करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Haripur WSSMB

Details / requirements:

हरिपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड

Haripur Water Supply and Sanitation Management Board

करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०५/१० गते)

हरिपुर नगरपालिका भित्रका खानेपानी आयोजनाहरुको दीगो तथा एकिकृत व्यवस्थापन गर्ने गराउने प्रयोजनका लागि हरिपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड ऐन २०७९ अन्तर्गत हरिपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड गठन भएको छ । उक्त बोर्डका कार्यक्रमहरु संचालन तथा कार्यान्वयनका लागि देहाय बमोजिमको कर्मचारी करारमा भर्ना गर्न आवश्यक रहेकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ ।

क्र.सविज्ञापन नम्बरसमूह पद/तह माग पद संख्याआवश्यक न्यूनतम शैक्षिक योग्यता
०१/०८३/०८४प्राविधिकफिल्ड सहायक प्लम्बर, मिटर रिडर  (सहायक–तृतिय) SEE उतिर्ण, सम्बन्धीत विषयमा कम्तिमा ३ महिनाको अनुभव सहित प्राबिधिक ज्ञान भएको

१. ०१/०८३/०८४  प्राविधिक फिल्ड सहायक प्लम्बर (सहायक–तृतिय) १ जना सम्बन्धीत विषयमा कम्तिमा ३ महिनाको अनुभव सहित प्राबिधिक ज्ञान भएको, 

२. कार्य अबधीः उल्लेखित पदहरुको कार्य अबधी ७ महिनाको  हुनेछ र पहिलो ६ महिना (महिलाको हकमा ३ महिना) को अबधी परिक्षणकाल रहनेछ । कार्यसम्पादन मुल्यांकनको आधारमा अबधी थप हुनसक्नेछ । 

३. परीक्षाको किसिमः लिखित, सीप परीक्षण र अन्तर्वार्ता ।

४. लिखित परिक्षा कार्यक्रम तालिकाः परिक्षा मिति र स्थान अर्को सूचनामा प्रकाशन गरिनेछ । सुचना, हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डको कार्यालय हरिपुर,९ पिडारी तथा हरिपुर नगरपालिकाको सूचना पाटिमा तथा हरिपुर खानेपानी बोर्डको आधिकारीक फेस बुक पेजमा टांस गरिनेछ । साथै उम्मेदवारलाई इमेल वा फोन मार्पmत पनि जानकारी गराइनेछ । 

५. दरखास्त बुझाउने विधिः सन्दर्भ व्यक्तिहरुको (Reference) नाम, सम्पर्क नम्बर, इमेल ठेगाना सहितको वायोडाटा (व्यक्तिगत विवरण), निवेदन, आवश्यक सम्पुर्ण विवरण भरिएको संस्थाको आधिकारीक दरखास्त फारम, दरखास्त दस्तुर वापत रकम जम्मा गरेको बैंक भौचर वा रसिद लिई कार्यालयमा स्वयम् अथवा ईमेल Haripurboardvacancy@gmail.com  मार्फत दरखास्त दिन सकिने छ । म्याद नाघि आएका वा रीत पुरा नगरेका निवेदनहरु उपर कुनै कार्यवाही हुने छैन । दरखास्त दस्तुर संस्था “हरिपुर खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्डमर्मत सम्भार कोष’’ एन आइसि एशिया बैकको खाता नं. ३२६४१५००९५११४००३ मा प्रत्यक्ष तथा अनलाइन मार्फत पनि जम्मा गर्न सकिनेछ । 

६. आवश्यक कागजातहरुः शैक्षिक योग्यता, तालिम, अनुभव, र नागरिकता प्रमाणपत्र हरुको प्रतिलिपि लगायत अन्य सान्दर्भिक कागजातहरु दरखास्त साथ संलग्न गर्नुपर्ने छ । प्रचलित नेपाल कानुन बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि आवश्यक पर्नेमा सो समेत संलग्न हुनु पर्नेछ । पेश गरिने सबै प्रतिलिपिहरुको पछाडि उम्मेदवार स्वयंमले प्रमाणित गरी पेश गर्नु पर्नेछ । 

७. उम्मेदवारको उमेरको हदः निवेदन दर्ता गर्ने दिनसम्ममा १८ वर्ष उमेर पुरा भै ३५ वर्ष ननाघेको र महिला उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको ।

८. अन्तरवार्ता हुने मितिः लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा अन्तरवार्ताको लागि सूचना प्रकाशन गरिनेछ । 

९. तलब तथा अन्य सुबिधाः खानेपानी बोर्डले निर्धारण गरी कार्यान्वयनमा ल्याएको बोर्डका कर्मचारीहरुको तहगत न्यूनतम तलवमानमा घटी नहुनेगरी तलव उपलव्ध गराइनेछ ।

१०. दरखास्त दस्तुरः पलम्बर तृतिय तहको लागि रु. ३००/– ( दोब्बर दस्तुर रु ६०० तिरी थप ३ दिन सम्म निवेदन दर्ता गर्न सकिने छ ।

११. दरखास्त बुझाउने अवधिः २०८३ भाद्र २४ गते कार्यालय समय भित्र र दोब्बर दस्तुर रु ६०० तिरी २०८३ भाद्र २७ गते सम्म कार्यालय समय भित्र दरखास्त बुझाउन सकिने छ ।  यदि दरखास्त बुझाउने दिन सार्वजनिक बिदा परेमा सो पछि कार्यालय खुल्ने दिनको  कार्यालय समय भित्र ।

१२. कार्य गर्नु पर्ने स्थान: हरिपुर खानेपानी बोर्डको कार्यक्षेत्र भरि

१३. आवश्यक न्यूनतम योग्यता (पलम्बर पदका लागि):

१. नेपाली नागरिकताको १ प्रती फोटोकपी ।

२. SEE उतिर्ण, सम्बन्धीत विषयमा कम्तिमा ३ महिनाको अनुभव सहित प्राबिधिक ज्ञान भएको

३. अनुभवको हकमा माग गरेको पलम्बर पदमा कम्तीमा ३ महिना  कार्य अनुभव भएको । 

४. अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको ।

५. समुदाय, उपभोक्ता तथा खानेपानी व्यवस्थापन बोर्डसंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेतना भएको ।

६. हाल कुनै पनि राजनैतिक पार्टीको पद धारण नगरेको ।

नोटः महिला, दलित, सिमान्तकृत तथा स्थानीय उम्मेदवारहरुलाई बिशेष प्राथमिकता प्रदान गरिनेछ ।

दरखास्त पेश गर्ने स्थान

हरिपुर खोपानी तथा सरसफाई व्यवस्थापन बोर्डको कार्यालय

हरिपुर नगरपालिका, ९ पिडारी

सम्पर्क नं. ९८०१६७८८८१, ९८४४३८६९५३

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 26 Aug, 2026
Apply Before 09 Sep, 2026
City Terai Region