बाह्य लेखा परीक्षणका लागि आशयपत्र आव्हान
Details / requirements:
बाह्य लेखा परीक्षणका लागि आशयपत्र आव्हान
(प्रथम पटक सूचना प्रकाशित मिति २०८३।०२।०७)
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतको आ.व. २०८२।०८३ मा आन्तरीक तथा विभिन्न साझेदार संस्थाहरुको साझेदारीमा सञ्चालन भएका विभिन्न परियोजनाहरुमा भएको आर्थिक कारोवारको बाह्य लेखा परीक्षण गर्नुपर्ने भएकाले तपसिलका शर्तका आधारमा रहने गरी योग्यता पुरा भएका लेखा व्यवसायी फर्म वा व्यक्तिहरुहरुबाट आशयपत्र पेश गर्न आव्हान गरिन्छ ।
वार्षिक लेखा परीक्षण सम्बन्धी विवरण
१. संस्थाको वार्षिक साधारण सभा हरेक वर्षको श्रावण २९ गते हुने व्यवस्था अनुसार यस बर्ष पनि सोही मितिमा वार्षिक साधारण सभा हुनेछ ।
२. कार्यक्रमको जम्मा संख्या -१४
३. जम्मा आर्थिक कारोवार करिब -१५ करोड
४. लेखापरीक्षण गरिने स्थान: केन्द्रीय कार्यालय वीरेन्द्रनगर सुर्खेत
आशयपत्र सम्बन्धी शर्तहरु र पेश गर्नुपर्ने कागजातहरु
१. लेखा परीक्षण गर्ने फर्म वा व्यक्ति नेपाल सरकारको मान्यता प्राप्त (चाटर्ड एकाउन्टेन्ट्स संस्था) संस्थामा दर्ता भएको हुनुपर्नेछ ।
२. लेखा परीक्षण गर्ने लेखा व्यवसायी फर्म वा व्यक्ति वार्षिक रुपमा सम्बन्धित निकायमा दर्ता नविकरण भएको तथा आन्तरीक राजस्व कार्यालयमा वार्षिक आय विवरण बुझाई नियमानुसार आ.व. २०८१|२०८२ को कर चुक्ता प्रमाण पत्र लिएको हुनुपर्नेछ ।
३. लेखा परिक्षकले लेखा परीक्षण सम्पन्न गरी मिति २०८३।०४।१५ गतेभित्र आर्थिक र मिति २०८३।०४।२२ गतेभित्र व्यवस्थापन प्रतिवेदन पेश गर्नुपर्नेछ ।
४. २०८२ असार महिना पूर्व नै सम्पन्न भएका कार्यक्रमहरुको आवश्यकता अनुसार पहिले नै लेखा परीक्षण गर्न सकिनेछ ।
५. आशयपत्रमा लेखा परीक्षण वापतको पारिश्रमिक उल्लेख गर्नुहोला । साथै पारिश्रमिक दोहोरो सहमतिका आधारमा निर्धारण गरिनेछ ।
६. लेखा परीक्षण गर्नका लागि आशयपत्र पेश गर्ने लेखा व्यवसायी फर्म वा व्यक्तिहरुले तपसिल अनुसारका कागजातहरु सहित मिति २०८३।०२।१३ गते साझ ५ः०० बजेभित्र लाहाछाप शिलबन्दी गरी सोझै संस्थामा वा info@sacnepal.org.np इमेल मार्फत निवेदन पेश गर्नुपर्नेछ । यसरी इमेल मार्फत पेश गरिएका आशयपत्रको एम्ँ फाइल बनाई पासवर्ड राखी इमेल गर्नुपर्नेछ । आशयपत्र पेश गर्ने समय समाप्त भएपश्चात उक्त पासवर्ड सोही इमेलमा मेल गर्नुपर्नेछ ।
७. संलग्न राख्नुपर्ने कागजातको विवरण
क) पेशागत प्रमाणपत्रको प्रतिलिपी
ख) नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा नविकरणको प्रमाणको प्रतिलिपी
ग) मुल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि
घ) करचुक्ता प्रमाणपत्रको प्रतिलिपी
ङ) कार्य अनुभव खुल्ने पत्रका प्रतिलिपिहरु
च) प्राविधिक प्रस्ताव
ज) आर्थिक प्रस्ताव
८. रित पुरा नभएका वा म्याद नाघी आएका निवेदनहरु छनौंट प्रक्रियामा समावेश हुने छैनन ।
९. सूचना अनुसार बाह्य लेखा परीक्षक छनौंट गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
थप जानकारी आवश्यक भएमा कार्यालय समयमा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
फोन नं. ०८३ ५२१२८२
इमेल: info@sacnepal.org.np
Overview
| Category | Development Project, Development / NGO |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 21 May, 2026 |
| Apply Before | 27 May, 2026 |
| City | Birendranagar Surkhet |