कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Jan Kalyan Yuwa Samittee

Details / requirements:

श्री लाली गुराँस समाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि. गढीमाई नगरपालिका, समनपुर, रौतहट

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मिति: २०८२/०६/२८ गते

हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र जनकल्याण यूवा समिती रौतहटको सहजिकरण र यस श्री लाली गुराँस समाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि. गढीमाई नगरपालिका, समनपुर, रौतहटको सहकार्यमा सञ्चालित  तरकारी मूल्य श्रृखंला कार्यक्रम” को लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरूको आवश्यकता भएकाले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ ।

१. आवश्यक पदहरू:

क. पदको नाम: प्रशोधन केन्द्र व्यवस्थापक सह सहकारी व्यवस्थापक 

माग संख्या:

मुख्य भूमिका र जिम्मेवारीहरू

  • सहकारीको दोहोरो लेखा प्रणालि अनुसार लेखा व्यवस्थापन गर्ने ।
  • किसानहरूबाट उत्पादित  तरकारीको सङ्कलन सहजीकरण गरी समयमै बिक्री सुनिश्चित गर्न व्यापारी, थोक बिक्रेता र खुद्रा विक्रेताहरूसँग समन्वय गर्ने ।
  • सहकारीको तरकारी व्यवसायको आर्थिक अभिलेख सहकारीको प्रणाली अनुरुप पारदर्शी रुपमा राखि नियमित रुपमा सहकारी सञ्चालक समिति तथा बजार व्यवस्थापन समितिमा जानकारी गराउने । 
  • बजार सूचनाका आधारमा बजारमाग अनुसारको उत्पादन, उत्पादन उपरान्तको व्यवस्थापनमा सहकारी सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने ।
  • दैनिक बजार सूचना सङ्कलन गरी किसान तहमा बजार सूचना प्रवाह गर्न सहजिकरण गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रको व्यवसायको अवसर, सम्भावना तथा चुनौतिहरू पहिचान गरि व्यवसाय विस्तार गर्न सहजिकरण गर्ने ।
  • परियोना क्षेत्रका कृषकहरू र उत्पादनको म्यापिङ्ग तथा तथ्याङ्क सङ्कलन र बजारको माग तथा आपूर्तिको मुल्याङ्कन गरि प्रशोधन केन्द्र तथा बजारसँग सम्बन्ध स्थापित गर्ने ।
  • सहकारी तथा प्रशोधनकेन्द्रको व्यवस्थापन, सञ्चालन तथा आवश्यक सुधारका लागि सहजिकरण गर्ने ।
  • सहकारी तथा तरकारी प्रशोधन केन्द्रको व्यवसाय बिस्तारका लागि मूल्य श्रृख्लाका पात्रहरूसँग सम्पर्क तथा समन्वय गरि व्यवसायिक सम्बन्ध स्थापित गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रद्वारा उत्पादित उत्पादनहरूको ब्रान्डिङ्ग तथा बजारीकरणमा सहजिकरण गर्ने ।
  • तरकारी प्रशोधन केन्द्रको व्यवसायिक योजना, दिर्घकालिन तथा रणनैतिक योजना तयार गरि कार्यन्वयन गर्न सहजिकरण गर्ने ।
  • स्थानीय सरकार तथा अन्य सरोकारबालाहरूसँग सम्पर्क तथा समन्वय गर्ने । 
  • मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने  ।
  • लेनदेन, बैठक र तालिमहरूको उचित रेकर्ड राख्ने।
  • मासिक प्रगति प्रतिवेदन तयार गर्नुहोस् र सहकारी/परियोजना टोलीलाई बुझाउने।
  • सहकारी सदस्यहरूको बचत संक्लनमा सहजीकरण
  • उचित लेखा, बहीखाता र वित्तीय प्रतिवेदन सुनिश्चित गर्नुहोस्।
  • वित्तीय दिगोपना कायम राख्न आम्दानी, खर्च र नगद प्रवाहको निगरानी गर्नुहोस्।  
  • लेखापरीक्षणलाई समर्थन गर्ने र वित्तीय नियमहरूको पालना सुनिश्चित गन

न्युनतम योग्यता र कार्यानुभव:

