कर्मचारी आवश्यकता सम्वन्धि सूचना

Everest Club

Details / requirements:

प्रथम पटक प्रकाशित सूचना २०८२ असोज २८ गते

कर्मचारी आवश्यकता सम्वन्धि सूचना

संस्थाको जानकारी

हाम्रो चाहाना सभ्य, स्वाबलम्बी र समावेशी समाज निर्माणको परिकल्पना” भन्ने मुल नाराका साथ, मिति २०५० भाद्र १० गते संघ संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय दैलेखमा विधिवत् रूपमा दर्ता भएको एभरेष्ट क्लब दैलेख एक गैर नाफामुखी, गैरसरकारी संस्था हो । संस्थाले आफ्नो सम्पूर्ण कार्यक्रमहरूलाई सामाजिक न्याय, समानता, पारदर्शिता, जवाफदेहिता, सहभागिता, साझेदारी, दिगोपन र मानव विविधताको सम्मान जस्ता मूल्य मान्यतामा आधारित राखी सञ्चालन गर्दै आएको छ ।

स्थापना कालदेखि नै संस्थाले विपन्न, सीमान्तकृत, जोखिममा परेका र सेवाबाट वञ्चित समुदायलाई लक्षित गरी सामाजिक रूपान्तरणको विविध पहलहरू अघि बढाउँदै आएको छ जसले संस्थालाई दिगो विकास, सामाजिक सशक्तीकरण र समावेशी विकासका क्षेत्रमा अग्रणी भूमिकामा स्थापित गराएको छ ।

संस्थाले ‘जसको सवाल, उसैको सरोकार’ भन्ने मान्यतालाई आत्मसात् गर्दै, समुदायलाई आफ्नै विकास प्रक्रियाको केन्द्रमा राखेको छ । आजसम्मको ३२ वर्षभन्दा लामो यात्रामा, एभरेष्ट क्लबले कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट र जुम्ला जिल्लामा दिगो र प्रभावकारी विकासका अनेकौं पहलहरू सफलतापूर्वक कार्यान्वयन गरेको छ । संस्थाले आफ्ना गतिविधिहरूलाई खाद्य सुरक्षा र जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, पोषण, लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण, वातावरण संरक्षण, जलवायू उत्थानशीलता, सुरक्षा र आपतकालीन राहत जस्ता क्षेत्रहरूमा प्राथमिकता दिएको छ । यी कार्यक्रमहरूले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, लैङ्गिक अल्पसंख्यक, द्वन्द्व प्रभावित तथा गरिबीको रेखामुनि रहेका समुदायहरूको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याएको छ ।

एभरेष्ट क्लबले संघीय, प्रदेश र स्थानीय सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग नजिकको सहकार्य र समन्वय गर्दै कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

यसै सन्दर्भमा एकीकृत जलस्रोत व्यवस्थापन (IWRM) कार्यक्रम हेल्भेटास नेपाल संगको साझेदारी र एभरेष्ट क्लव दैलेखको प्राबिधिक तथा सामाजिक सहजीकरणमा निम्न तपशिल दैलेख जिल्ला र कालिकोट जिल्लाको स्थानिय तहमा सञ्चालन हुन गहिरहेको छ ।

दैलेख जिल्ला: नारायण नगरपालिका, दुल्लू नगरपालिका, चामुण्डा नगरपालिका, गुरासँ गाउँपालिका, डुङ्गेश्वर गाउँपालिकामा तथा महावु गाउँपालिका ।

कालिकोट जिल्ला: खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका, शुभ कालिका गाउँपालिका तथा सान्नीत्रिवेणी गाउँपालिका।

उक्त कार्यक्रम अन्तर्गत तपशिलका विभिन्न पदहरूमा योग्यता सम्पन्न र इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आव्हान गरिन्छ ।

विज्ञापन नं. ०३०८२/०८३

पद: सुचारुपना तथा मर्मतसंभार संयोजक (Functionality and Maintenance Coordinator)

