कोटेशन आह्वान गरिएको सूचना
Details / requirements:
कोटेशन आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०१/१७)
राष्ट्रिय कृषक समूह महासंघ नेपालले केयर नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको संरक्षण परियोजना अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. १५ र १८ मा सञ्चालित विभिन्न कृषक तथा वन समूहलाई अदुवा र बेसारको बीउ वितरण गर्नुपर्ने भएकोले उक्त सामाग्री आपुर्ति गर्न सकिने योग्य तथा इच्छक आपुर्तिकर्ताहरूबाट यो सूचना प्रकाशन भएको ६ औं दिन (२०८३/०१/२२ गते दिनको १:०० बजे भित्र) तपसिलको शर्त बमोजिम आपुर्तिकर्ताहरूको लेटरप्याडमा दरभाउ तथा शर्तनामाहरू खुलाई कार्यालयमा उपस्थित भई वा इमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत शिलबन्दी कोटेशन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
| क्र.स. | सामाग्रीको नाम | स्पेशिफिकेशन/विवरण | परिमाण | कैफियत |
| १. | अदुवाको बीउ | लहान नगरपालिकाको उत्तरी भेगमा उपयुक्त हुने स्थानीय जातको बीउ | ६०० के.जी. | |
| २. | बेसारको बीउ | लहान नगरपालिकाको उत्तरी भेगमा उपयुक्त हुने स्थानीय जातको बीउ | २००० के.जी. |
तपशिल:
१. कोटेशन पेश गर्दा फर्म दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि–१ थान, फर्म भ्याटमा तथा पानमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि–१ थान, गत आर्थिक वर्षको करचुक्ता प्रमाण पत्रको प्रतिलिपि–१ थान, व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी–१ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नुपर्नेछ । कोटेशनको खाम बाहिर कोटेशनदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छापले शिलबन्दी गरिएको हुनुपर्नेछ अन्यथा उक्त कोटेशन दर्ता गर्न बाध्य हुनेछैन ।
२. शिलबन्दी कोटेशनमा उल्लेख बीउको दर रेट (लहान नगरपालिका वडा नं. १५ र १८ स्थित विभिन्न कृषक समूहमा ढुवानी समेतको) अंक र अक्षर दुवैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बिच फरक परेमा अक्षरमा लेखिएको दर रेट मान्य हुनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुनेछैन । उपरोक्त परिमाणको अदुवा र बेसारको बीउ लहान नगरपालिका वडा नम्बर १५ र १८ मा सञ्चालित कृषक समूहहरु तथा सामुदायिक वन उपभोक्ता समूहहरू अवस्थित रहेको ठाउँसम्म तोकिएको परिमाणमा ढुवानी समेत गर्नुपर्नेछ ।
३. म्याद नाघी रित नपुगी आएको शिलबन्दी कोटेशन उपर कुनै कारवाही हुनेछैन । थप जानकारी आवश्यक परेमा तल उल्लृखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
४. खरिद प्रक्रिया राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामाग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानुन बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा निहित हुनेछ ।
५. फाराम बुझाउने अन्तिम मिति २०८३/०१/२२ गते १:०० बजेसम्म हुनेछ ।
६.यौन शोषण, दुर्व्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।
कोटेशन प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.–१, सिरहा – (लहान Ncell Center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)
फोन न. ०३३–५६४०७३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 30 Apr, 2026 |
| Apply Before | 05 May, 2026 |
| City | Kathmandu |