Various Positions

Rural Women Upliftment Association (RWUA)

Details / requirements:

कर्मचारी आवश्यक्ता सम्वन्धि सूचना

प्रकाशित सूचना २०७६/०८/२७

सेभ द चिल्ड्रेन र ग्रामीण नारी उत्थान संघ (RWUA) हरिपुरको साझेदारीमा सर्लाहीमा संचालित समुन्नति कार्यक्रम(Samunnati Program)अन्तर्गत निम्नानुसार कर्मचारीको आवश्यक्ता रहेको हुनाले अनुभवी र मिहिनेती नेपाली नागरिकहरुबाट तल उल्लेखित पदको लागि दरखास्त दिने अन्तिम मिति सम्म २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको व्यक्तिहरुबाट दरखास्त आव्हान गरिन्छ ।

१. पद : फिल्ड अधिकृत – १ जना

  • योग्यता तथा अनुभव
  • स्नातक वा सो सरह/पब्लिक हेल्थलाई ग्राहता । कम्तिमा २ वर्षको अनुभव भएको, आधारभुत कम्प्यूट, स्मार्ट फोन र इन्टरनेट सम्बन्धि राम्रो व्यवहारिक ज्ञान भएको, अंग्रेजी र नेपाली दुवै भाषामा प्रतिवेदन लेख्न तथा बोल्न सक्ने र स्थानीय भाषाको ज्ञान भएको । सर्लाही जिल्लाको सामाजिक, आर्थिक तथा राजनीतिक सवालहरुको बारेमा राम्रो बुझाई भएको । समुदाय परिचालन तथा तालिम संचालन सम्बन्धि व्यक्तिगत अनुभव तथा बुझाई भएको । २५ प्रतिशत कार्यालय तथा ७५ प्रतिशत फिल्ड (फिल्डमै बसेर काम गर्न ुपर्ने ) । मोटर साइकल चालकको लाईसेन्स हुनुपर्ने । अनुभवी स्थानीयलाई ग्राह्यता ।

२. पद : Admin and Logistic Officer( १ जना)

  • योग्यता तथा अनुभव :
  • व्यवस्थापन विषय लिई कम्तिमा स्नातक तह उतिर्ण गरी सो पदमा ३ वर्ष कार्य गरेको  अनुभव, सो भन्दा बढी योग्यता भएकोलाई सम्बन्धीत विषयको दुई वर्षको अनुभव । कम्प्युर सम्बन्धी Word, Excel, Powerpoint, Email)ज्ञान भएको, एकाउण्ट प्याकेजमा हिसाव राख्न सक्ने, इन्टरनेट चलाउन सक्ने, मोटरसाईकल चलाउन जान्ने तथा मोटरसाईकल ड्राईभिङ्गलाईसेन्स भएको । खरिद तथा विक्रि प्रणाली अन्तर्गत व्यवस्थापन गर्नुको साथै वित्तिय नीति नियम सम्बन्धी ज्ञान भएको । चलअचल सम्पत्ति व्यवस्थापनबारे राम्रो बुझाई भएको । संस्थाले मागेको ढाँचामा रिपोर्ट तयार पार्न सक्ने । ५० प्रतिशत कार्यालय तथा ५० प्रतिशत फिल्डमा रहेर काम गर्नु पर्ने । अनुभवी स्थानीयलाई ग्राहता ।

३.पद : जे. टी. ए.(कृषि) — १ (एक)

  • योग्यता तथा अनुभव :
  • शैक्षिक योग्यताः कृषि विषयमा प्रविणता प्रमाणपत्र (I.Sc. Ag. )तह वा सो सरह उत्तीर्ण मान्यता प्राप्त शिक्षण संस्थाबाट तालिम प्राप्त गरी सोहीपदमा कार्य गरेको, कृषिविकास सम्बन्धि कार्य (मौसमी तथा बेमौसमी तरकारी खेती तथा पशुपालन सम्बन्धी अनुभव)मा कम्तिमा २ बर्षको अनुभवभएको ।
  • योजना तर्जुमा, कार्यान्वयन, व्यवस्थापन आदिमा  राम्रोे अनभव, कम्प्युटर सम्बन्धी व्यहारिक ज्ञान भएको, अग्रेजी र नेपालीमा प्रतिवेदन लेख्न सक्ने र अन्य स्थानीय भाषाको ज्ञान भएको ।  
  • स्थानीय स्तरमा नै बसेर कार्य गर्नुपर्ने । मोटरसाईकल चालकअनुमती प्रमाण पत्रबाहकलाई प्राथमिक्ता दिईनेछ ।

