कोटेशन आह्वान गरिएको सूचना
Details / requirements:
कोटेशन आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०२/१५)
राष्ट्रिय कृषक समूह महासंघ नेपालले केयर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गा.पा तथा धनगढीमाई न.पा., सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णासावरण गा.पा.सँगको सहकार्यमा साना, भूमिहीन, महिला, युवा र सिमान्तकृत किसानहरूलाई हरितगृह ग्यास उत्र्सजन घटाउँदै जलवायु परिवर्तनका असरहरूलाई अनुकूलनीय अभ्यासहरू मार्फत उत्थानशील बनाउने र सम्बन्धित स्थानीय नगरपालिका र गाउँपालिकाहरूको नीतिहरु, योजनाहरुमा जलवायु न्यायलाई मूलप्रवाहिकरण गर्न सहयोग पुर्यायाउने उद्देश्यले जलवायुमैत्री गाँउ नेपाल परियोजना (Climate Smart Village Nepal -CSVN Project) सञ्चालनमा रहेको छ ।
उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका सेवा सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएको वा मूल्य अभिवृद्धि करमा दर्ता नगरी सञ्चालन गर्न पाउने भनि कानुनले तोकिदिएको हकमा पानमा दर्ता भएका उल्लेखित सेवा आपुर्ति गर्न ईच्छक विक्रेता आपुर्तिकर्ता वितरक कम्पनी तथा सेवा प्रदायकहरुबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र तपसिलको शर्तहरुमा रहि कार्यालय समय भित्र सम्बन्धित आपुर्तिकर्ताहरु कै लेटर प्याडमा दरभाउ तथा शर्तहरु उल्लेख गरी कोटेशन ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
आपुर्ति गरिने सेवा सामाग्रीहरूको विवरणः
सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुरपतारी गा.पा तथा धनगढीमाई न.पा., सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णासावरण गा.पा.स्थित करिव ६०० कृषक समूहहरूका किसानहरूलाई लक्षित गरी बजार र मौसम सम्बन्धि सूचना मोबाइल सन्देश (SMS)मार्फत उपलब्ध गराउने ।
तपशिल:
१. कोटेशन पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा तथा पान दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्ष को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान, व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । कोटेशने खाम बाहिर कोटेशन दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ ।
२. कोटेशन फाराममा उल्लेखित सेवा उपलब्ध गराउन सक्ने सेवा सामाग्रीको लेटरप्याडमा दरभाउ, दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुनेछैन । यसरी सेवा सामाग्रीको विवरण उल्लेख गर्दा उपलब्ध गराउने समय सीमा र वारेन्टी ग्यारेन्टी लगायतका सेवा सुविधाहरु के कसरी, कस्ता शर्तहरुमा रही दिन सकिने हो वा नसिकने हो स्पष्ट खलाई पेश गर्नुपर्नेछ ।
३. कोटेशन फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनुपर्नेछ, अन्यथा उक्त कोटेशन दर्ता गर्न बाध्य हुनेछैन ।
४. कोटेशन बुझाउने अन्तिम मिति २०८३/०२/२१ गते १२:०० बजेसम्म हुनेछ र कोटेशन २०८३/०२/२२ गते २:०० बजे खोलिनेछ ।
५. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बर वा ईमेल ठेगाना मार्फत कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
६. म्याद नाघी वा रित नपुगी आएका कोटेशन उपर कुनै कारवाही हुनेछैन् ।
७. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपाल नीहित रहेको छ ।
- यौन शोषण, दुर्व्यावहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।
कोटेशन प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.–१, सिरहा – (लहान Ncell Center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)
फोन न. ०३३–५६४०७३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 29 May, 2026 |
| Apply Before | 04 Jun, 2026 |
| City | Siraha |