कार्यक्रम: एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम

आवश्यक संख्या: १ जना

कार्यक्षेत्र: संस्थाले तोकेको कार्यक्षेत्र

आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता

  • मान्यता प्राप्त संस्थाबाट इन्जिनियरिङ वा सूचना प्रविधि विषयमा डिप्लोमा गरी खानेपानी तथा सरसफाई (WASH) क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव भएको वा मानविकी/व्यवस्थापन/शिक्षा/विज्ञान संकाय वा सो सरहको विषयमा इन्टरमिडियट वा +२ पास गरी (WASH) क्षेत्रमा ५ वर्षको अनुभव हुनुपर्नेछ ।
  • सफ्टवेयरमा दखल भएको, Excel, word, PowerPoint / It सम्बन्धी ज्ञान भएको, तथ्यांक विश्लेषण र Hr व्यवस्थापनमा सीप र ज्ञान भएको ।
  • समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको ।
  • स्थानीय सरकार संग समन्वय तथा सहकार्य गर्न सक्ने।
  • डाटा विश्लेषण उपकरण र रिपोर्टिङ संग परिचित ।

नोट: उल्लेखित पदहरुको लागि बिस्तृत कार्य विवरण (detailed job description)निम्न तपशिल लिंक मा हेर्न सकिन्छ ।

विज्ञापन नं. ०४०८२/०८३

पद: सुचारुपना तथा मर्मतसंभार प्रविधिक (Functionality and Maintenance Technician)

कार्यक्रम: एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम

आवश्यक संख्या: २ जना

कार्यक्षेत्र: संस्थाले तोकेको कार्यक्षेत्र

आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता

  • मान्यता प्राप्त संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा प्रि–डिप्लोमा वा सब–ओभरसियर सहित खानेपानी आपूर्ति, प्लम्बिङ क्षेत्रमा एक वर्षको अनुभवको, वा प्लम्बिङ ट्रेड लेभल-१ सहित खानेपानी आपूर्ति, प्लम्बिङ क्षेत्रमा दुई वर्षको अनुभव ।
  • सर्भे उपकरणहरू (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने ।
  • खानेपानी तथा सरसफाइ योजनाहरूको सर्वेक्षण, डिजाइन, लागत इस्टिमेट र बिल तयार गर्न सक्ने ।
  • दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्र ।
  • खानेपानी पूर्वाधार प्रणालीहरूको संचालन र मर्मतमा अनुभव ।
  • मेकानिकल, बिजुली, र प्लम्बिङ प्रणालीहरूको आधारभूत बुझाइ ।
  • संचालन र मर्मतका लागि उपकरण र उपकरणहरू प्रयोग गर्ने क्षमता ।

नोट: उल्लेखित पदहरुको लागि बिस्तृत कार्य विवरण (detailed job description) निम्न तपशिल लिंक मा हेर्न सकिन्छ ।

विज्ञापन नं. ०५०८२/०८३

पद: प्राविधिक सहजकर्ता (Technical Facilitator)

कार्यक्रम: एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम

आवश्यक संख्या: ७ जना

कार्यक्षेत्र: संस्थाले तोकेको कार्यक्षेत्र

आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता

  • मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट सिभिल इञ्जिनियरिङ विषयमा प्रिडिप्लोमा सबओभरसियर उत्तीर्ण गरी खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव सहित जम्मा तीन वर्षको कार्य अनुभव भएको ।
  • सबै उपकरणहरू (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने ।
  • खानेपानी तथा सरसफाइ योजनाहरूको सर्वेक्षण, डिजाइन, लागत इस्टिमेट तथा निर्माण कार्यको कार्य प्रगति को (MB)तयार गर्न वा सोका लागि फिल्ड संयोजक (प्राविधिक) लाई आवश्यक सहयोग गर्न सक्ने ।
  • समुदाय, उपभोक्ता समिति र संस्थासँग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्ने र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको । समुदाय परिचालनमा दखल भएको ।
  • अन्य सीपहरूमा समय व्यवस्थापन, टिम व्यवस्थापन, सिक्ने सिकाउने मनोवृत्ति, परिणाममुखी र भौगोलिक रूपमा ग्रामिण क्षेत्रमा काम गर्न रुचि भएको ।

नोट: उल्लेखित पदहरुको लागि बिस्तृत कार्य विवरण (detailed job description) निम्न तपशिल लिंक मा हेर्न सकिन्छ ।

विज्ञापन नं. ०६०८२/०८३

पद: सामाजिक सहजकर्ता (Community Facilitator)

