बोलपत्र आह्वान
KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.
Details / requirements:
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र
किर्डाक नेपाल
केन्द्रिय कार्यालय चन्दननाथ– ६, जुम्ला
बोलपत्र आह्वान
प्रथम पटक प्रकाशित मिति: २०८३ कात्तिक १८ गते]
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “किशोरी सशक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लामा वितरण तथा तालिमका लागि आवश्यक कमिक स्टोरी बुक, सी.एस.ई क्रियाकलाप कार्ड तथा सम्बन्धित सामग्री र बिल्डिङ ब्रिजेज म्यानुअल गरी ३ वटाको छपाइ, बाइन्डिङ, फिनिसिङ तथा डेलिभरी कार्यका लागि यो सूचना प्रकाशित भएको मितिले १० (दश) दिनभित्र रितपूर्वक शिलबन्दी बोलपत्र पेश गर्न इच्छुक तथा योग्य मुद्रण प्रेस / फर्महरू सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पेश गर्नुपर्ने आवश्यक कागजातहरू:
१. कम्पनी / फर्म दर्ता प्रमाणपत्र तथा मुद्रण प्रेस / उद्योग दर्ता प्रमाणपत्र (नवीकरण सहित) को प्रतिलिपि ।
२. स्थायी लेखा नम्बर (PAN) / मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. करचुक्ता प्रमाण पत्रको प्रतिलीपी आ.ब. २०८२/२०८३ वा आ.व २०८१/२०८२ ।
४. मूल्य सहितको कार्य तालिका ।
५. प्रस्तावकले यस अघि सिफारिस गरेको कामको अनुभवहरूको कागजातको प्रतिलिपी ।
६. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशतको सक्कल बैंक जमानी पत्र (Bank Guarantee letter) संलग्न गर्नु पर्नेछ ।
७. बोलपत्र आवेदकले दरभाउ पत्रको साथै आफूले सप्लाई गर्ने कामको नमूना पेश गर्नु पर्ने छ ।
८. स्वार्थ नबाझिएको घोषणा फारम तथा सेफगार्डिङ नीतिमा हस्ताक्षर सहितको प्रतिबद्धता फारम ।
प्रस्ताव आह्वानको शर्तहरू (ToR) संस्थाको Website (www.kirdarc.org) वा तल दिइएको कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ ।
बोलपत्र सम्बन्धी जिज्ञासा तथा स्पष्टीकरण २०८३ साल मंसिर १ गतेसम्म गर्न सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ साल मंसिर १ गते कार्यालय समयको बेलुका ५ बजेभित्र रहेको तथा उक्त बोलपत्र खोल्ने मिति २०८३ साल मंसिर ३ गते दिनको ३:०० बजे समन्वय कार्यालय, सानेपा–३ ललितपुरमा खोलिने छ ।
छपाइ हुने सामग्री तथा विवरण तपसिल बमोजिम रहेको छ ।
Links:
Link_1 Bidding Documents of All Printing Works
Link_2.1 ToR Building Bridges CSE Manual
Link_2.2 ToR CSE Activity Cards Print
Link_2.3 ToR on Comic Story Books - Print
Link_3 COI + Child Safe Guarding + Code of Conduct for suppliers
तपसिल
नोट
बोलपत्रको विस्तृत ToR मा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले किर्डाक नेपालबाट जानकारी गराइनेछ ।
- सबै सामग्री किर्डाक नेपाल / प्लान इन्टरनेशनल नेपालले उपलब्ध गराउने छ, सामग्रीहरूको डिजाइन तथा सम्बन्धित कार्यमा आपसी छलफल र निर्णय अनुसार गर्नुपर्नेछ । साथै बल्क छपाइ अघि प्रुफ / नमुना प्रति लिखित रूपमा स्वीकृत गराउनु पर्नेछ ।
- दर रेट दिँदा बोलपत्रदाताले डेलिभरी (ढुवानी) लागत तथा सबै कर समावेश गरी मूल्य उल्लेख गर्नुपर्नेछ । पूर्व - छपाइ नमुना कार्य (Samples) पेश गर्न प्रोत्साहन गरिन्छ ।
- विकास साझेदार संस्थाबाट रकम स्वीकृत भएको खण्डमा मात्र लागू हुने तथा बोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आंशिक स्वीकार गर्ने सम्पूर्ण अधिकार संस्थामा रहनेछ ।
बोलपत्र पेश गर्ने ठेगाना
खरिद समिति
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक), नेपाल कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर - ८ खजुरा, सुर्खेत (फोन नं. ०८३–५२५६६४), जिल्लाको कार्यालय ठुली भेरी–०३ दुनै, डोल्पा तथा समन्वय कार्यालय सानेपा–३ ललितपुर (फोन नं. ०१–५४४८३२१, ५४४८०४०) ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 04 Nov, 2026 |
| Apply Before | 13 Nov, 2026 |
| City | Lalitpur, Birendranagar Surkhet, Dolpa |