कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Women Association for Marginalized Women (WAM) Surkhet

Women Association for Marginalized Women (WAM) is a non profitable NGO which works to reduce the gap between men and women in social, economical, and cultural aspect for promoting the equitable society. It helps the women to empower themselves conducting the awareness activities related to traditional beliefs, violence against women, gender and social discriminations and social exclusion, is looking for dynamic and result-oriented Nepalese citizens for the following posts

Details / requirements:

सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत

वीरेन्द्रनगर–८ सुर्खेत

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०८३/०४/१३ (जुलाई २९, २०२६)

सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेत महिला अधिकारमा आधारित मुनाफारिहत गैरसरकारी संस्था हो । वाम संस्था लैङ्गिक समतामुलक समाजको निर्माण गर्ने परिकल्पनासहित २०५४ सालमा स्थापना भएको हो । ‘पुरुषलाइ पछि पार्ने होइन हाम्रो कामना नारी पुरुष समविकास हाम्रो चाहाना’ भन्ने मूल नाराका साथ यस संस्थाले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सिमान्तकृत वर्गको अधिकार, मानव अधिकार, विपद् व्यवस्थापन, जनवकालत, मनोविमर्श जस्ता क्षेत्रमा कार्य गरिरहेको   छ ।

संस्थाले उद्यमसँग सम्बन्धित गतिविधिहरूमार्फत सिमान्तकृत तथा र लैङ्गिक हिंसा पीडित महिलाहरुको आर्थिक सशक्तिकरणका साथै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले अक्सफाम नेपालसँगको साझेदारीमा दैलेख र सुर्खेतमा Women Economic Empowerment (WEE) परियोजना कार्यान्वयनमा ल्याएको छ । संस्थाको केन्द्रिय कार्यालय वीरेन्द्रनगर–८ सुर्खेत तथा कार्यक्रम सञ्चालन हुने स्थानीय तहहरुमा रहि तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपसिलमा उल्लेखित ठेगानामा २०८३ साउन १९ गते (४ अगस्ट २०२६) सम्ममा रितपूर्वकको निवेदन एवं वायोडाटा पेश गर्न अनुरोध गरिन्छ ।

तपसिल

पदपद संख्याशैक्षिक योग्यताआवश्यक अनुभव

उद्यम विकास परियोजना अधिकृत (Enterprise Development Project Officer)

१ (एक)कृषि, व्यवसाय अध्ययन, व्यवस्थापन, अर्थशास्त्र, ग्रामीण विकास, उद्यमशीलता वा सम्बन्धित विषयमा स्नातक तह उर्तिण ।
  • उद्यम विकास, जीविकोपार्जन, बजार प्रणाली वा आर्थिक सशक्तिकरण परियोजनाहरूमा कम्तिमा ३ वर्षको काम गरेको अनुभव ।
  • महिला उद्यमशिलता, उद्यम विकास, आर्थिक सशक्तिकरण, लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा अनुभव भएको ।
  • परियोजना टिमसँगको समन्वय एवं सहकार्य, प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन सीप भएको 
  • सीमान्तकृत महिलाहरुको, आर्थिक सशक्तिकरण, नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता र अवसरको लागि स्थानीय र प्रदेश सरकारसँग नीतिगत वकालत गर्ने, 
  • महिलाहरुको अवस्था र आवश्यकता अनुसार आर्थिक शसक्तिकरण तथा उद्यम लागि नवप्रवद्र्धनको प्रयोग गर्न सक्ने,
  • GEDSI, Safeguarding and Accountability मा संवेदनशीलता भएको,

Link: Detailed Job Description

वित्त अधिकृत (Finance Officer)१ (एक)वित्त, लेखा, व्यवसाय  प्रशासन, व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक तह उर्तिण ।
  • गैरसरकारी संस्था (NGO) वा विकास आयोजनाहरूमा कम्तीमा ३ वर्षको वित्त तथा लेखा व्यवस्थापनको अनुभव ।
  • परियोजनाको बजेट निर्माण, अनुगमन, र विश्लेषण गर्ने क्षमता 
  • FAMAS लेखा सफ्टवेयरको व्यावहारिक ज्ञान ।
  • दातृ निकाय (Donor Agencies) को आवश्यकता अनुसारको वित्तीय प्रतिवेदन (Financial Report) तयार पार्ने दक्षता । 
  • नेपाल सरकारको कर प्रणाली (PAN/VAT), श्रम ऐन, र समाज कल्याण परिषद्को नियम अनुसार हिसाब–किताब राख्ने ज्ञान । 
  • आन्तरिक तथा बाह्य लेखापरीक्षणमा सहयोग गर्न सक्ने अनुभव ।
  • संस्थाको खरिद नीति अनुसार खरिद प्रक्रियामा सहयोग गर्न सक्ने अनुभव ।

