project, Finance & Administration, Agriculture/Livelihood
Openings 4
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 03 May, 2024
Apply Before 09 May, 2024
City Mahashila 5, Parbat, Gandaki Province