बोलपत्र आह्वान (Call for Bid)
Details / requirements:
कुमेली समाज विकास केन्द्र (RSDC)
मुसिकोट १, रुकुम पश्चिम
बोलपत्र आह्वान (Call for Bid)
रुकुमेली समाज विकास केन्द्र (RSDC), रुकुम समुदाय विकासको क्षेत्रमा क्रियाशील एक स्थापित गैरसरकारी संस्था हो । यस संस्थाले फेल्म नेपाल र ली–बर्ड सँगको साझेदारीमा सल्यान जिल्लाका कालिमाटी र त्रिवेणी गाउँपालिकामा जलवायु परिवर्तन अनुकूलन तथा उत्थानशील समुदाय निर्माणसम्बन्धी “Building Resilient Communities for the Changing Climate (NPK010)” (SAMUTTHAN) परियोजना सञ्चालन गर्दै आइरहेको छ । उक्त परियोजनाका लागि आवश्यक कृषि सम्बन्धि निम्न सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले इच्छुक तथा योग्य आपूर्तिकर्ता/विक्रेताहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रुकुमेली समाज विकास केन्द्रको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक कृषि सामग्रीहरूको विवरण
Link:
इच्छुक आपूर्तिकर्ता/विक्रेताहरूले बोलपत्रसम्बन्धी कुनै पनि जिज्ञासा मिति २०८३ मंसिर २ गतेदेखि २०८३ मंसिर १६ गतेसम्म कार्यालय समय बिहान ९:०० बजेदेखि बेलुका ४:०० बजेसम्म (शनिबार र आइतबार कार्यालय बन्द रहनेछ) रुकुमेली समाज विकास केन्द्रको इमेल ठेगाना rukumelisamaj@gmail.com मार्फत पठाउन सक्नेछन् । सप्ताहन्तमा प्राप्त भएका जिज्ञासाहरू नियमित कार्यदिनमा सम्बोधन गरिनेछ ।
शिलबन्दी बोलपत्र रुकुमेली समाज विकास केन्द्रको केन्द्रीय कार्यालय, रुकुममा वा फिल्ड कार्यालय त्रिवेणी गा.पा सल्यानमा मिति २०८३ मंसिर १६ गते बेलुका ४:०० बजेसम्म दर्ता गराइसक्नुपर्नेछ । तोकिएको समयसीमापछि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैनन् ।
कुनै पनि वा सबै बोलपत्रहरू पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्ने तथा उल्लेखित सामग्रीहरूको पूर्ण वा आंशिक खरिद गर्ने अधिकार रुकुमेली समाज विकास केन्द्रमा सुरक्षित रहनेछ । रुकुमेली समाज विकास केन्द्र न्यूनतम मूल्य प्रस्ताव गर्ने बोलपत्रदाता वा कुनै पनि बोलपत्रदातालाई खरिद सम्झौता प्रदान गर्न बाध्य हुने छैन ।
बोलपत्र तयार गर्ने, पेश गर्ने तथा यससँग सम्बन्धित अन्य सम्पूर्ण खर्चहरू खरिद प्रक्रियाको नतिजा जेसुकै भए तापनि सम्बन्धित बोलपत्रदाता स्वयंले व्यहोर्नुपर्नेछ ।
अन्य जानकारीको लागि:
Office Phone No.: 088-530134
Email: rukumelisamaj@gmail.com
Website: www.rukumelisamaj.org.np
Overview
| Category | Development Project |
| Position Type | Contract |
| Posted Date | 18 Nov, 2026 |
| Apply Before | 02 Dec, 2026 |
| City | Rukum West |