४. पद : स्पोन्सरशिप कार्यक्रम सहायक – १ जना

  • योग्यता तथा अनुभव :
  • प्रविणता प्रमाण पत्र वा सो सरह, समुदाय परिचालन, तालीम÷गोष्ठि÷बैठक संचालन तथा सहजीकरण, गाउँ तथा वडास्तरको योजनातर्जुमा र कार्यान्वयन, स्पोन्सरसिप व्यवस्थापन सम्बन्धी क्रियाकलापहरु (photography & data collection, data update, child facilitation, correspondence of children, reporting), प्रतिवेदन लेखन र सुपरिवेक्षणमा कम्तिमा २ वर्षको व्यावहारिक अनुभवभएको, कम्प्यूटर, इन्टरनेट र स्मार्ट फोन सम्बन्धि राम्रो व्यावहारिक ज्ञान भएको, नेपाली र स्थानीय भाषामा प्रतिवेदन लेख्न तथा बोल्न सक्ने । ईश्वरपुर नगरपालिकाका स्थानीयलाई ग्राह्यता दिईनेछ । ८० प्रतिशत फिल्ड तथा २० प्रतिशत कार्यालय ।मोटरसाईकल ÷स्कुटरको ड्राइभिङ्ग लाइसेन्स भई आफ्नो मोटरसाइकल÷स्कुटर भएको ।

५.पदः समुदाय परिचालक – १ जना

  • योग्यता तथा अनुभव :
  • प्रविणता प्रमाण पत्रवा सो सरह, समुदाय परिचालन, सहजीकरण, गाँउतथा वडास्तरको योजनातर्जुमा र कार्यान्वयन, प्रतिवेदन लेख्न र सुपरिवेक्षणमा कम्तिमा २ वर्षको अनुभव भएको, आधारभूत कम्प्यूटर र स्मार्ट फोन सम्बन्धि राम्रो व्यावहारिक ज्ञान भएको, नेपाली र स्थानीय भाषामा प्रतिवेदन लेख्न तथा बोल्न सक्ने र ईश्वरपुर नगरपालिका वडा नं. ५ कै स्थानीयहुनु पर्ने ।
  • समुदाय परिचालन तथा तालिम संचालन सम्बन्धि व्यक्तिगत अनुभव तथा बुझाई भएको
  • १०० प्रतिशत फिल्डमा रहेर काम गर्नुपर्ने । –आवश्यक्ता अनुसार कार्यालयले बोलाएको खण्डमा कार्यालयमा उपस्थित हुनुपर्ने) ।

दरखास्त साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु :

  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र हाल सालै खिचिएको पासपोर्ट साईजको २ प्रतिफोटो ।
  • कम्तीमा २ जना सन्दर्भ ब्यक्तिहरुको (Reference)र सम्पर्क नम्बर सहितको व्यक्तिगतविवरण (Bio-Data)।
  • शैक्षिक योग्यताको प्रमाण पत्र, तालिम तथा कार्य अनुभव पुष्टि हुने प्रमाण पत्रको प्रतिलिपि ।
  • स्पष्ट संग पद खुल्ने गरि निवेदन र सामुदायिक परिचालकको हकमा सम्बन्धीत वडाको कार्यालयबाट स्थानीय भएको सिफारिस ।

नोट : प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गरिनेछ । संस्थाको पदपूर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । महिला, दलित, जनजाति, मधेशी, अपाङ्ग, सिमान्तकृत यूवाहरु तथा स्थानियहरुलाई प्राथमिकता दिईनेछ । कर्मचारीको पारिश्रमिक र अन्य सुविधा संस्थाले तोकेको अनुसार हुनेछ । कर्मचारी भर्ना सम्वन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दवाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतःअमान्यहुनेछ । 

दरखास्त दिने अन्तिम मिति : २०७६/०९/०४गते सांझ ५ वजे सम्म ।

विस्तृत जानकारी तथा आवेदन दिने सम्पर्क ठेगाना :

ग्रामीणनारी उत्थान संघ (RWUA)

केन्द्रियकार्यालय, हरिपुर नगरपालिका –२, सर्लाही

सेभ द चिल्ड्रेन स्पोन्सरशिपकार्यक्रम

फोन : ०४६–४१११०९(कार्यालय समयमामात्र)

वा

इ–मेलःrwua.vacancy@gmail.com

Overview

Category Various
Openings 5
Position Type Contract
Experience Please check vacancy details.
Posted Date 15 Dec, 2019
Apply Before 20 Dec, 2019
City