कृषि उपकरण तथा बिउ बिजन सामाग्री खरिद गर्न दरभाउ पत्र आह्वानको सूचना
KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.
Details / requirements:
हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा सञ्चालन गरिएको कर्णाली प्रदेशको हिमाली क्षेत्रमा सक्षम र दिगो समुदाय निर्माण परियोजनाको कृषि उपकरण तथा बिउ बिजन सामाग्री खरिद गर्न दरभाउ पत्र आह्वानको सूचना
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द (किर्डाक) नेपालले हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा सञ्चालन गरिएको कर्णाली प्रदेशको हिमाली क्षेत्रमा सक्षम र दिगो समुदाय निर्माण परियोजनाको कार्यान्वयन गर्दै आएको छ । यो परियोजना मिशन इस्ट नेपालको प्राविधिक सहयोग र डानिडाको आर्थिक सहयोगमा सन् २०२२ देखि २०२६ सम्मका लागि सञ्चालन भईरहेको छ । यो परियोजनाको उदेश्य कमजोर र सिमान्तकृत समुदायको अनुकुलन क्षमता सृदृढ गर्नु र जलवायु तथा वातावरणीय संकटसँग जुध्न नागरिक समाज संस्थाहरूलाई सशक्त बनाउनु हो । यसै सन्दर्भमा यस परियोजना क्षेत्रका कृषि समुहका सदस्यहरू तथा पालिकाको शाखालाई कृषि उपकरण तथा बिउ बिजन सामाग्री प्रदान गर्नु पर्ने भएकोले तपशिल बमोजिमका स्वच्छता सामाग्रीहरू खरिद गर्नुपर्ने भएकाले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक कम्पनी, फर्म, आदि आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
बोलपत्रमा अनिवार्य समावेस गर्नुपर्ने कागजातहरू:
१. कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरू
२. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजात
३. VAT दर्ताको प्रमाण पत्र
४. सहि छाप सहितको TOR, Due Diligence र स्व घोषणा पत्र
५. बैंक जमानत पत्र Original Copy (२·५ %)
६. सामाग्रीको विस्तृत विवरण तथा नमुना फोटोहरू
आवेदन दर्ता गर्ने प्रक्रिया:
शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले १३ दिन भित्र अर्थात २०८२/०३/९ गते तद्नुसार २३ जुन २०२६ साँझ ५:०० बजेभित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर, वा कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनर, सुर्खेतमा पेश गर्नु पर्ने छ । खरिद गर्ने सेवाको विस्तृत विवरण Terms of Reference and Bidding Form यो लिङ्क https://kirdarc.org/tender/ बाट वा तल उल्लेखित लिङ्कबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयहरूबाट समेत प्राप्त गर्न सकिने छ ।
यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा, ललितपुर (०१–५४४८३२१, ५४४८०९३) वा कर्णाली प्रदेश कार्यालय सुर्खेत (०८३–५२५६६४) मा सम्पर्क गर्न सकिने छ ।
(नोटः बोलपत्र छनौट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।)
Overview
| Category | Development Project |
| Position Type | Contract |
| Posted Date | 11 Jun, 2026 |
| Apply Before | 23 Jun, 2026 |
| City | Karnali, Humla |