बोलपत्रको सूचना आह्वान
Details / requirements:
मितिः २०८२ फाल्गुन ४ गते
बोलपत्रको सूचना आह्वान
यस कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा Helen Keller, Vitamin Angels र iDE Nepal को संयुक्त साझेदारीमा संचालित Transforming Lives Through Nutrition परियोजनाको लागि तपसिल बमोजिमको Seeds & Agri Inputs खरिद गर्नको गर्नको लागि तल उल्लेखित शर्तहरूको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरुबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८१।०८२ को करचुक्ता सहित पेश गर्नको लागि बोलपत्र आह्वान गरिन्छ ।
प्राप्त बोलपत्र रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा शिलबन्दी गरी कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC-Nepal) तौलिहवा कपिलवस्तुमा मिति २०८२ फाल्गुन १८ गते तदानुसार २ मार्च २०२६ बेलुका ५:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।
मिति २०८२।११।२२ गते बिहान ११:०० बजे बोलपत्रदाताको प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ ।
शर्तहरू:
१. आपुर्तिकर्ताले कार्यालयले उपलब्ध गराएको बोलपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।
२. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरू हाल रूसम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ यदि कुनै पनि प्रकारका कागजातहरू पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।
३. बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि किसिमको खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।
४. खरिद गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।
५. तरकारी बिउबिजन संस्थाले उपलब्ध गराएको लिस्ट अनुसारको प्याकेट बनाएर उपलब्ध गराउनु पर्नेछ र सो बापत कार्यालयले कुनै किसिमको अतिरिक्त भुक्तानी गर्ने छैन ।
६. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरू उल्लेख गर्ने बिक्रेताहरू स्वतः अयोग्य हुने छन् ।
७. सामाग्रीको ढुवानी यस कार्यालय सम्म सम्बन्धित आपुर्तिकर्ताले नै गर्नु पर्नेछ । सो बापत अन्य सुबिधा यस कार्यालयले दिने छैन ।
८. इमेलबाट पठाइएको बोलपत्र स्वीकार गरिने छैन तसर्थ बोलपत्र फारम कार्यालय मै बुझाई दर्ता गराउनु पर्नेछ ।
९. म्याद नाघेको, रित नपुगेको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।
१०. प्राप्त बोलपत्रहरू खोलिने मिति र समय सम्बन्धित बोलपत्र दातालाई जानकारी गराईने छ । बोलपत्र दाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि बोलपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
११. दररेट पूर्ण वा आंशिक रुपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने सम्पुर्ण अधिकार यस कालिका स्वावलम्बन सामाजिक केन्द्रको खरिद तथा लिलाम बिक्री समितिमा निहित रहने छ ।
१२. माथि उल्लेखित भएका कुराहरू बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।
१३. बोलपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ ।
१४. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।
Financial Proposal-Seed & Agri Inputs
सम्पर्कः गुनासो गर्नको लागिः
खरिद तथा लिलाम बिक्री उप-समिति टोल फ्री नम्बरः १८१०५०००२८२
कालिका स्वावलम्बन सामाजिक केन्द्र इमेलः cfm.kssc@gmail.com
कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा
सम्पर्क नम्बरः ०७६-५६०२८२
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 16 Feb, 2026 |
| Apply Before | 02 Mar, 2026 |
| City | Kapilvastu |