व्यवसायिक सीप विकास तालिमका लागि दरखास्त आह्वान सम्बन्धी सूचना

Bal Sewa Samaj

Details / requirements:

पहिलो पटक सूचनाप्रकाशितमितिः २०७६/११/१४

व्यवसायिक सीप विकास तालिमका लागि दरखास्त आह्वान सम्बन्धी सूचना 

Terms of Reference (TOR)

पद
परामर्श दाताः
कार्यालयबाल सेवा समाज नेर्पा खोटाङ
कार्यअवधि५ महिना

क) संस्थाको पृष्ठभूमी 

बाल सेवा समाज नेर्पा खोटाङले राज्यद्वारा निर्दिष्ट नीति, नियम, निर्देशिका, राष्ट्रिय परिवेश र परिस्थितिलाई आधार मानी हरेक सामाजिक संघसंस्थाले समावेशी, समतामूलक र विकसित राज्य निर्माणार्थ सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, लैङ्गिक, जातीय विभेद र असमानताको विपरीत समानताका आधारमा समान  अवसरहरुको उपयोग गर्ने पद्धतिको विकास एवं विस्तार गरी जीवनस्तरमा सुधारको अपेक्षा सहित सामाजिक हितको क्षेत्रमा विविध कार्य गरी समतामूलक समाजको स्थापनार्थ सामाजिक सद्भाव र एकता कायम गरी विद्यमान शोषण, अन्धविश्वास, कुरीति विकृति र सामाजिक विचलनबाट मुक्त समाजको निर्माणमा कर्मठ, स्वावलम्बी, स्वाभिमानी, परिश्रमी, इमान्दार, देशभक्त, दक्ष र गुणस्तरयुक्त जनशक्तिको विकास र परिचालन गर्ने उद्देश्यका साथ वि.सं.२०५२ सालमा खोटाङ जिल्लामा “बाल सेवा समाज नेपाल, नेर्पा खोटाङ नामक” गैर नाफामूलक र गैर राजनीतिक सामाजिक संस्थाको स्थापना गरिएको हो । विपद् व्यवस्थापन, महिला, बालबालिका, वन तथा वातावरण, कृषि, स्वास्थ्य आदिको क्षेत्रमा विभिन्न सरकारी तथा गैर सरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था कृयाशिलतापूर्वक काम गर्दै आइरहेको छ । 

यसै क्रममा क्रिष्टियन एड नेपालको सहयोगमा बाल सेवा समाज नेपाल, नेर्पा खोटाङ्घद्वारा सञ्चालित शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता परियोजना अन्तर्गत खोटाङ जिल्ला स्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत स्थानीय १५ वटै वडाहरुसँगको सहकार्यमाशसक्तिकरण, उद्यमशीलताको विकास, जीविकोपार्जन, तथाजलवायु परिवर्तन र प्रकोप व्यवस्थापनको क्षेत्रमा काम गर्ने गरी विपन्न तथा पछाडि पारिएको वर्ग र समुदायको हकहितमा लक्षित भई कार्यान्वयनमा रहेको परियोजना नै “शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशीलता(Women's Engagement for Empowerment and Entrepreneurship for Livelihood (WE FEEL) परियोजना हो । यस परियोजनाको उद्देश्य खोटाङ जिल्लाको दिक्तेल रुपकोट मझुवागढी नगरपालिकामा सामाजिक रूपबाटबञ्चित र आर्थिकरुपले विपन्न परिवारको सामुदायिकपुर्नउत्थान र सामाजिकन्यायको सुदृढीकरणगर्ने रहेको छ भने यस परियोजनाले नविनतम् जलवायु स्मार्ट प्रविधिको माध्ययमबाट आर्थिक विविधिकरण, व्यवसायिक र उद्यमशीलता सम्बन्धी सीपमा लक्षित समुदायको पहुँच स्थापित गरी उत्पादन र उत्पादकत्व बृद्धि गर्नेे अपेक्षा राखेको छ । बाल सेवा समाजले खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत १५ वटै वडाका बेरोजगार, सिमान्तकृत, आर्थिक रुपले विपन्न युवाहरुलाई विभिन्न विषयमा ब्यवसायिक सीप विकास तालिम दिई आर्थिक रुपले निर्भर बनाउने लक्ष्य राखी आवेदन पेश गर्नुहुनका लागि यो दरखस्त आह्वान गरिएको छ ।   

