कोटेशन पेश गर्ने सम्बन्धी सूचना
Details / requirements:
कोटेशन पेश गर्ने सम्बन्धी सूचना
प्रकाशित मिति: २०८२/०१/२८ गते
वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिन्धुली एकीकृत विकास समाज (SIDS) सिन्धुलीको आयोजनामा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL) परियोजना को जीविकोपार्जन कार्यक्रम अन्तर्गत कार्यक्रम संचालित तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा उन्नत जातको प्रजनन बोका सहयोग गर्ने कार्यक्रम रहको हुनाले सो उन्नत जातको बोका बिक्रि वितरण गर्नु हुने इच्छुक फर्म तथा आपूर्तीकर्ताहरुले तल उल्लेखित सेवा तथा शर्तहरुलाई मध्यनजर गर्दै तल उल्लेखित ठेगानामा कोटेशनको लागि आवश्यक सम्पूर्ण कागजात संलग्न गरि आजको मितीले ७ दिन भित्र कोटेशन पेश गर्नुहुन अनुरोध गरिन्छ ।
सेवा तथा शर्तहरु:
१. कोटेशन पेश गर्ने अवधी २०८२ वैशाख २८ देखि २०८२ जेष्ठ ०३ गते (११ मे २०२५ देखि १७ मे २०२५) सम्म कार्यालयको समय दिनको ४ बजे सम्म हुनेछ । । यदि कोटेशन बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो को भोलिपल्ट दिन को १२:०० भित्रमा कोटेशन बुझाउन सकिनेछ ।
२. समय अवधी भित्र पेश नभएको कोटेशन मान्य हुने छैन ।
३. कोटेशनमा उल्लेख भएको मूल्यमा VAT/TAX समावेश भएको हुनु पर्नेछ । अरु कुनै TAX भएको कैफियतमा उल्लेख गर्नुहोला । साथै कोटेशनमा उल्लेखित किराना सामाग्रीहरुको थोक मुल्य उल्लेख गर्नु पर्नेछ ।
४. विल तथा सेवा प्राप्त गरेका ३० दिन भित्रमा A/C Payee चेक मार्फत सप्लायर्सको फर्मको नाममा भुक्तानी गरिनेछ । यदि तपाई केही भुक्तानी शर्तहरु भएमा उल्लेख गर्नुहोला ।
५. कोटेशन खाममा हुनु पर्ने र खामको बाहिर नाम, ठेगाना तथा सम्पर्क नम्बर स्पष्ट देखिने अक्षरमा लेखिएको हुनु पर्नेछ । साथै कोटेशन पेश गर्दा सप्लायर्सले स्पष्ट देखिने गरि नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नु पर्नेछ ।
६. कुनै कारणवश स्वीकार गरेको समयमा सामाग्री वा सेवाहरु उपलब्ध नभएमा २ प्रतिशत जरिवाना साप्ताहिक रुपमा लाग्नेछ ।
७. कोटेशन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस संस्थामा निहित हुनेछ ।
८. कोटेशन बुझाउँदा कम्पनी भएमा PAN/VAT Registration Certificate, करचुक्ता प्रमाणपत्र, कम्पनी दर्ताको प्रतिलिपी पनि बुझाउनु पर्नेछ ।
(नोट: यदि प्रस्तावना बुझाउने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदाको दिन परेमा सो को भोलिपल्ट दिनको १२ बजे सम्ममा प्रस्तावना पेश गर्न सकिनेछ । समायावधी भन्दा पछि प्राप्त भएको प्रस्तावना मान्य हुने छैन )
आवश्यक सूची दर्ता फाराम तथा कोटेशनको कागजात तलको लिंक बाट प्राप्त गर्न सकिनेछ साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।
https://drive.google.com/drive/folders/1-ld3jxmrEkFJLusQEQmVN-xXlAl_NRtA?usp=sharing
शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy)
सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली
कमलामाई–०६, सिन्धुली
फोन नं. ९८५२०७३२४१
इमेल: scm.sids@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 11 May, 2025 |
Apply Before | 17 May, 2025 |
City | Sindhuli |