  • व्यवस्थापनमा प्रविणता प्रमाण पत्र वा सम्बन्धित क्षेत्रमा न्यूनतम मध्यवर्ती स्तर (१०+२) र कम्तीमा ५ बर्ष वा स्नातक र कम्तीमा २ बष अनुकार्यानुभव भएको ।
  • सहकारीको दोहोरो लेखा प्रणाली अनुसार लेखा राख्न सक्ने ।
  • तरकारी उत्पादन, बजारीकरण, र मूल्य शृंखलाको अनुभवलाई प्राथमिकता दिइनेछ 
  • बलियो सञ्चार र समन्वय सीप भएको 
  • आधारभूत कम्प्युटर ज्ञान (एमएस अफिस, एक्सेल) र रेकर्ड राख्ने क्षमता भएको ।
  • ग्रामिण क्षेत्रमा काम गर्न सक्ने तथा र नियमित फिल्डभिजित तथा यात्रा गर्नसक्ने ।

ख. पदको नाम: सहकारी तरकारी बजार प्रतिनिधि

माग संख्या:

कार्यस्थल: तोकिएको सहकारीको कार्य क्षेत्र

मुख्य भूमिका र जिम्मेवारीहरू

  • प्रशोधन केन्द्र दैनिक रुपमा सञ्चालन तथा व्यवस्थापन गर्ने ।
  • प्रशोधन केन्द्रमा प्रशोधन तथा बजारीकरण हुने कृषिजन्य बस्तुहरूको दैनिकरुपमा अभिलेखिकरण गरि प्रतिवेदन तयार गर्ने ।
  • प्रशोधन केन्द्र सञ्चालन गर्न आवश्यक दक्ष तथा अदक्ष जनशक्तिको व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्ने ।
  • प्रशोधन केन्द्रको प्रयोगमा हुने मेशिनरी तथा औजारहरूको रेखदेख, व्यवस्थापन तथा नियमित मर्मत सम्भार गर्ने 
  • मासिक तथा आवधिक प्रतिवेदन तयार गरि सहकारी, संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।
  • प्रशोधन केन्द्रको व्यवसाय बिस्तारका लागि मूल्य श्रृंखलाका पात्रहरूसँग सम्पर्क तथा समन्वय गरी व्यवसायिक सम्बन्ध स्थापित गर्ने ।
  • सरकोकारबाला निकायहरूसँग सम्पर्क तथा समन्वय गर्ने ।
  • किसानहरूसँग दैनिक बजार मूल्य जानकारी सङ्कलन र साझेदारी गर्ने।
  • बिक्री र खरिद रेकर्ड अभिलेख राखि नियमित बजार सूचना प्रदान गर्ने।
  • किसानहरूबाट तरकारी सङ्कलन र एकिकृत गर्न सहजीकरण गर्ने।
  • संकलिन तरकारी समयमै बिक्री सुनिश्चित गर्न व्यापारी, थोक बिक्रेता र खुद्रा विक्रेताहरूसँग समन्वय गर्ने।
  • तरकारी व्यवसायको कारोबारको पारदर्शिता कायम राख्ने।

न्युनतम योग्यता र कार्यानुभव:

  • व्यवस्थापनमा प्रविणता प्रमाण पत्र तह  (१०+२) वा सो सरह उतिर्ण गरी सम्बधित क्षेत्रमा २ बर्ष कार्यानुभव भएको ।
  • तरकारी उत्पादन, बजारीकरण, र मूल्य शृंखलाको अनुभवलाई प्राथमिकता दिइनेछ 
  • बलियो सञ्चार र समन्वय सीप भएको 
  • ग्रामिण क्षेत्रमा काम गर्न सक्ने तथा र नियमित फिल्डभिजित तथा यात्रा गर्नसक्ने ।

२. सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ

३. दरखास्त दिने अन्तिम मिति: २०८२/०७/ गते कार्यालय समय भित्र ।

४. परिक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

५. आवश्यक कागजातहरू: निवेदन, व्यक्तिगतविवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित विषयको कार्यानुभव प्रमाणित प्रतिलिपि, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी स्क्यान गरी laligurans.cooperative30ltd@gmail.com मा इमेल वा श्री लाली गुराँस  तरकारी प्रशोधन केन्द्र . गढीमाई नगरपालिका,मलाहीटोल, रौतहटमा दरखास्त दिने सकिने छ ।

थप जानकारीका लागि सम्पर्क नं. ९८१५२१३५८८, ९८२७२९८३०५

Overview

Category Agriculture, Sales, Marketing, Development Project
Openings 2
Position Type Contract
Experience 2+ years, 5+ years
Education Intermediate (10+2), Bachelors in Marketing
Posted Date 14 Oct, 2025
Apply Before 20 Oct, 2025
City Rautahat