ख) तालिमको सान्दर्भिकता

खोटाङ जिल्लाबाट वार्षिक रुपमा करीब ८००० मानिसहरु रोजगारीको खोजीमा विदेशिने गरेको पाइन्छ । स्थानीय रुपमा आवश्यकता बमोजिमका सीपयुक्त जनशक्ति पनि कमैै मात्र उपलब्ध छ जस्ले स्थानीय आवश्यकता र मागलाई सम्बोधन गर्न सकिरहेको अवस्था छैन । स्थानीय स्तरमा आफूले चाहेको सीप सिक्न पाउने अवसर र वातावरण पनि नभइरहेको विषयलाई मुख्या ध्यान दिई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट क्रिश्चिन एड नेपालको सहयोगमा बाल सेवा समाज नेपाल नेर्पा खोटाङद्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालनमा रहेको “शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशीलता (Women's Engagement for Empowerment and Entrepreneurship for Livelihood (WE FEEL)  परियोजना मार्फत यस नगर क्षेत्र भित्रका २० वर्ष देखि ४० वर्ष उमेर समूहका ४० जना वेरोजगार पुरुष तथा महिलाहरुलाई उनीहरुको आवश्यकतामा आधारित तालिम प्रदान गरी स्वरोजगारको वातावरण सिर्जना गर्नेे यस परियोजनालेअपेक्षा राखेको छ ।

ग) तालिम प्रदायक संस्थाको दायित्वः

युवाहरुलाई तालिम प्रदान गरी रोजगारमा समन्वय गरिदिने । 

घ) तालिम विधिः 

  • CTEVT/TVET को पाठ्यक्रममा आधारित रहि तालिम प्रदान गर्ने । 
  • बजारको मागअनुसार आवश्यकता हेरी पाठ्यक्रमलाई परिमार्जन गर्ने ।
  • तालिम ८० प्रतिशत प्रयोगात्मक तथा २० प्रतिशत सैद्वान्तिक हुनुपर्ने ।  
  • तालिम आवासीय रुपमा संचालन गर्ने । 
  • व्यवसायिक तालिमको साथै जीवनउपयोगी सीप समेत प्रदान गर्ने । 
  • हप्ताको ६ दिन र दिनको ५ घण्टा गरी कुल ३९० घण्टा तालिम प्रदान गर्ने । 
  • प्रशिक्षर्थीलाई तालिम अवधिको कम्तीमा ३ पटक अवलोकन भ्रमणमा लानुपर्ने । 
  • प्रशिक्षार्थीको सिकाईको मूल्याकंनका लागि हरेक महिना परीक्षा लिने । 
  • प्रशिक्षार्थीलाई CTEVT/TVET  ले लिने Skill Test मा सहभागी गराईने । 
  • तालिम सम्पन्न प्रमाण पत्र प्रदान गर्ने । 
  • तालिम सम्पन्न प्रतिवेदन तयार गर्ने । 

ङ) प्रशिक्षकको योग्यता:

  • तालिमका लागि दक्ष प्रशिक्षकको प्रबन्ध गरिनुपर्ने । 
  • मुख्य प्रशिक्षक CTEVT Level-2 का Training of Trainer (TOT)  गरेको हुनुपर्नेछ  । 
  • सहायक प्रशिक्षक CTEVT Level-1 को साथै Training of Trainer(ToT) गरेको हुनुपर्नेछ । 

