आशय पत्र (EOI) आह्वान सम्बन्धी सूचना

CBM Global Nepal Country Office

CBM Global works alongside people with disabilities in the world’s poorest places to fight poverty and exclusion and transform lives. Drawing on over 100 years’ experience, we work with the most marginalised in society to break the cycle of poverty and disability and build inclusive communities where everyone can enjoy their human rights and fulfil their full potential. CBM initiated its work in Nepal since 1982 and supports a diverse mix of national partners engaged in Inclusive Eye and Ear Care, Rehabilitation, Education, and Social Inclusion of persons with disabilities.

Details / requirements:

सिबिएम ग्लोबल विश्वमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार सुनिश्चित गर्ने र उनीहरूको क्षमता विकास गर्न सक्ने समावेशी समुदाय निर्माणमा सहयोग गर्ने एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यो संस्था अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका प्रतिनिधि संस्थाहरू, सरकारी तथा अन्य गैरसरकारी संस्थाहरूसँगको समन्वयमा कार्य गर्ने गर्दछ ।

सिबिएम नेपाल, सन् २०२६ फेब्रुवरी देखि सन्चालन हुने “समावेश” नामक कार्यक्रमको लागि इच्छुक तपशिलका संस्थाहरूबाट आशय पत्र (EOI) पेश गर्नका लागि आह्वान गर्दछ ।

  1. कर्णाली प्रदेश- सुर्खेत जिल्लामा दर्ता भई बिरेन्द्रनगर नगरपालिकामा कार्य गर्न अनुमति प्राप्त भएका अपांगता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरू  । आवश्यक संख्या १
  2. बागमती प्रर्देश - राष्ट्रिय स्तरमा कार्य गर्न अनुमति प्राप्त गैर सरकारी संस्थाहरू (मूख्यगरी मानवअधिकार, राजनैतिक सहभागीता र सुसासनको क्षेत्रमा काम गरिरहेका संस्था) आवश्यक संख्या १

इच्छुक संस्थाहरुले सिबिएम नेपालको ईमेल (procurement.nepal@cbm–global.org) मार्फत पूर्ण विवरण सहितको आशय पत्र (EOI) को ढांचा मिति २०८२/१२/१३ गते देखी २०८२/१२/२० गते भित्र प्राप्त गर्न सकिन्छ । इच्छुक संस्थाहरूले मिति २०८२/१२/२० गते दिउसो ५ बजे भित्र सिबिएमको ईमेल (procurement.nepal@cbm–global.org) मा आवश्यक कागजात सहित आशय पत्र बुझाउन सूचित गरिन्छ । तोकिएको ढांचामा र समयभित्र प्राप्त आशय पत्र मात्र छनौट प्रकृयामा समावेश गरिनेछ ।

आशय पत्र स्वीकार गर्ने वा रद्द गर्ने अधिकार सिबिएम नेपालमा निहित रहनेछ । छनौट प्रक्रियाको क्रममा कुनै पनि तरिकाले प्रभाव पार्ने प्रयास गरेमा उक्त संस्थाको आवेदन रद्द हुनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 26 Mar, 2026
Apply Before 03 Apr, 2026
City Lalitpur