Link: Detailed Job Description

अनुगमन, मूल्याङ्कन, जवाफदेहिता, र सिकाइ तथा अभिलेखीकरण अधिकृत (MEAL and Documentation Officer)१ (एक)तथ्याङ्क, विकास अध्ययन, अर्थशास्त्र, ग्रामीण विकास, सामाजिक कार्य, व्यवस्थापन, पत्रकारिता, आमसञ्चार वा सम्बन्धित विषयमा स्नातक तह ।
  • गैरसरकारी संस्था/विकास आयोजनाहरूमा MEAL, अभिलेखीकरण र रिपोर्टिङमा न्यूनतम तीन वर्षको अनुभव ।
  • परिणाम–आधारित व्यवस्थापन (RBM), परियोजना लगफ्रेम अनुगमन र दाता रिपोर्टिङमा अनुभव ।
  • प्रतिवेदन लेखन, अभिलेखीकरण र विश्लेषणात्मक सीप ।
  • सफलताका कथाहरू, केस स्टडी र सञ्चार सामग्रीहरू तयार गर्ने   अनुभव ।
  • माइक्रोसफ्ट अफिस (एक्सेल, वर्ड र पावरपोइन्ट) र कोबोटूलबक्स, ओडीके वा समान प्लेटफर्महरू जस्ता डिजिटल डेटा सङ्कलन उपकरणहरूमा दक्षता ।

Link: Detailed Job Description

फिल्ड उद्यम सहजकर्ता (Field Enterprise Facilitator)३ (तीन)+२ वा कृषि, EDF तह ३, व्यवसाय अध्ययन, ग्रामीण विकास, उद्यमशीलता, सामाजिक कार्य, व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक डिग्री ।
  • EDF तह ३ योग्यतासहित प्राविधिक   सीप । CTEVT द्वारा प्रमाणित ।
  • जीविकोपार्जन, उद्यम विकास, कृषि वा सामुदायिक विकास परियोजनाहरूमा कम्तिमा दुई वर्षको अनुभव ।
  • महिला उद्यमी, सहकारी र स्थानीय सरकारहरूसँगको सहकार्यमा काम गरेको अनुभवलाई प्राथमिकता   दिइनेछ ।
  • प्रभावकारी सहजीकरण, सञ्चार र समन्वय सीपहरू भएको ।
  • परियोजना क्षेत्रमा निरन्तर रूपमा यात्रा गर्ने क्षमता ।
  • एमएस अफिस र मोबाइल–आधारित तथ्यांक सङ्कलन अनुप्रयोगहरूमा कम्प्युटर सीपहरू ।

Link: Detailed Job Description

  • महिला, दलित, सिमान्तकृत, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्राथमिकता दिइनेछ । 
  • निवेदन पेश गर्दा अपेक्षित तलब समेत उल्लेख गर्नुपर्नेछ ।
  • छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
  • यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, पद तथा अधिकारको दुरुपयोग र भेदभावविरुद्ध शून्य सहनशीलताप्रति प्रतिवद्ध भएको हुनुपर्नेछ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू

  • रितपूर्वकको निवेदन, बायोडाटा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रहरूको प्रतिलिपि (सबै कागजातहरु पीडिएफमा फम्र्याटमा हुनुपर्नेछ ।)
  • दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना Vacancy@wam.org.np मार्फत दरखास्त, इमेलको Subject : Application for [Position Name]–[Your Full Name] पेश गर्न सकिनेछ ।
  • भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना : वामको केन्द्रिय कार्यालय, वीरेन्द्रनगर नगरपालिका–८, आवास क्षेत्र, सुर्खेत ।
  • दरखास्त बुझाउने अन्तिम मितिः  २०८३ साउन १९ गते (अगस्ट ४ २०२६) ।
  • छनौट विधी : छोटो सूचि प्रकाशन, लिखित र मौखिक

नोटः म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन ।

थप जानकारीका लागि फोन : ०८३५२४३७, इमेल :info@wam.org.np, wam.skt@gmail.com

पदपूर्ति समिति

वाम सुर्खेत

Overview

Category Agriculture, Development Project, Finance & Administration, Economics, Business Administration, NGO/INGO/Social work, Communications/Journalism
Openings few
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 29 Jul, 2026
Apply Before 04 Aug, 2026
City Surkhet