च) तालिमको समयावधिः 

तालिम ३९० घण्टाको हुनेछ । सथै २ महिना on the job training र हलुका सवारी चालकको हकमा (Driving) १ महिनाको हुनेछ । 

छ) बाल सेवा समाजको दायित्वः 

  • प्रशिक्षार्थीको व्यवस्था गरिदिने । 
  • प्रशिक्षार्थिको आवत जावतको व्यवस्था गरिदिने । 
  • तालिमको लागी खर्च उपलब्ध गर्ने ।
  • समय समयमा तालिम अनुगमन गरी सुझाव प्रदान गर्ने । 
  • तालिमको अवस्थाबारे नियमित रुपमा क्रिश्चिएन एड नेपाल र अन्य सरोकारवालाहरु समक्ष जानकारी गराउने । 

ज) तालिम प्रदायक मार्फत गरिने कार्य र प्राप्तहुने परिणामहरु (Deliverables):

  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गतका १५ वटै वडाको सीप विकास तालिमको आवश्यकता र  सम्भाव्यता अध्ययन गर्ने । 
  • पहिचान भएका इच्छुक प्रशिक्षार्थीहरुको विवरण संकलन गर्ने ।
  • संकलित विवरण र प्रशिक्षार्थीहरुको आवश्कतामा आधारित भई तह १ को सीप विकास तालिम प्रदान गर्ने । 
  • तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई CTEVT/TVET सँग समन्वय गरी परीक्षा लिई तालिम प्रमाण पत्र प्रदान गर्ने । 
  • तालिम सम्पन्न प्रतिवेदन तयार गरी हस्तान्तरण गर्ने । 

झ) सेवा प्रदायक छनौट अंकभार 

क्र.स.
विवरणनिर्धारित अंककैफियत
१.प्राविधिक प्रस्ताव८० (कुल)
प्रस्तावित मानवीय स्रोतको सान्दर्भिक योग्यता र अनुभव 
२०
अवधारणा, कार्यान्वयन पद्धती, कार्ययोजना तथा तर्कवद्ध विवरण
६०
२.आर्थिक प्रस्ताव पत्र२० 
प्राप्त आर्थिक प्रस्ताव पत्र मध्य सबैभन्दा कम बजेट प्रस्तावकलाई 
१०
प्राविधिक प्रस्ताव पत्रसँग सान्दर्भिक क्रियाकलापका लागि प्रस्तावित बजेटलाई
१०

ञं) तालिम प्रदायकको योग्यता 

  • सम्वन्धित जिल्लामा दर्ता भएको र CTEVT/TVET  सँग आवद्व भएको हुनुपर्ने । 
  • कम्तिमा ५ वर्ष तालिम प्रदान गरेको अनुभव भएको हुनुपर्ने । 
  • कर चुक्ता प्रमाण पत्र तथा हरेक वर्ष लेखा पीरक्षण गरेको हुनुपर्ने । 
  • PAN वा VAT हुनुपर्ने । 
  • छात्र तथा छात्रा आवास भएको । 
  • आफ्नै तालिम स्थल भएको । 
  • योग्य प्रशिक्षक तथा प्रयाप्त तालिम औजार भएको । 

ट) भुक्तानी प्रकृयाः  

सम्झौता सम्पन्न भएको १ हप्ता भित्र पहिलो किस्ता वापत कुल सम्झौता रकमका ४० प्रतिशत भुक्तानी गरिनेछ र ४० प्रतिशत रकम ९० प्रतिशतसम्म कार्यसम्पन्नको आधारमा भुक्तानी गरिनेछ । २० प्रतिशत रकम सम्झौतामा उल्लेखित सम्पूर्ण क्रियाकलापहरु सम्पन्न भएको आर्थिक तथा प्राविधिक प्रतिवेदनका साथ आवश्यक वील भरपाई प्राप्त भए पश्चात् सोको आधारमा सम्झौता बमोजिमको सीमा ननाघ्ने गरी नेपाल सरकारको नियम बमोजिम लाग्ने करकट्टा गरी बाँकी हुन आउन रकम भुक्तानी गरिनेछ । 

