दरभाउ पत्र सम्बन्धि सुचना

APEIRON

APEIRON invites applications from the interested and eligible candidates, who are reliable, accountable, have the ability to deliver results with the highest level of integrity and who value diversity.

Details / requirements:

दरभाउ पत्र  सम्बन्धि शर्तहरुः

१.  दरभाउ पत्र साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः

  • करचुक्ता प्रमाणपत्र ९२०७६ /०७७० को प्रतिलिपि
  • भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • घरेलु र वाण्ज्यि दर्ता प्रमाणपत्रको प्रतिलिपि

२.  ढुवानी र आपुर्तिका शर्तहरु

  • सम्पूर्ण सामाग्रीहरु खरीद आदेश पाएको मितिले ७ दिन  (यथासक्य चाडो) भित्र अनिवार्य रुपमा सम्पूर्ण सामाग्रीहरु APEIRON  (Ucchamarga 4, tudaldevi Mandir Baluwatar Nepal)  सम्म सप्लाई र ढुवानी गर्नुपर्ने छ । उक्त सामाग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पुर्ण लोडरअनलोड तथा अन्य खर्च सप्लाएर स्वयंम्ले नै व्यहोर्नु पर्ने छ ।
  • सामाग्रीहरुको विवरण यसै साथ संलग्न गरिएको छ।
  • दरभाउ पत्र पठाउदा दिइएको पिडिएफ (.PDF)  फाइललाई पासवर्डले लक गरी वा पासवर्ड नभई खोल्न नमिल्ने गरी पठाउनु पर्ने छ, अन्यथा मान्य हुने छैन । 
  • पिडिएफ(.PDF) भन्दा फरक एप्लिकेशन (Application)  प्रयोग गरी पेश भएको दरभाउ पत्र मान्य हुने छैन ।
  • म्याद नाघि प्राप्त भएका वा रित नपुगेका दरभाउपत्रहरु मान्य हुनेछैन ।
  • तोकिएको समय भन्दा पछाडी पेश भएका दरभाउ पत्र र पासवर्ड मान्य हुने छैन र दरभाउपत्र रद्द हुनेछ।
  • सामाग्रीहरुको  दरभाउ उल्लेख गर्दा  अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएको लाई मान्यता दिइने छ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुनेछैन र दरभाउपत्र रद्द गरिने छ ।
  • दरभाउपत्रमा उल्लेख गरिएका सम्पुर्ण सामाग्रीहरुको दररेट पेश गर्नु पर्ने छ । यदी कुनै सामाग्रीको दररेट उल्लेख नगरेमा त्यस्ता दरभाउपत्र रद्द गरिने छ ।
  • यदि संस्थालाई थप सामाग्री आवश्यक भएमा ३० दिनभित्र थपअर्डर गर्न सक्ने छ ।थपअर्डर गर्दा सप्लायरले सोही दररेटमा उपलव्ध गराउनु पर्ने छ ।
  • सामाग्री उपलब्ध गराउदा दिईएको स्पेसिफिकेशन अनुसारको गुणस्तर नभएमा  सामाग्री बुझ्न APEIRON वाध्य हुने छैन र स्पेसिफिकशन अनुसारको सामाग्री पुनस् उपलब्ध गराउनु पर्नेछ ।

३. भुक्तानीः

  • संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रीहरु उल्लेखित शर्तहरु पालना गरी पूर्ण रुपमा प्राप्त भइ सके पछि मात्रै भुक्तानी गरिने छ ।

४.  दरभाउपत्र पठाउने  अन्तिम मिति र ठेगानाः

  • दरभाउ पत्र पठाउनु पर्ने इमेल ठेगानाः  apeironrecruitmentwing@gmail.com
  • दरभाउपत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०७८ अषाढ १४ गते  दिउसो ५ वजे भित्र

५.  माग गरीएका सामाग्रीहरु अन्यन्त जरुरी भएकाले दरभाउ पत्रमा उल्लेख गरिएका सामाग्रीहरुको ढुवनी गर्ने समयलाई मध्येनजर गरी पूर्ण वा आंशिक रुपले खरीद आदेश दिने अधिकार यस कार्यालयलाई निहित हुनेछ। 

६.  दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार  निहित रहनेछ। 

७.  यस बाहेक थप जानकारी आवश्यक परेमा  फोन नं । ९८४१७६८६३२ मा  कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।

उपलव्ध गराउनु पर्ने सामाग्री हरुको विवरण डाउनलोड गर्नको निमित्त तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस।

https://drive.google.com/file/d/1nsqCL_m3JCss30vgIGSDrFAvRZb_K2T-/view?usp=sharing

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 21 Jun, 2021
Apply Before 28 Jun, 2021
City Kathmandu