कोटेशन आह्वान गरिएको सम्बन्धी सूचना
Details / requirements:
कोटेशन आह्वान गरिएको सम्बन्धी सूचना !
प्रथम पटक प्रकाशित मितिः २०८३/०८/१० गते
बेस संस्था (व्याकवार्ड सोसाइटी एजुकेशन) एक आम सदस्यतामा आधारीत गैर सरकारी संस्था हो । यसले लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाहरूः दाङ, बांके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, सल्यान, पूर्वी रुकुम, कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा कार्यरत रहेको छ । जसमा बेस सस्थाले विभिन्न सामाजिक विकासको कार्यक्रम तथा परियोजनाहरू: जनवकालत, बालबिबाह, बालयौन दुब्र्यबहार र बालबालिका ओसापसार बिरुद्ध अभियानका कृयाकलापहरू, खानेपानी, स्वास्थ्य तथा पोषण, सरसफाई र स्वच्छता, जिविकोपार्जन, सिंचाई, स्थानीय सरकार सवलीकरण, प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, गर्भाबस्थामा मधुमेहको रोकथाम तथा ब्यबस्थापन, मातृ तथा नवजात शिशु स्वास्थ्य र शिक्षाक्षेत्रमा कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ ।
यस संस्थालाई तपसीलमा उल्लेखित बस्तु तथा सेवाहरू आवश्यकता अनुसार एकैपटक वा पटक पटक गरी खरिद गर्नु पर्ने भएकाले सो को लागि योग्य आपुर्तिकर्ताहरू बाट कोटेशन (Quotation) आह्वान गरिन्छ । यसका लागि सम्बन्धित बस्तु वा सेवा आपूर्ति गर्न इच्छुक, इजाजत प्राप्त, दर्तावाला फर्म, कम्पनी, आपूर्तिकर्ता, सेवाप्रदायक व्यक्ति वा संस्थाहरूबाट तल उल्लेखित कानूनी कागजातहरू सहित मिति २०८३ मंसिर १७ गते तदनुसार ०३ डिसेम्वर २०२६ भित्र यस बेस संस्थाको केन्द्रीय परियोजना कार्यालय, तुलसीपुर दाङमा वा संस्थाको ईमेल ठेगानामा कोटेशन पेश गर्नको लागि आह्वान गर्दछौं । सो को ईमेल ठेगाना यस प्रकार रहेको छः base.hrrc55@gmail.com
कोटेशन उपलब्ध गराउनु पर्ने बस्तु तथा सेवाहरू:
- कृषि, भेटेरीनरी र कुखुरापालन तथा सो संग सम्बन्धित बस्तुहरुको बिक्री र सेवा प्रदान गर्ने कार्यहरू ।
- खानेपानी सम्बन्धी बिभिन्न किसिमका फिल्टरहरूको बिक्री र सो फिल्टरहरू जडान गर्दा चाहिने आवश्यक फिटिङ्खका सामानहरू उपलब्ध गराउने, फिटिङ्ख, तथा मर्मत सेवा प्रदान गर्ने सम्बन्धी कार्यहरू ।
कोटेशन सम्बन्धी फारामहरू तल उल्लेखित लिंकहरूबाट प्राप्त गर्न सकिनेछ वा फोन नं. 082-520055 मा सम्पर्क गरेर माग गर्न सकिनेछ । बिभिन्न किसिमका फिल्टरहरूको लागि आपूर्तिकर्ताहरूले आफ्नो अनुसारको कोटेशनको फाराम तयार गरी पेश गर्न सक्नुहुनेछ ।
1. Agriculture inputs
https://drive.google.com/uc?export=download&id=1asZMeCpE9HkFQiFdLJ-N2EY0rpEbwXq3
2. Poultry Support
https://drive.google.com/uc?export=download&id=1WsMdN3jsj8wmMH8i8CjriD1QLd7YjId7
3. Stainless Steel Water Filters
Quantity: 500 Pieces
Specification: 16 Liters and 18 Liters filters (with Two candles)
4. RO Water Filters with different capacities
5. UV Water Filters RO Plant with different capacities
आबेदनको साथ संलग्न हुनुपर्ने कानूनी कागजातहरूः
१. संस्थाको लेटर प्याडमा लेखिएको आबेदन सहितको खाममा लाहा छाप लागेको शिलबन्दी कोटेशन ।
२. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी । प्रमाणपत्र नबिरकण हुने भएमा नविकरण भएको पेजको प्रतिलिपी पनि पेश गर्नु पर्नेछ ।
३. कुनै कम्पनीको आधिकारीक बिक्रेता (Authorized Dealer) भएमा सो प्रमाणपत्रको प्रतिलिपी ।
४. स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्रको प्रतिलिीप वा मु.अ.कर (VAT) मा दर्ता भएको भए सो प्रमाणपत्रको प्रतिलिपी ।
५. आर्थिक बर्ष २०८२/०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी वा म्याद थप भएको भए सो कागजातको प्रतिलिपी ।
केन्द्रीय खरिद समिति
बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन)
तुलसीपुर, दाङ
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 26 Nov, 2026 |
| Apply Before | 03 Dec, 2026 |
| City | Dang Tulsipur |