हाउस मदर

Asha Nepal

Asha Nepal is a Non-Governmental Organization (NGO) working with women and children whose lives have been disrupted by the horrific act of gender based violence with focus on trafficking, domestic violence, rape and sexual abuse, HIV/AIDS, and child labor/domestic slavery. Through prevention, rescue, education, rehabilitation, and healthcare, Asha Nepal works to improve the lives of women and children. The purpose of Asha Nepal is to assist the survivors of violence, women, children and families to rebuild their lives socially, emotionally and economically enabling them to enjoy lives of safety, independence and dignity as valued members of their community and society. Asha Nepal is working to raise the social, economical and educational status of these women and children to help them break free from the vicious cycle of abuse and violence.

Details / requirements:

संस्थागत पृष्ठभूमि

आशा नेपाल एक गैर–सरकारी संस्था (एनजीओ) हो जुन बेचबिखन, घरेलु हिंसा, बलात्कार र यौन दुर्व्यवहार, एचआईभी/एड्स, र बाल श्रममा केन्द्रित गरी लैङ्गिक हिंसाको भयानक कार्यले प्रभावित भएका महिला र बालबालिकासँग काम गर्दछ। शिक्षा, पुनर्स्थापन र स्वास्थ्य सेवा मार्फत आशा नेपालले  महिला र बालबालिकाको जीवनस्तरमा सुधार ल्याउने काम गर्छ। आशा नेपालको उद्देश्य हिंसा पीडित, महिला, बालबालिका र परिवारहरूलाई आफ्नो समुदाय र समाजको मूल्यवान सदस्यको रूपमा सुरक्षा, स्वतन्त्रता र मर्यादाको जीवनको आनन्द उठाउन सामाजिक, भावनात्मक र आर्थिक रूपमा आफ्नो जीवन पुनर्निर्माण गर्न मद्दत गर्नु हो।

आशा नेपालले यी महिला र बालबालिकालाई दुर्व्यवहार र हिंसाको दुष्चक्रबाट मुक्त गर्न मद्दत गर्नको लागि उनीहरूको सामाजिक, आर्थिक र शैक्षिक स्तर माथि उठाउन काम गरिरहेको छ।

विस्तृत कार्य विवरण/आवश्यकताहरूः

पदः हाउस मदर

कार्य स्थानः धापासी, टोखा, काठमाडौं

आवश्यक पद संख्याः

*आवेदक प्रति हप्ता ६ दिनको लागि परिवार आधारित हेरचाह गृहमा बस्नेछ। खाना तथा आवास सहयोग संस्थाले प्रदान गर्नेछ ।

आवश्यकताहरु

  • नेपाली नागरिक हुनुपर्ने
  • कुनै भेदभाव बिना विभिन्न पृष्ठभूमिका बालबालिकाहरूसँग काम गर्न इच्छुक
  • आशा नेपालले माथि उल्लेख गरेको लक्षित वर्गसँग २–३ वर्ष काम गर्ने अनुभव भएको
  • न्यूनतम ३० वर्ष पूरा भएको महिला 
  • शारीरिक र मानसिक रूपमा स्वस्थ
  • नेपाली र संख्या पढ्न र लेख्न सक्ने 

कामको विवरण

  • बालबालिकाहरुलाई सफा, स्वस्थ राख्ने तथा कपाल कोरिएको तथा मौसम अनुकुलका लुगा लगाएको सुनिश्चित गने
  • खाना तथा बस्ने व्यवस्था सफा तथा स्वस्थ ढंगले व्यवस्थित गन
  • घर खर्चको सरल लेखा व्यवस्थापन गर्ने
  • दैनिक आधारमा सम्पूर्ण घर निरीक्षण गर्ने
  • घरेलु वातावरण उपलब्ध गराउने
  • उपलब्ध स्रोत र साधनको प्रयोग गर्दै संस्थाको हेरचाहमा बालबालिकाहरूलाई सधैं उच्च स्तरको सेवा प्रदान गर्ने 
  • सामाजिक कार्यकर्ताहरूसँग समन्वय गरी बालबालिकाको विद्यालयसँग सम्बन्धित सबै गतिविधिहरू व्यवस्थित गर्ने, बालबालिकाको सम्बन्धित विद्यालयमा अभिभावक बैठकहरूमा भाग लिने तथा सामाजिक कार्यकर्तालाई रिपोर्ट गर्ने
  • बालबालिकाको आवश्यकता अनुसार गतिविधिहरूको योजना बनाउने र सञ्चालन गर्ने
  • सामाजिक कार्यकर्ताहरूको सहयोगमा बालबालिकासँग साप्ताहिक बैठकहरू आयोजना गर्ने 
  • बालबालिकाहरूलाई चेकअप र फलोअपको लागि अस्पताल लैजाने 

तलब र सुविधा: आशा नेपालको नियमानुसार

नोटः यो कार्य विवरण पदसँग सम्बन्धित सीप,कर्तव्यहरू र जिम्मेवारीहरूको विस्तृत सूची होइन। कर्मचारीहरूले संस्थाद्वारा निर्देशन गरिएका अन्य कर्तव्यहरू पूरा गर्नुपर्नेछ।

योग्य र इच्छुक व्यक्तिहरूले हालको अद्यावधिक गरिएको CV, दुई रिफरेन्सको (सम्पर्क व्यक्तिका) नाम र ईमेल ठेगाना उल्लेख गरि पत्राचार ठेगाना contactashanepal@gmail.com, finance.ashanepal@gmail.com, मा पठाउन सक्नुहुनेछ। 

कृपया इमेलको विषयवस्तुमा Application: House Mother  उल्लेख गर्नुहोस् 

Overview

Category Development and Project
Openings 1
Position Type Full Time, Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 05 Dec, 2021
Apply Before 31 Dec, 2021
City Kathmandu