फलफूल, कफिको विरूवाहरूको लागि दरभाउ पत्र (Quotation) माग गरिएको सम्बन्धी सुचना
Details / requirements:
फलफूल, कफिको विरूवाहरूको लागि दरभाउ पत्र (Quotation) माग गरिएको सम्बन्धी सुचना
प्रथम पटक प्रकाशित
मितिः २०८३/०३/१०
यस ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाले आ.व. २०८२/०८३ मा सि.आर.एस. नेपाल (Catholic Relief Services) को आर्थिक तथा प्राविधिक सहयोगमा संचालित उच्च मूल्यका निर्यात योग्य बालीहरूको मूल्य शृङ्खला सुदृढ गर्ने SPICES मोडेल विस्तार परियोजनाका लागि आवश्यक पर्ने तपशिल बमोजिमका फलफूल तथा कफिको विरूवा खरिद गर्नुपर्ने भएकोले सम्बन्धित कार्यका लागि नेपाल सरकारबाट मान्यता प्राप्त इच्छुक फर्म, कम्पनी तथा आपुर्तीकर्तालाई प्रथम पटक सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपशिलमा उल्लेखित आवश्यक कानुनी कागजात सहित संस्थाले तोकेको दरभाउ पत्रको ढाँचामा दरभाउ पत्र पेश गर्नुहुन आह्वान गरिन्छ ।
दरभाउपत्र माग गरिएको बोटविरूवाको विवरणः
१. फलफुल
| क्र.सं. | विरूवाको विवरण | सामाग्रीको बिसिष्टीकरण (Specification) | अनुमानित परिमाण |
| १ | सुन्तलाको विरूवा |
| २६०० वटा विरूवा |
| २ | कागतीको विरूवा |
| २६०० वटा विरूवा |
| ३ | कफी |
| ३६०० कवटा विरूवा |
आवस्यक कागजातहरू:
१. फर्म दर्ताको प्रमाण पत्र/व्यवसायिक ईजाजत पत्र को प्रतिलिपि
२. प्यान/भ्याट दर्ताको प्रमाण पत्रको प्रीतलिपि
३. आ.व. २०८१/०८२ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि
४. फल्फुल्को विरूवा खरिद बिक्रि गरेको अनुभव पत्र ९ यदि उपलब्ध भएमा
५. तोकिएको ढाँचा बमोजिमको दरभाउ पत्र पेश गर्नु पर्नेछ ।
६. विरूवासँग सम्बन्धित पीसीआर PCR प्रतिवेदन ९ यदि उपलब्ध भएमा
ढुवानीका शर्तहरू :
| स्थानीय तहहरू | स्थानहरू |
| माथागढी गाउपालिका | वडा नं.,३ सराई |
| पुर्वखोला गाउपालिका | वडा नं., १ सिलुवा |
| तानसेन नगरपालिका | तानसेन ४ बिसाल बजार सम्म |
आवेदन गर्ने प्रक्रियाः ईच्छुक आवेदनकर्ताले दरभाउ पत्र तथा आवस्यक कागजातको प्रतिलिपि सहित संस्थाको कार्यालय तानसेन नगरपालीका ४ बिशाल बजार, पाल्पा मा भौतिक रुपमा वा संस्थाको आधिकारीक ईमेल ठेगाना redaspices@gmail.com मा २०८३।३।१६ गते सम्म कार्यालय समय भित्र पठाउन सकिने छ ।
LINK:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 24 Jun, 2026 |
| Apply Before | 30 Jun, 2026 |
| City | Palpa |