ठ) सम्झौता अवधिः २०७६ चैत्र १ देखि २०७७ भाद्र मसान्त सम्म (५) महिनाको हुनेछ । 

ड) आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरुः

परामर्शदाता फर्म/संघ संस्था वा व्यक्तिले निम्न कागजातका साथ आवेदन पेश गर्नुपर्नेछ ।  

  • इच्छा जाहेर गरिएको आधिकारीक पत्र 
  • समयसीमा सहितको विस्तृत कार्ययोजना÷कार्यान्वयन प्रकृया, उदेश्य ।
  • आर्थिक प्रस्ताव (प्रस्तावित मानव स्रोत तथा अन्य क्रियाकलाप (बजेटको ब्रेक डाउन सहित) 
  • प्राविधिक र आर्थिक प्रस्ताव सीलबन्दी खाम भित्र छुट्टाछुट्टै पेश गर्नुपर्नेछ ।
  • प्रस्तावित जनशक्तिको व्यक्तिगत विवरण बायोडाटा ।
  • फर्म/कम्पनी/संघ संस्था दर्ता प्रमाण पत्रको नविकरण (२०७६को) छायाकपी (२०७७ आषाढ मसान्त सम्म कायम रहे गरी भएको नविकरणको प्रमाण पत्र)
  • पान/भ्याट दर्ता र कर चुक्ता  (आ.व.२०७५/२०७६) को प्रमाण पत्रको छायाकपी ।
  • फर्म/कम्पनी/संघ संस्थाको प्रोफायल (सीप विकास तालिम सञ्चालन गरेको अुनभव र संख्या प्रष्ट खुल्ने गरी) 

ट) मूल्यांकन छनौट बिधि

बाल सेवा समाजले प्राप्त प्रस्तावना मूल्यांकन तथा छनौट गर्नका लागी “प्रस्तावना मूल्यांकन तथा छनौट” समिति गठन गर्नेछ । उक्त समितिले तालिमको सम्पूर्ण बजेट प्रस्तावना तथा सेवा प्रदायकको  योग्याताको आधारमा  मूल्यांकन बिधि बनाई क्अयचष्लन को आधारमा तालिम प्रदायक छनौट गर्नेछ । 

ठ) प्रस्ताव पेश गर्ने विधिः 

तालिम प्रदायकले बुँदा नं. मा उल्लेखित योग्यता खुल्ने कागजात सहित प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्नुपर्नेछ । प्राविधिक प्रस्तावमा ६० अंक भन्दा कम अंक प्राप्त हुन आएमा त्यस्ता सेवा प्रदायकको हकमा आर्थिक प्रस्ताव खोलिने छैन । 

ठेगाना तपशिल

संस्थाको नामः

बाल सेवा समाज, नेर्पा खोटाङ

ईमेल ठेगानाः bssnkhotang@gmail.com 

कार्यालयको ठेगानाः

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १

सम्पर्क नं.०३६–४२०६७८

अथवा

क्रिश्चियन एड नेपाल

मान भवन, ललितपुर 

सम्पर्क नं.०१–५५३९८२४

नोटः सबै डकुमेन्टको हार्ककपी अनिवार्य पेश गर्नुपर्नेछ । 

पुनश्चः मिति २०७६ साल फाल्गुण २८ गते कार्यालय समय भित्र प्रस्ताव पत्र पेश गरिसक्नुहुन अनुरोध गरिन्छ । उल्लिखित मिति भन्दा ढिलो प्राप्त हुन आएका प्रस्ताव छनौट प्रक्रियामा समावेश गरिने छैन । 

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 26 Feb, 2020
Apply Before 11 Mar, 2020
City Bhaktapur