आर्थिक वर्ष २०८३/२०८४ का लागि मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना

Multipurpose Development Society (MPDS)

Details / requirements:

मिति: २०८३/०३/१७ गते

आर्थिक वर्ष २०८३/२०८४ का लागि मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना ।

बहुउद्देश्यीय विकास समाज (MPDS), डडेल्धुरा २०५५ सालमा स्थापना भएको गैरसरकारी संस्था हो । यस संस्थाले विगत २८ वर्ष देखि सुदूरपश्चिम लगायत अन्य ६ वटै प्रदेशका जिल्लाहरूमा विभिन्न दातृ निकायको सहयोगमा विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

यस संस्थालाई आर्थिक वर्ष २०८३/०८४ मा आवश्यक पर्ने तपसिल बमोजिमका वस्तु तथा सेवाहरू उपलब्ध गराउनका लागि इच्छुक तथा योग्य फर्म/कम्पनी/आपूर्तिकर्ता/सेवा प्रदायक/परामर्शदातालाई आफूले उपलब्ध गराउन सक्ने वस्तु वा सेवाको लागि मौजुदा सूचीमा दर्ता हुन यो सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (कार्यालय समयभित्र) संस्थाको ईमेलमा procurement@mpdsnepal.org.np वा संस्थाको मुख्य कार्यालय तुफानडाँडा डडेल्धुरामा हार्डकपी देहायको आवश्यक कागजात र दिइएको फर्मेट सहित निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।

मौजुदा सूचीको मान्यता आ.व. २०८३/२०८४ को लागि मात्र हुनेछ र मौजुदा सूचीमा समावेश गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ ।

तपसिल:

१. स्टेशनरी तथा खेल सिकाइ सामग्री आपूर्ति ।

२. पत्र पत्रिका, सूचना तथा विज्ञापन प्रकाशन तथा प्रसारण सम्बन्धी कार्य ।

३. इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेशिन, क्यामरा, प्रोजेक्टोर, ट्याबलेट, बायोमेट्रिक डिभाइस, कनेक्टर, टेलिफोन सेट तथा सोसँग सम्बन्धित पाटपूर्जाहरूको आपूर्ति तथा मर्मत सम्भार सेवा ।

४. छापाखाना/छपाई सम्बन्धी काम डिजाइनिङ्ग - फ्लायर्स तथा स्टीकर, सूचना, शिक्षा तथा सञ्चार सम्बन्धी सामग्री सन्दर्भ सामग्री, श्रव्य दृश्य सामग्री निर्माण तथा प्रसारण ।

५. विभिन्न प्रकारका कृषिजन्य बीउहरू, र रासायनिक औषधी तथा कृषि उपकरणहरू ।

६. खाद्यान्न तथा खुद्रा सामानहरूको बिक्री वितरण सम्बन्धीका कार्यहरू ।

७. सवारी साधन बिक्री, मर्मत तथा भाडामा उपलब्ध गराउन तथा ढुवानी सम्बन्धी कार्यहरू ।

८. विभिन्न प्रकारका बीमा र कुरियर सम्बन्धीका कार्यहरू ।

९. फर्निचर, आपूर्ति फर्निसिङ्ग तथा मर्मत सम्बन्धीका कार्यहरू ।

१०. खाना, नास्ता, होटल, बास तथा तालिम हल सम्बन्धी कार्य ।

११. ब्ल्याङ्केट, त्रिपाल, झुल लगायतका सामग्रीहरू ।

१२. यातायातका साधन खरिद तथा मर्मत सम्बन्धी कार्य ।

१३. स्वास्थ्य सँग सम्बन्धित केमिकलहरू, पिपिई सामग्री, लगायत अन्य सामग्रीहरू ।

१४. परामर्श सेवाका लागि फर्म तथा व्यक्ति (संस्थाका नीति नियम, नियमावलीहरू निर्माण, तालिम सञ्चालनका लागि, विभिन्न किसिमका मूल्याङ्कन, अध्ययन गर्न) ।

संलग्न गर्नुपर्ने कागजातहरू:

  • निवेदन - (सम्पर्क विवरण र उपलब्ध गराउने सेवा र सामग्री) ।
  • नवीकरण सहितको फर्म तथा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • आर्थिक वर्ष २०८१/०८२ र २०८२/२०८३ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ।
  • प्रोप्राइटरको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
  • कालो सूचीमा नपरेको स्व–घोषणा ।
  • परामर्शकर्ताको हकमा व्यक्तिगत तथा संस्थागत विवरण ।
  • अनुभवको विवरण (गरेका कार्यहरूको सूची, सम्झौता तथा सिफारिस पत्र लगायत) ।

दररेट पेश गर्ने फर्मेटको ढाँचा:

सि. नं.
विवरण
स्पेसिफिकेशन
एकाइ
प्रति एकाइ दर
कैफियत




































संचालक तथा परामर्शकर्ताको नाम :

हस्ताक्षर:

मिति:

सम्पर्क नम्बर:

फर्मको छाप :

निवेदन दिने अन्तिम मिति र समय: २०८३ असार ३१ गते , कार्यालय समयभित्र ।

बहुउद्देश्यीय विकास समाज लैंगिक समानता, समावेशिता तथा सबैको व्यक्तिको सुरक्षा, सम्मान र अधिकार संरक्षणप्रति पूर्णरूपमा प्रतिबद्ध छ । संस्था दुर्व्यवहार, यौन शोषण तथा उत्पीडन, भ्रष्टाचार, ठगी, आर्थिक हिनामिना, गोपनीयता उल्लङ्घन लगायतका सबै प्रकारका अनियमितता प्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । संस्थासँग जोडिने सबै विक्रेता, आपूर्तिकर्ता, सेवा प्रदायक तथा परामर्शदाताहरूले संस्थाको आचारसंहिता तथा सम्बन्धित नीतिनियमावलीहरूको पालना गर्न प्रतिबद्धता जनाउनु पर्नेछ । आचारसंहितामा हस्ताक्षर गर्न अस्वीकार गर्ने वा यसको उल्लङ्घन गर्ने पक्षहरूसँग सम्झौता वा सेवा सम्बन्ध समाप्त गर्न सकिने छ । साथै, संस्था महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य संवेदनशील समूहहरूको सुरक्षा, सम्मान र हित प्रवर्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध छ ।

................

खरिद समिति

बहुउद्देश्यीय विकास समाज, डडेल्धुरा

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 02 Jul, 2026
Apply Before 15 Jul, 2026
City Dadeldhura