कर्मचारी आवश्यकता

Smart Agri Solution Pvt. Ltd.

Details / requirements:

आवश्यकता

प्रथम प्रकाशित मिति : २०८२/०४/२७

स्मार्ट एग्री शोलुसन प्रा.लि. (Smart Agri Solution Pvt. Ltd.) कृषि उत्पादन, प्रसोधन, प्याकेजिङ्ग, बजारिकरणका साथसाथै कृषि, पशुपंछी, वन तथा वातावरण, जीविकोपार्जन आदिको प्रर्वद्धनका लागि स्थापना भएको व्यवसायिक कम्पनी हो । अर्गानिक खाद्यपदार्थ, मसलाजन्य बस्तु र माछाका विभिन्न परिकार उपभोत्तालाई उपलब्ध गराउने उद्धेश्यका साथ बुटवल उपमहानगरपालिकामा स्थापना भएको यस कम्पनीका लागि तपसिलका मानव श्रोत (कर्मचारीहरू)को आवश्यकता भएकोले काम गर्न इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आफ्नो योग्यताका प्रमाणपत्र, व्यक्तिगत विवरण (बायोडाटा) लाई पुष्टी गर्ने प्रमाण, हालसालै खिचिएको पासर्पोट साइजको फोटो र सम्पर्क फोन सहित  मेल मार्फत आवेदन गर्न आह्वान गरिएको छ ।

आवश्यकता नं.- १

१. आवश्यक संख्या: एक

२. पद: व्यवस्थापक (Manager)

३. योग्यता: स्नातक  (वि.वि.ए, वि.वि.एस. वा सो सरह)

४. वाञ्छनीय योग्यता: कम्पनीमा काम गर्न उत्प्रेरित, उद्योग / व्यापार व्यवसाय तथा खाद्यसुरक्षका क्षेत्रमा कम्तीमा पनि २ (दुइ) बर्षको अनुभव, सरोकारवालासंग समन्वय गरी कम्पनीको प्रभावकारी कार्यान्वय गर्ने दक्ष 

५. मुख्य जिम्मेवारी:

दैनिक आयव्ययको लेखा राख्ने, स्टक मिलाउने, कम्पनीका लागि आवश्यक कच्चा पदार्थ खरिद गर्ने, तयारी सामान होलसेलर तथा बिक्रेतासम्म पुराउने, कम्पनी संचालक समितिसँग सम्पर्क समन्वय गर्ने, उद्योगी, व्यापारी र उपभोत्तासँग समन्वय गरी कम्पनीलाई प्रभावकारी बनाउने, किसानलाई विभिन्न तालिम तथा गोष्ठी व्यवस्थापन, प्रशिक्षण र सहजिकरण गर्ने, कम्पनी मातहतका सम्पूर्ण मानव श्रोतलाई कामकाजमा खटाउने तथा कम्पनीले तोकेका सबै कार्य गर्ने आदि ।

६. कार्यक्षेत्र: बुटवल उपमहानगरपालिका र आसपासका नवलपरासी, कपिलबस्तु, पाल्पा आदि जिल्ला

७. सेवासुविधा: कम्पनीको नियम तथा कार्यदक्षता अनुसार

आवश्यकता नं.- २

१. आवश्यक संख्या: एक

२. पद: खाद्य पदार्थ प्रसोधन तथा प्याकेजिङ्ग प्रविधिक (Food Processing & Packing Technician)

३. योग्यता: स्नातक (खाद्यपदार्थ प्रसोधन तथा प्याकेजिङ्ग विषयमा स्नातक वा सो सरह)

४. वाञ्छनीय योग्यता: कम्पनीमा काम गर्न उत्प्रेरित, HACCP / MGP र खाद्यसुरक्षा मापण्डका विषयमा राम्रो जानाकारी भएको, खाध्यपदार्थ प्रसोधन, प्याकेजिङ्ग तथा खाध्यसुरक्षाका क्षेत्रमा कम्तीमा पनि २  (दुइ) बर्षको अनुभव भएको

५. मुख्य जिम्मेवारी:

कम्पनीले उत्पादन गर्ने खाद्यबस्तुमा उपभोत्ताको चाहाना अनुसारको स्वाद राख्ने, उत्पादित बस्तुमा खाद्यसुरक्षाको ग्यारेन्टी गर्ने, उत्पादित बस्तुको प्याकेजि गर्ने, उद्योगका मेशिन तथा औजारको संचालन तथा उचित व्यवस्थापन गर्ने, कम्पनीले तोकेका सबै कामकाज गर्ने  आदि ।

६. कार्यक्षेत्र: बुटवल

७. सेवासुविधा: कम्पनीको नियम तथा कार्यदक्षता अनुसार

८. आवेदन बुझाउने  मेल: smartagribtl@gmail.com

९. परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता (प्रारम्भिक सूची (Short-listed) मा परेकाहरूको लागि मात्र)

१०. तलब सुविधा: कम्पनीको नियम अनुसार आवश्यक भएमा सम्पर्क ९८५७०५८३८७

११. अनुरोध: कुनैपनि माध्यमबाट कम्पनीलाई अनावश्यक झन्झट नगर्नुहुन अनुरोध गरिन्छ । यस्तो भएमा निजको आवेदन कम्पनीले स्वतः रद्द गर्नेछ ।

अध्यक्ष

स्मार्ट एग्री सोलुसन प्रा. लि.

बुटवल, रुपन्देही

Overview

Category Administrative / Management, Food Technology
Openings 1
Position Type Full Time
Experience 2+ years
Education BBA / BBM, Bachelor’s Degree in Food Technology
Posted Date 11 Aug, 2025
Apply Before 17 Aug, 2025
City Butwal