यू.एस.ए.आई.डी. किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नकालागि स्थानीय साझेदार संस्थाहरुबाट इच्छा-पत्र आह्वान

CARE Nepal

Details / requirements:

केएर नेपालद्वारा यू.एस.ए.आई.डी.को सहयोगमा

यू.एस.ए.आई.डी. किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नका लागि स्थानीय साझेदार संस्थाहरुबाट इच्छा-पत्र आह्वान

केएर एक अन्र्तराष्ट्रिय मानवीय सहायता संस्था हो । केएर नेपालले सन् १९७८ देखि नेपालमा आफ्नो कार्यक्रम संचालन सुरु गरेको थियो र नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरु मध्यमा अग्रणी संस्थामा पर्दछ । केएर नेपालले विगत ४ दशकदेखि सामाजिक अन्यायका अन्तर्निहित कारणहरुलाई संबोधन गर्न, हानिकारक मूल्यमान्यता र सामाजिक अभ्यासहरुलाई चुनौती दिन र गरिबीको अन्त्य र सामाजिक न्याय प्राप्तिकालागि महिला तथा किशोर किशोरीहरुसँग सहकार्य गर्दै आइरहेको छ । केएर नेपालले आफ्नो रणनैतिक ढाँचा सन् २०२१-२०२५ अर्न्तगत सिमान्तकृत महिला र किशोरीहरुको जीवनमा सकारात्मक परिवर्तनकालागि ३ वटा बिषयगत क्षेत्रहरु (लैंगिक न्याय, शिक्षा र स्वास्थ्य अधिकार, महिला आर्थिक शसक्तिकरण र जलवायु न्याय र बिपद जोखिम न्यूनिकरण र मानबिय सहायतामा लैंगिकता) मा केन्द्रित रहेर कार्यक्रमहरु संचालन गर्दै आएको छ । केएर नेपालले गरिबी र अन्यायको मुल कारणहरुलाई संबोधन गर्न प्रमुख कार्यपद्धतिहरु जस्तै लैंगिक समानता र सामाजिक समावेशिकरणको सुदृढीकरण, समावेशी सुशासनको प्रवद्र्धन, उत्थानशिलताको अभिवृद्धि, सामाजिक मूल्यमान्यताको रुपान्तरण र साझेदारी र गठबन्धनको पक्षपोषण आदिलाई केन्द्रमा राखेर काम गर्दै आइरहेको छ । केएर नेपालले आफ्नो लक्ष्य प्राप्तिकालागि स्थानीय गैर सरकारी संस्थाहरु, नागरिक समाज संगठनहरु, सामाजिक आन्दोलनहरु, सरकारी निकायहरु, अनुसन्धान र शैक्षिक संस्थाहरु, निजी क्षेत्र र दातृ निकायहरुसँग सहकार्य र साझेदारीमा काम गर्दै आएको छ । केएर नेपालले सन् २०२५ सम्ममा २५ लाख महिला र किशोरीहरुको आर्थिक, सामाजिक र राजनैतिक अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

USAID Adolescent Reproductive Health (ARH) परियोजना, केयर नेपालको नेतृत्वमा Association of Youth Organization Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego र नेपाल सि.आर.एस. कम्पनीसँगको साझेदारीमा, गरिव तथा सिमान्तकृत १० देखि १९ बर्षसम्मका किशोर किशोरीहरुलाई उनीहरुको प्रजनन् स्वास्थ्य अधिकारलाई उपयोग गर्नको लागि सशक्तिकरण गर्ने एक अभियान हो ।

कार्यक्रमको मुख्य लक्ष्य भनेको किशोर किशोरीहरुलाई सही र उपयुक्त प्रजनन् स्वास्थ्य जानकारी प्रदान गरी उचित र सहि निर्णय लिने सीपको बिकास गराउँदै, स्वस्थ प्रजनन स्वास्थ्य निर्णयहरू गर्नको लागि समाजमा अनुकुल वातावरण सिर्जना गर्दै, र ती निर्णयहरूलाई व्यवहारमा अनुसरण गर्न सहज बनाउँदै, उनीहरूको पूर्ण क्षमताको बिकास गर्न सहयोग गर्नु हो ।

यो परियोजना सन् २०२२ देखि २०२७ सम्म पाँच बर्ष मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका ४१ गाउँ एवं नगरपालिकाहरु, लुम्बिनि प्रदेशका प्युठान, रोल्पा र बाँके जिल्लाका १२ गाउँ एवं नगरपालिकाहरु र कर्णाली प्रदेशका सुर्खेत र सल्यान जिल्लाका ७ गाउँ एवं नगरपालिकाहरुमा सञ्चालन हुनेछ । प्रत्येक जिल्लाहरुमा परियोजनाको गतिबिधिहरु सञ्चालन गर्नको लागि एक स्थानीय संस्था आवश्यक पर्ने भएकोले किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्य तथा परिवार नियोजन कार्यक्रमको बारेमा अनुभवी ईच्छुक संस्थाहरुबाट दरखास्त आह्वान गरिएको छ ।

