आपुतिकर्ता तथा सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

Rastriya Rojgar Prawardhan Kendra RRPK

Details / requirements:

आपुतिकर्ता तथा सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

प्रथम पटक प्रकाशन मिति: २०८३/०४/२८ गते

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) सर्लाहीले यस जिल्लामा वल्र्ड भिजन इन्टरनेशनल नेपाल सँगको साझेदारीमा HATEMALO for child Wellbeing and Integrated Development (IPF/SHIELD) परियोजना सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.बं. २०२६/२७ ९२०८३/०८४) को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरू आवश्यकता अनुसार एकै पटक वा पटक पटक  खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता गर्न खोजेको हुँदा RRPK ले योग्य सम्भावित आपुर्तिकर्ताहरूलाई पुर्व– योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायक व्यक्ती एवं संस्थाहरूबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०४/२८ गते ( १३ अगस्त २०२६) देखि २०८३ भदौ १७ गते (२ सेप्टेम्बर २०२६) सम्म कार्यालय समयभित्र कार्यालयमा वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ । 

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू

  • परामर्श सेवाहरू (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता
  • स्वयंमसेवक तथा तथ्याङ्गक सङ्गकलक
  • सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, अटो ) भाडामा लिने सम्बन्धि कार्य
  • कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद आपूर्ति गर्ने कार्यहरू
  • छपाई (कपी ,पोष्टर, किताब, प्रमाण पत्र र  क्यानभास ब्यानर) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरू
  • कृषि औजार, पशु सम्बन्धि औषधि, बिउ बिजन, मल, किटनासक औषधि, बाखा्र फर्म, सुँगुर फर्म ,कुखुरा फर्म, सम्बन्धि कार्यहरू 
  • पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य 
  • समावेशी शिक्षण सिकाइ सामग्री आपूर्ति गर्ने कार्यहरू
  • एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य 
  • मोटरसाइकल तथा साइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
  • फर्निचर (दराज, टेबल, कुर्सि) तथा फर्निसिङ्ग ( कार्पेट, कुसन, पर्दा कपडा आदी ) सामानहरु आपूर्ति गर्ने कार्य
  • हार्डवेयर ( कृषि सामाग्रीहरू जस्तैः मोटर, दमकल, स्प्रेयर टंकी,कोदालो, बिउँ बिजन,मल, तथा अन्य सम्बन्धित समाग्रीहरु ) आपूर्ति सम्बन्धि कार्य
  • तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने
  • समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने
  • स्कुल पोशाक, अन्य कपडाहरु, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य
  • प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरू, बिपत आपुर्ति गर्ने कार्य  
  • उद्यमशीलता तथा सीपमुलक सम्बन्धि  तालिम प्रदान गर्ने सेवा प्रदायक 
  • किराना,सौन्दर्य, टेलरिङ्ग, चप्पल, जुता, शैलून सम्बन्धी समाग्रीहरु भाडा वर्तन, ग्यास सिलिन्डर  तथा किचेनमा प्रयोग हुने  समाग्री लगायत अन्य सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू 
  • खाद्यान्न पदार्थ (चामल, दाल, तेल, नुन, चिउरा, चिनी आदी ) लगायत अन्य सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू
  • अपाङ्गता भएका व्यतिहरूका लागि सहायक सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू 
  • पूर्वधार सम्बन्धी निर्माणकर्ताहरू जस्तै: भवन निर्माण,शौचालय निर्माण, खाने पानी निर्माण सम्बन्धि कार्य गर्ने आपुर्तिकर्ताहरू

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (ब्गतजयचष्शभम मभबभिच)

२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि 

३. ईलेक्टिक वा इलेक्ट्रौनिक सम्बन्धि कार्य गर्ने आपूतिकर्ता ,

४. आर्थिक वर्ष. २०८२/०८३ वा नभएको खण्डमा आर्थिक बर्ष. २०८१/०८२  को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि  

५. पछिल्लो बर्ष  विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक     

थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ । 

६. कर नलाग्ने फर्म वा सेवा प्रदायक को हकमा कर छुट को प्रमाणपत्रको प्रतिलिपि 

७. जिल्ला भित्र दर्ता भई संचालनमा रहेको योग्य कम्पनी तथा फर्महरुलाई प्राथमिकता दिईने छ ।

आवश्यक सुचि दर्ताको फारम तलको link मा रहेको छ साथै कार्यालयमा सम्पर्क गरी आवश्यक फर्म पाउन सकिनेछ ।

Document link-

Required Documents

सम्पर्क ठेगाना:

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK),

लालबन्दी –७, सर्लाही

फोन नं. ९८०१९७२१६५

इमेल: rrpksarlahi.procurement@gmail.com

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK,

चन्द्रनिगाहपूर –४ , रौतहट

फोन नं. ९८०१९७१७६३

इमेल: procurement.sikai@rrpk.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 13 Aug, 2026
Apply Before 02 Sep, 2026
City Sarlahi