बाह्य लेखा परिक्षणका लागि आसयपत्र आव्हान

Social Awareness Center SAC Nepal

Details / requirements:

बाह्य लेखा परिक्षणका लागि आसयपत्र आव्हान 

(प्रथम पटक सूचना प्रकाशित मिति २०८२।०१।१८)

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतको आ.व. २०८१।०८२ मा आन्तरीक तथा विभिन्न साझेदार संस्थाहरुको साझेदारीमा सञ्चालन भएका विभिन्न परियोजनाहरुमा भएको आर्थिक कारोवारको बाह्य लेखा परिक्षण गराउनुपर्ने भएकाले तपसिलका शर्तका आधारमा रहने गरी योग्यता पुरा भएका लेखा व्यवसायी फर्म वा व्यक्तिहरुहरुबाट आसयपत्र पेश गर्न आव्हान गरिन्छ ।

आसयपत्र सम्बन्धी शर्तहरु र पेश गर्नुपर्ने कागजातहरु

१. लेखा परिक्षण गर्ने फर्म वा व्यक्ति नेपाल सरकारको मान्यता प्राप्त (चाटर्ड एकाउन्टेन्ट्स संस्था) संस्थामा दर्ता भएको हुनुपर्नेछ । 

२. लेखा परिक्षण गर्ने लेखा व्यवसायी फर्म वार्षिक रुपमा सम्वन्धित दर्ता निकायमा नविकरण भएको तथा आन्तरीक राजस्व कार्यालयमा वार्षिक आय विवरण बुझाई नियमानुसार कर चुक्ता प्रमाण पत्र लिएको हुनुपर्नेछ । 

३. लेखा परिक्षकले लेखा परिक्षण सम्पन्न गरी मिति २०८१।०४।०७ गतेभित्र आर्थिक र मिति २०८२।०४।१५ गतेभित्र व्यवस्थापन प्रतिवेदन पेश गर्नुपर्नेछ । 

४. २०८२ असार महिना पूर्व नै सम्पन्न भएका कार्यक्रमहरुको आवश्यकता अनुसार पहिले नै लेखा परिक्षण गरी प्रतिवेदन पेश गर्नुपर्नेछ । 

५. आसयपत्रमा लेखा परिक्षण वापतको पारिश्रमिक उल्लेख गर्नुहोला । साथै पारिश्रमिक दोहोरो सहमतिका आधारमा निर्धारण गरिनेछ । 

६. लेखा परिक्षण गर्नका लागि आसयपत्र पेश गर्ने लेखा व्यवसायी फर्म वा व्यक्तिहरुले तपसिल अनुसारका कागजातहरु सहित मिति २०८२।०१।२४ गते साझ ५:०० बजेभित्र लाहाछाप शिलबन्दी गरी सोझै संस्थामा वा info@sacnepal.org.np इमेल मार्फत निवेदन पेश गर्नुपर्नेछ । यसरी इमेल मार्फत पेश गरिएका आसयपत्रको PDF फाइल बनाई पासवर्ड राखी इमेल गर्नुपर्नेछ । आसयपत्र पेश गर्ने समय समाप्त भएपश्चात उक्त पासवर्ड सोही इमेलमा मेल गर्नुपर्नेछ । 

क) पेशागत प्रमाण पत्रको प्रतिलिपि

ख) नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा नविकरणको प्रमाणको प्रतिलिपि

ग) मुल्य अभिबृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपि

घ) करचुक्ता प्रमाणपत्रको प्रतिलिपि

७. रित पुरा नभएका वा म्याद नाघी आएका निवेदनहरु छनौंट प्रक्रियामा समावेश हुने छैनन ।

८. सूचना अनुसार बाह्य लेखा परिक्षक छनौंट गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ ।

थप जानकारी आवश्यक भएमा कार्यालय समयमा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर, सुर्खेत

फोन नं. ०८३ ५२१२८२

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 01 May, 2025
Apply Before 07 May, 2025
City Birendranagar Surkhet