बाल समृद्धि र एकीकृत विकासको लागि हातेमालो परियोजना समापन सम्बन्धमा
Details / requirements:
सूचना ! सूचना !! सूचना !!!
वर्ल्ड भिजन इन्टरनेस्नल नेपाल र रिलिफ नेपालको सहकार्यमा सञ्चालित बाल समृद्धि र एकीकृत विकासको लागि हातेमालो परियोजना समापन सम्बन्धमा ।
प्रथम पटक प्रकाशित मितिः २०८३/५/३१ गते
रिलिफ नेपाल, सिन्धुली जिल्लामा दर्ता भई विगत १८ वर्ष देखि संचालनमा रहेको एक राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूसँगको समन्वय सहकार्यमा बाल अधिकार र बाल संरक्षण, खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन, शिक्षा तथा स्वास्थ्य, कृषि तथा आर्थिक विकास र विपद् जोखिम व्यवस्थापन जस्ता कार्यहरुमा सुदृढीकरण तथा समाजिक सुशासन दिगोपना बढाउने हेतुले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई, सहयोग गरी दिगो विकास लक्ष्यमा सहयोग पुर्याउन विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आइरहेको छ । यस संस्थाले संचालन गर्दै आएको परियोजनाहरू मध्ये वर्ल्ड भिजन इन्टरनेस्नल नेपाल र रिलिफ नेपालको सहकार्यमा सिन्धुली जिल्लाको तिनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकाहरूमा सञ्चालित बाल समृद्धि र एकीकृत विकासको लागि हातेमालो परियोजना कार्यान्वयन गरि संचालन गरिरहेको छ । यस वर्ष परियोजना लागु गर्न तथा सफल बनाउनको लागि सहयोग गर्नु हुने प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय अन्य सरकारी कार्यालयहरू, तिनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिका, सुरक्षा निकाय, संचार माध्यमहरू, व्यवसायीहरू, बालबालिकाहरू, अभिभावकहरू साथै अन्य साझेदार निकायहरूको सक्रिय सहभागिता तथा सहयोगका निम्ति रिलिफ नेपाल आभारी छ ।
यस परियोजनाले यसवर्ष सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधिहरू २०८३ असोज १४ तदनुसार ३० सेप्टेम्वर २०२६ सम्ममा समापन हुने जानकारी गराउन चाहान्छौ । साथै यस परियोजनामार्फत संचालन र सम्पन्न भएका गतिविधिहरूको प्रतिवेदन आउदो असोज मसान्तभित्र सम्बन्धित निकायहरूमा पेश गरिने र हामीले सेवा प्रदान गर्ने समुदायप्रति हाम्रो जवाफदेहिता सुनिश्चित गर्नेछौ भन्ने कुरा यसै सुचना मार्फत जानकारी गराउन चाहन्छौ ।
साथै, यसै सुचना मार्फत परियोजनासँग सम्बन्धित यसवर्षको सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान भइ भुक्तनी चुक्ता वा फर्छ्यौट भईसकेको जानकारी गराउन चाहान्छौ । यदि कुनै संस्था वा व्यक्तिसँग परियोजनासँग सम्बन्धित सेवा वा वस्तु वापतको हिसाब मिलान र भुक्तनी हुन बाँकी भए, यस सुचनालाई आधार मानी पहिलो पटक सूचना प्रकाशित भएको मिति बाट ७ दिन भित्र (२०८३ असोज ६, बिहान ११ बजे भित्र) दाबी गर्न आउन अनुरोध गर्दछौ । म्याद नाघी आएको दाबी उपर यस संस्था वा संस्थाको साझेदार संस्थाहरू जवाफदेही हुन असमर्थ हुने व्यहोरा यसै सूचना मार्फत अवगत गराउँदछौ ।
थप जाकारीका लागिः
रिलिफ नेपाल, कमलामाई–६, सिन्धुली
फोन नंः ०४७–५२०९१५
ईमेलः info@reliefnepal.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 16 Sep, 2026 |
| Apply Before | 22 Sep, 2026 |
| City | Sindhuli |