अभिलेखीकरण अधिकृत (Documentation officer)
Lumanti Support Group for Shelter is a non-government organisation dedicated to the alleviation of urban poverty in Nepal through the improvement of shelter conditions. At Lumanti, shelter means the whole living environment, therefore, Lumanti's activities are wide-ranging. They include shelter upgrades, micro-finance, education and children's programmes, good governance, gender equity and advocacy. Lumanti means "memory" in the Newari language. The organization was established in 1993 in the memory of Ramesh Manandhar who died in a plane crash in 1992. Ramesh was a driving force behind moves in the early 1990's to raise awareness about urban poverty and shelter conditions.
Details / requirements:
रोजगारको अवसर
लुमन्ति आवासको लागि सहयोग समूहले हुवाइरू कमिसन महिला नेतृत्वमा आधारित विश्वव्यापी सञ्जाल को आर्थिक सहयोगमा फेब्रुअरी २०२४ देखि बारा जिल्लाको कलैया उपमहानगरपालिकामा कम्युनिटी रेजिलिएन्स पार्टनरसिप प्रोग्राम (CRPP) कार्यान्वयन गर्दै आएको छ । यस कार्यक्रमको उद्देश्य महिलाहरूको समूह/सञ्जालको नेतृत्व क्षमता विकास गर्नु, उनीहरूको दैनिकी र जीविकोपार्जनमा प्रभाव पार्ने जलवायु जोखिमसम्बन्धी सूचनामा क्षमता अभिवृद्धि गर्नु हो ।
यस परियोजनाका प्रमुख उद्देश्यहरूमा स्थानीय तहमा रहेका जलवायु अनुकूलन संयन्त्रहरूको पहिचान गर्नु, स्थानीय अभ्यास तथा समाधानहरूको विस्तार (scaling up) को सम्भावना खोज्नु, जलवायु परिवर्तन अनुकूलनसम्बन्धी स्थानीय सरोकारवालाहरूको क्षमता विकास गर्नु तथा स्थानीय सरकारसँग सहकार्य गरी सरकारी नियमित योजना तथा कार्यक्रमहरूसँग समन्वय गर्नु रहेका छन् ।
पद : अभिलेखीकरण अधिकृत (Documentation officer)
प्रतिवेदन गर्ने : कार्यक्रम प्रबन्धक (विपद् जोखिम न्यूनीकरण)
कार्यस्थल : कलैया उपमहानगरपालिका, बारा जिल्ला
मुख्य जिम्मेवारीहरू
- परियोजना सम्बन्धी कागजातहरूको समीक्षा गरी प्रभावकारी दस्तावेजीकरणका लागि टेम्प्लेट, ढाँचा तथा प्रश्नावलीहरू विकास गर्नु ।
- साप्ताहिक, मासिक, वार्षिक तथा कार्यक्रमगत प्रतिवेदनहरू तयार गरी व्यवस्थित अभिलेख राख्नु।
- विभिन्न बेसलाइन तथा फिल्डबाट संकलित तथ्याङ्कका आधारमा कथात्मक (Narrative) प्रतिवेदन तयार गर्नु ।
- दातृ संस्थाको प्रतिवेदन ढाँचाअनुसार सूचना संकलन, अभिलेख व्यवस्थापन तथा समयमै प्रतिवेदन पेश गर्नु ।
- टिम सदस्य, महिला नेतृहरू, समुदाय समूह तथा स्थानीय सरकारसँग नियमित समन्वय र अन्तरक्रिया गर्नु ।
- महिनामा कम्तीमा दुई पटक समुदाय भ्रमण गरी सूचना तथा तथ्याङ्क संकलन गर्नु ।
- महिला नेतृ, वडा तह, नगर तथा अन्य सरोकारवालासँग मासिक अन्तरक्रिया सञ्चालन गरी त्यसको प्रक्रिया दस्तावेजीकरण गर्नु ।
- परियोजनाका सम्पूर्ण प्रक्रिया, गतिविधि, प्रगति तथा सिकाइहरू व्यवस्थित रूपमा अभिलेख गर्नु ।
- जलवायु परिवर्तन अनुकूलन, महिला नेतृत्व, सामुदायिक विकास तथा साझेदारी सम्बन्धी ज्ञान अद्यावधिक राख्नु ।
- आवश्यकता अनुसार नगरपालिका तथा प्रदेशस्तरीय बैठकहरूमा लुमन्तिको प्रतिनिधित्व गर्नु ।
- संस्थाले तोकेका अन्य जिम्मेवारीहरू निर्वाह गर्नु ।
योग्यता तथा आवश्यकताहरू
- मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण (कुनै पनि विषय), जनसञ्चार वा मानविकी विषयलाई प्राथमिकता ।
- अङ्ग्रेजी भाषामा लेखन तथा बोलचालमा राम्रो दखल ।
- फिल्ड भ्रमण गर्न इच्छुक, समुदाय तथा सरोकारवालासँग समन्वय गर्न सक्ने क्षमता ।
- सूचना व्यवस्थापन प्रणालीसम्बन्धी आधारभूत प्राविधिक ज्ञान ।
- माइक्रोसफ्ट वर्ड, एक्सेल प्रयोग गर्न सक्ने तथा तथ्याङ्क विश्लेषण गर्ने क्षमता
सेवा सुविधा
संस्थाको नियमानुसार
दरखास्त दिने अन्तिम मिति र प्रक्रिया
इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो आवेदन पत्र, अद्यावधिक बायोडाटा (CV) र आवश्यक प्रमाणपत्रहरू सहित तोकिएको मितिभित्र आवेदन दिनुहुन अनुरोध छ ।
दरखास्त बुझाउने इमेल : lumanti.vacancy@gmail.com
अन्तिम मिति : २०८२ पुष २५ गते सम्म
Overview
| Category | Administrative / Management, Development Project |
| Openings | 1 |
| Position Type | Full Time |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 02 Jan, 2026 |
| Apply Before | 11 Jan, 2026 |
| City | Bara District |