बोलपत्र आह्वान
Details / requirements:
मानव अधिकार तथा बातावरण केन्द्र (हुरेन्डेक) नेपाल
केन्द्रिय कार्यालय खाडाचक्र न.पा.१ मान्मा, कालीकोट
बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित मिति २०८३ साल कार्तिक १५ गते आईतबार)
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक–नेपाल) कालीकोट र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “दिगो स्वास्थ्य तथा पोषण प्रवद्र्धन कार्यक्रम” (POSHAN) परियोजना अन्तर्गत कालीकोट जिल्लाको राष्कोट नगरपालिकाको सात (७) वटा कृषक समूह , सान्नी त्रिबेणी गाउँपालिकाको पाँच (५) वटा कृषक समुह र नरहरिनाथ गाउँपालिकाको पाँच (५) वटा कृषक समुह गरि जम्मा सत्र (१७) कृषक समूहहरूलाई जलवायु मैत्री कृषिका लागि यान्त्रिकरण उपलब्ध गराउनु पर्ने भएकोले यो सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।
क) पेश गनुपर्ने आवश्यक कागजातहरू:
१. कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी
२. VAT OR PAN दर्ताको प्रमाण पत्र प्रतिलिपी
३. करचुक्ता प्रमाण पत्रको प्रतिलीपी आ.ब. २०८२/२०८३ वा आ.व २०८१/२०८२ (नविकरण म्याद थपको पत्र सहित)
४. प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरूको कागजातको प्रतिलिपी
५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशतको सक्कल बैंक जमानी पत्र (Bank Guarantee letter) संलग्न गर्नु पर्नेछ ।
६. बोलपत्र आवेदकले दरभाउ पत्रको साथै आफूले सप्लाई गर्ने सामग्रीको नमूना (फोटोहरू) पेश गर्नु पर्ने छ । साथै ब्राण्ड र कम्पनी स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने छ ।
७. कम्पनीको स्टयाम्प तथा आधिकारिक हस्ताक्षर सहितको सप्लार्यस कोड अफ कन्डक्ट पालना गर्नुपर्ने छ ।
८. बोलपत्र आवेदक कम्पनी/फर्म कालो सूचि वा कुनै कारबाहीमा नपरेको स्वःघोषणा पत्र (अनुसुची ३)
ख) सान्दर्भिक अन्य कागजातहरू:
कम्पनीको अद्यावधिक गरिएको प्रोफाईल
अन्य कुनै संस्था, कम्पनी वा फर्मसंग यस्तै वा सम्बन्धीत कार्य अनुभवको कृतज्ञता, क्षमता तथा सेवा प्रदायको बारेमा लेखिएको चिठी वा कागजात ।
फर्मले आफनो लेटरप्याडमा पहिलो पक्षले अर्डर जारी गरेपछि सामग्री उपलब्ध गराउन सक्ने समय कोटेशन फर्ममा दिइएको ढाँचामा उल्लेख गर्नुपर्ने छ ।
ग) महत्वपुर्ण थप जानकारी:
१. प्रस्ताव आह्वानको फारम, शर्तहरू TOR तथा BOQ मिति २०८३ साल मंसिर ४ गते अपरान्ह ४:०० बजे सम्म उपलब्ध हुनेछ ।
२. बोलपत्र पेश गर्ने अन्तिम मिती २०८३ साल मंसिर ६ गते अपरान्ह ४:०० वजे सम्म हुनेछ ।
३. बोलपत्र पेश गर्ने ठेगाना मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको केन्द्रीय कार्यालय खाँडाचक्र नगरपालीका ०१, मान्मा, कालिकोटमा रहेको छ ।
४. बोलपत्र मिति २०८३ साल मंसिर ७ गते दिनको ११:०० वजे खोलिने छ ।बोलपत्र खोल्दा बोलपत्र पेश गर्ने कम्पनी तथा सप्लायर्सहरूको प्रतिनिधिहरू अनिवार्य उपस्थीति हुनुपर्नेछ तर यहि कुनै कम्पनी वा सप्लायर्सहरूका प्रतिनिधिहरू उपस्थीति नभएमा संस्थाको खरिद समितिलाई बोलपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
५.खरिद गरिने कृषि सामाग्रिहरूको कोटेशनको ढाँचा हार्ड कपि संस्थाको मुख्य कार्यालय खाँडाचक्र नगरपालीका वडा नं.१ मान्मा, कालिकोटवाट पाउन सकिन्छ भने अनलाईन डाउनलोडका लागि यहाँ click ( TOR, Annex 2- items, conflict of interest, self declaration ) गर्नुहोस् ।
६. बोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईने छ ।
७. यो बोलपत्रमा पेश गरिने रकमका लागि विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हुने र बोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ ।
खरिद समिति
मानव अधिकार तथा बातावरण केन्द्र (हुरेन्डेक) नेपाल
खाँडाचक्र ०१, मान्मा, कालिकोट
फोन न.: ०८७–४४०१५२
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 01 Nov, 2026 |
| Apply Before | 22 Nov, 2026 |
| City | Kalikot |