स्वास्थ्य उपकरणहरु तथा फर्निचर खरिद सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना
Details / requirements:
स्वास्थ्य उपकरणहरु तथा फर्निचर खरिद सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा हुम्लाजिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा स्नोल्याण्ड एकीकृत विकास केन्द्रले सामुदायिक विकास परियोजना अन्तर्गत स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
यसै सन्र्दभमा सामुदायिक विकास परियोजनाको लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु तथा फनिर्च रखरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्तअनुसार इजाजत प्राप्त ईच्छुक स्थानीय/राष्ट्रिय कम्पनी, फर्म र आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
दर्ता गर्ने प्रक्रिया:
उपरोक्त बमोजिमको सिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अर्थात् २०७७ असार २६ गते तद्नुसार १० जुलाई २०२० साँझ ५:०० बजे भित्र स्नोल्याण्ड एकिकृत विकास केन्द्र,सिमिकोट गाउँपालिका, वडा नं. ५, हुम्ला, ईमेल: sidc.humla@gmail.com वा गुड नेवर्स इन्टरनेशनल नेपाल, पोष्ट बक्स नं. ८९७५, ई.पि.सि, १६०५ (०१—५५३८७५८) मा सिधै वा हुलाक/कुरियर मार्फत बुझाउन सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, TOR संस्थाको ईमेलः sidc.humla@gmail.com वा वेभसाइट: http://gninepal.org/work-with-us/notice/ बाट प्राप्त गर्न सकिनेछ ।
सिलबन्दी दरभाउ पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सम्बन्धित संस्थामा निहित रहनेछ ।
Overview
Category | Expression of Interests, Tender Notice, Bid |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 01 Jul, 2020 |
Apply Before | 10 Jul, 2020 |
City | Mid-Western Region |