आशय पत्र (EOI): Mother Childhood Wellbeing, Nurture Every Future: Poshan Nepal Project
Details / requirements:
मिति: २०८३/०६/१६ गते
सूचना ! सूचना !! सूचना !!!
जन चेतना अभियान नेपाल,(JCAN) सप्तरीले केएर नेपाल (CARE Nepal) सँग साझेदारी गरी सप्तरी जिल्लाका बलान–बिहुल गाउँपालिका र सप्तकोशी नगरपालिकामा सुनौला १००० दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणको अवस्थामा सुधार गर्ने उद्देश्यले सञ्चालनमा रहेको Mother Childhood Wellbeing, Nurture Every Future: Poshan Nepal परियोजना अन्तर्गत स्वास्थ्य आमा समूहसँग आवद्ध भएका लक्षित समुदायका १४०० आमाहरूलाई पोषणयुक्त खानाको स्रोतमा पहुँच बढाउन घरायसी पोषण बगैंचाको निर्माण गर्नका लागि तरकारीको विउ, जैविक विषादी, जैविक मल, कृषि औजार तथा उपकरण खरिद गर्न परियोजनाले किसान कार्ड मार्फत तथा NIMB बैँक द्वारा आमाहरूलाई आर्थिक सहयोग गर्ने योजना गरेको छ । आमाहरूको माग बमोजिमको तरकारीको विउ, जैविक विषादी, जैविक मल कृषि औजार तथा उपकरण खरिद कार्यमा सामुदायीक व्यवसाय सहजकर्ताले बजारीकरणमा सहजीकरण गर्नेछन् । यसर्थ सम्बन्धित पालिका भित्र अवस्थित र सामुदायीक व्यवसाय सहजकर्ताको सहजीकरणमा लक्षित समुदायका आमाहरूलाई किसान कार्ड मार्फत माथि उल्लेखित सामग्रीहरू उपलब्ध गराउन इच्छुक र प्रचलित कानून बमोजिम दर्ता भई नियमित नविकरण भएका फर्म वा एग्रोभेटहरूलाई नजिकैको NIMB बैँकको शाखामा तपशिलमा उल्लेखित कागजात सहित तोकिएको मिति र समयभित्र आवेदन पेश गर्न यो सार्वजनिक सूचना आह्वान गरिएको छ ।
आवेदनसँग संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:
- फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि .......................................... थान १
- करदाता प्रमाणपत्रको प्रतिलिपि ............................................ थान १
- हालसालैको कर चुक्ताको प्रमाणपत्र ....................................... थान १
- व्यवसायिक अनुभवको प्रमाणपत्र .......................................... थान १
- सामग्रीको गुणस्तर प्रमाणित गर्ने प्रमाणपत्र ............................. थान १
- अनुसुचि १ मा सम्पुर्ण विवरण भरेको सक्कल ................................. थान १
आवेदन पेश गर्ने अन्तिम मिति: मिति २०८३ साल असोज २२ गते बिहिबार कार्यालय समयभित्र (आवेदन पेश गर्ने अन्तिम दिन सरकारी विदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिन आवेदन बुझाउन सकिने छ ।)
महत्वपुर्ण नोट:
- छनौट भएका फर्म वा एग्रोभेटले संस्थालाई उपलब्ध गराएको दरभाउ एक वर्षसम्मका लागि मान्य हुनेछ ।
- तोकिएको म्यादभित्र आवश्यक कागजात सहित पेश नभएका र कालो सुचीमा परेका फर्म वा एग्रोभेटलाई छनौट प्रक्रियामा समावेश गरिने छैन ।
- पुर्व निर्धारित सुचि (अनुसुची १) बाहेक र अधिकतम खुद्रा मूल्य तथा बजार मुल्यभन्दा बढी रकम लिएर कारोबार गरेको पाईएमा, किसान कार्ड लिएर आउने आमाहरूलाई रासायनिक मल, म्याद समाप्त भएका बिउबिजन, रसायनिक विषादी बिक्रि गरेको पाईएमा सम्बन्धित फर्म वा एग्रोभेटलाई सेवा प्रदायकबाट तुरुन्तै हटाईनेछ र भविष्यमा पनि समावेश गराईने छैन ।
- कुनैपनि सामान वा सेवाको दरभाउ पत्रलाई पुर्ण वा आंशिक रुपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार संस्थामा नीहित रहनेछ ।
- सबैभन्दा न्यूनतम मुल्यमा तोकिएको गुणस्तर कायम गरी सामान सेवा उपलब्ध गराउन प्रतिवद्ध भएका फर्म वा एग्रोभेटलाई छनौट गरिने छ ।
- यस संस्थालाई सामग्री तथा सेवा उपलब्ध गराउन इच्छुक फर्म वा एग्रोभेटले बालश्रम तथा बालअधिकारको हनन् हुने कुनैपनि कार्य र कुनैपनि प्रकारको यौन दुर्व्यवहार, यौन शोषण र यौन हिंसा नगर्न नगराउन प्रतिवद्ध हुनुपर्नेछ ।
Link: Anusuchi 1_Quotation form
आवेदन पेश गर्ने स्थान: जनचेतना अभियान नेपाल (JCAN)
सप्तरी जिल्ला वार्ड नम्बर १२, हनुमाननगर कंकालिनी नगरपालिका
कार्यालयको सम्पर्क नं.: ०३१ ५९००४८
सम्पर्क व्यक्तिको मोवाईल नं.: ९८४०९८४१९८
सम्पर्क व्यक्तिको ईमेल: procurementdepartment.jcanepal@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 02 Oct, 2026 |
| Apply Before | 08 Oct, 2026 |
| City | Saptari |