कार्यक्रम: एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम

आवश्यक संख्या: ४ जना

कार्यक्षेत्र: संस्थाले तोकेको कार्यक्षेत्र

आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता

  • सामुदायिक सहजकर्ताका लागि प्रमाण पत्र तह वा १२ कक्षा उत्तीर्ण गरी ३ वर्षको सामुदायिक विकास कार्यमा अनुभव हुनु पर्नेछ सो मध्ये कम्तीमा २ वर्ष समुदाय स्तरमा खानेपानी तथा सरसफाइ क्षेत्रमा अनुभव भएको हुनु पर्नेछ ।
  • समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेत भएको। समुदाय परिचालनमा दखल भएको ।
  • अन्य सीपहरूमा समय व्यवस्थापन, टिम व्यवस्थापन, सिक्ने सिकाउने मनोवृत्ति, परिणाममुखी र भौगोलिक रूपमा ग्रामिण क्षेत्रमा काम गर्न रुचि भएको ।
  • स्थानीय सरकार संग समन्वय तथा सहकार्य गर्न सक्ने ।
  • आधारभूत कम्प्युटर सम्बन्धी ज्ञान भएको ।

नोट: उल्लेखित पदहरुको लागि बिस्तृत कार्य विवरण (detailed job description) निम्न तपशिल लिंक मा हेर्न सकिन्छ ।

विज्ञापन नं. ०७०८२/०८३

पद: प्राविधिक सुपरभाइजर (Technical Supervisor)

कार्यक्रम: एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम

आवश्यक संख्या: १ जना

कार्यक्षेत्र: कालिकोट क्लस्टर कार्यालय

आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता

  • मान्यता प्राप्त संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा सहित खानेपानी, सरसफाई तथा स्वच्छता (WASH) क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव सहित जम्मा तिन बर्षको कार्यानुभव भएको ।
  • खानेपानी तथा सरसफाई योजनाहरूको सर्वेक्षण, डिजाइन, लागत इस्टिमेट तयार गर्न सक्ने ।
  • खानेपानी तथा सरसफाइ योजनाहरूको निमाण सुपेरिवेक्षण, अनुगमन र कार्यसम्पन्न प्रतिवेदन तयार गर्न सक्ने ।
  • खानेपानी तथा सरसफाइ योजनाहरूको सर्वेक्षण, डिजाइन तथा लागत इस्टिमेट तयार गर्न सक्ने र सर्भे उपकरणहरू (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने ।
  • सफ्टवेयरमा दखल भएको हुनुपर्ने र Excel, wordIT सम्बन्धी ज्ञान भएका भएको ।
  • समुदाय, उपभोक्ता समिति र सस्थासँग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा
  • समावेशीका सवालमा सचेत भएको ।
  • अन्य वांछनीय सीपहरुमा तनाव व्यवस्थापन, समय व्यवस्थापन, टिम व्यवस्थापन, सिक्ने सिकाउने मनोवृत्ति, परिणाममुखी र भौगलिक रुपमा दुर्गम क्षेत्रमा काम गर्न सक्ने ।
  • स्थानिय सरकारसँग समन्वय तथा सहकार्य गर्न सक्ने ।
  • इमान्दारिता र पारदर्शिता गर्न सक्ने सक्षम र लैङ्गिक तथा सवावेशकिा सवालमा सचेत भएको ।

नोट: उल्लेखित पदहरुको लागि बिस्तृत कार्य विवरण (detailed job description) निम्न तपशिल लिंक मा हेर्न सकिन्छ ।

दरखास्तमा आवश्यक कागजातहरु

  • नेपाली नागरिकताको प्रमाण पत्र ।
  • शैक्षिक प्रमाण पत्रहरु, अनुभव पत्र र नागरिकताको प्रतिलिपी ।
  • अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) र निवेदन (Cover letter ) पत्र सहित हाल सालै खिचेको फोटो
  • छनोटको किसिमः लिखित तथा अन्तरवार्ता (दुवै)(Physically)

माथि उल्लेखित कागजात सहित कार्यालयमा वा ईमेल hr@everestclubnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । सम्बन्धित जिल्ला र पालिकाका स्थानीय तह, यस अघि उस्तै प्रकृतिको कार्यक्रम परियोजनामा कार्य अनुभब भएका, समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ ।

आवेदन बुझाउने ठेगना

एभरेष्ट क्लव दैलख, नारायण नगरपालिका, दैलेख

ईमेलः hr@everestclubnepal.org.np पनि आवेदन दिन सकिने छ ।

दरखास्त दिने अन्तिम मितिः २०८२ कार्तिक ०९ सम्म

पदपुर्ति समिति

एभरेष्ट क्लव दैलेख

Overview

Category Development Project
Openings 5
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 14 Oct, 2025
Apply Before 26 Oct, 2025
City Kalikot, Dailekh