इच्छा-पत्रपेश गर्न इच्छुक संस्थाकालागि न्यूनतम मापदण्डहरु 

  • संस्था १) सम्बन्धित जिल्लामा कानुन बमोजिम दर्ता भएको २) बार्षिक रुपमा नवीकरण भएको ३) स्थायी लेखानम्बर (पान) लिएको ४) कर छुट प्रमाण पत्र लिएको (उपयुक्त भएमा) ५) बिगत ३ बर्षको लेखा परीक्षण गराएको र सो प्रतिबेदन उपलब्ध भएको ।
  • आवेदक संस्थाले प्रजनन स्वास्थ्यतथा परिवार योजना (Reproductive Health and Family Planning) क्षेत्रमा कम्तिमा ३ वर्ष कार्यक्रम सफल रुपमा संचालन गरेको अनुभव भएको । 
  • किशोर किशोरी तथा युवा लक्षित कार्यक्रम संचालन गरेको अनुभब भएको ।
  • सुदृढ तथा सवल संस्थागत आन्तरिक सुशासनका अभ्यासहरु अवलम्बन गरेको । 
  • संस्थाको रणनैतिक योजना रहेको र उक्त योजनामा महिला र किशोरिहरुको क्षेत्रमा काम गर्ने उद्देश्य रहेको र संस्था संचालनार्थ आवश्यक पर्ने नीति तथा नियमावलीहरु तयार गरीलागु गरेको । 
  • संस्थाको कार्य समिति, कर्मचारी तथा सदस्यहरुमा सामाजिक समाबेशीकरणको अभ्यास लागु भएको साथै युवाहरुको अर्थपूर्ण प्रतिनिधित्व तथा सहभागिता भएको । 

माथि उल्लेखित न्युनतम मापदण्डहरु पुरा गरेका इच्छुक गैर सरकारी संस्थाहरुले इच्छा पत्र पेश गर्न सक्ने छन् ।

यसरी आवेदन गर्दा तोकिएको फाराममा (अनुसचि १: सस्ंथागत विवरण फाराम र अनुसचि २: अवधारणा पत्रको ढाँचा) संस्थाको विवरण र अवधारणा पत्र सहितको आवेदन मिति २०७९ साल भाद्र १३ गते सोमबार ५ वजे (Monday 29 August 2022, 5 PM) भित्र तल उल्लेखित ठेगानामा आइपुग्नु पर्ने छ । आवेदनकालागि आवश्यक फारामहरु केएर नेपालको काठमाडौं कार्यालय वा केएर नेपालको वेबसाइट https://www.carenepal.org/calls/ मा USAID ARH LOI Templatesको लिंक मार्फत प्राप्त गर्न सकिने छ ।

माथि उल्लेखित आधारहरु पूरा गर्ने छोटो सुचिमा परेका आवेदक संस्थालाई अर्को चरणको छनौट प्रक्रियाकालागि सुचित गरिने छ ।

रित नपुऱ्याई एवं तोकिएको मितिभन्दा पछी प्राप्त भएका आवेदनहरु छनौट प्रक्रियामा समाबेश गरिने छैन ।

केएर नेपालले प्रतिस्पर्धात्मक बिधिबाट संस्था छनौट गर्दछ र छनौटको चरणमा कुनै पनिप्रभाव पार्न खोजेमा त्यस्तो संस्थाको आवेदनलाई प्रक्रियामा समावेश गराईने छैन । 

यस सम्बन्धी अन्य जानकारी आवश्यक परेमा केएर नेपालको केन्द्रीय कार्यालयको फोन ०१५४२२८०० मा सम्पर्क गर्न सकिने छ ।

आवेदन बुझाउने ठेगाना

इमेल: npl.carenepal@care.org वा

केएर नेपाल, घर नं.७७७/३४, झम्सिखेल, ललितपूर, पो ब न. १६६१, काठमाण्डौ नेपालमा बुझाउन सकिने छ ।

केएर नेपालले स्थानीय कारणको प्रबर्द्धनमा बिशेष जोड दिँदै आएकोले यस इच्छा पत्रमार्फत साझेदार छनौट गर्ने प्रकृयामा कार्यक्रम संचालन गर्ने जिल्लामा रहेको क्रियाशील स्थानीय संस्थालाई प्राथमिकता दिईनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 09 Aug, 2022
Apply Before 29 Aug, 2022
City Kathmandu