Tender of WASH MHM Classroom management_ (002)

Social Awareness Center SAC Nepal

Details / requirements:

मिति: २०७९।०१।२१

विषय: बोलपत्र आह्वान सम्बन्धमा ।

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २६ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसँगको साझेदारीमा कार्य गरिरहेकोछ । हाल प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा डोल्पा जिल्लामा सञ्चालन भएको STEAM Ahead कार्यक्रमको कार्यान्वनका लागि कक्षाकोठा व्यवस्थापन, महिनावारी स्वच्छता व्यवस्थापन र  खानेपानी तथा सरसफाई स्वच्छता व्यवस्थापनको लागि सामग्रीहरु आवश्यक परेकोले उक्त सामग्री से फोक्शूण्डो गा.पा तापरीचा माध्यमिक विद्यालय डोल्पो बूद्ध गा.पा क्रिष्टल माध्यमिक विद्यालय, छमर्काताङसोङ गा.पा तेनजिङ नोर्गे आधारभूत विद्यालय काईके गा.पा अरनिको माभ्यमि विद्यालय, ठूलीभेरी नगरपालिका शुभकामना रह,बालमन्दिर आ.वि, विद्यान्दिर माध्यमिक विद्यालय माझपाल त्रिपरुरासून्दरी नगरपालिका मष्ट आधारभूत विद्यालय, प्रकाश आधारभूत विद्यालय , कस्तूरी आधारभूत विद्यालय न्योति आ.वि आधारभूत विद्यालय, ढुवानी सहित उपलब्ध गराउन सक्ने  फर्मले यही मिति २०७९।०२।०४  गते साँझ ५ बजेसम्म बोलपत्र पेश गर्न आह्वान गरिन्छ । बोलपत्र संस्थाको कार्यालय, परियोजना कार्यालय डोल्पा, Jobsnepal.com र फोक्सूण्डो अनलाईन  बाट प्राप्त गर्न सकिनेछ । यदि बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेको खण्डमा लगतै कार्यालय खुलेको दिनको कार्यालय समयभित्र पेश गर्नुपर्नेछ । बोलपत्र छनौटका आधारहरु मूल्य, सामग्रीको गुणस्तर, सामग्री आपूर्ति गर्ने समय र कार्य गरेको अनुभव आदि रहनेछ ।  थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्न सक्नु हुनेछ। बोलपत्र खोल्ने समय पछि जानकारी गराईनेछ । तर उक्त समयमा बोलपत्र पेश गर्ने फर्मका प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा हुनेछैन ।  म्याद नाघी आएका तोकिएका मापदण्ड पुरा नभएका, रीत पुर्वक नआएका, पहिले कुनै कारणबाट कालो सुचीमा परेका सेवाप्रदायकहरुको मुल्य सुचीलाई अस्वीकृत गरिनेछ ।

अनिवार्य प्राबधान

तपशिला उल्लेखित विवरण पुरा नभएका फर्म छनौट प्रक्रियामा समावेश गरिने छैन । 

बोलपत्र दाताले उल्लेखित कार्यहरू के–कति रकममा गर्न सकिने हो संस्थाले तोकेको मापडण्ड अनुसारको कामको परिमाण विवरण (BOQ) मा दररेट खुलाई तल उल्लेखित रकम बराबर धरौटि बापत डोल्पा जिल्ला दूनैमा रहेको सिटिजनस् बैंक लिमिटेड, डोल्पाको खातामा नगद जम्मा गरिएको सक्कल भौचर पेश गर्नु पर्नेछ । 

  • आव २०७७।०७८ कर चुक्ता ।
  • भ्याट नंम्बर ।
  • सम्बन्धित निकायमा दर्ता प्रमाण पत्र र नबिकरण ।
  • बोलपत्र शिलबन्दी हुनुपर्नेछ । 
  • अनलाईन मार्फत कोटेशन पेश गरेको भए बोलपत्रमा पासवड राखि पठाउनु पर्नेछ । 
  • कालो सूचिमा परे नपरेको स्वघोषण पत्र ।

प्राथमिकता

१.कम मुल्यमा तोकेको गुणस्तर वा सो भन्दामाथिको गुणस्तर सामग्री तोकेको समयमा उपलब्ध गराउन सक्ने ।

विविध

१. कुनैपनि फर्मको मूल्य सूचिलाई पूर्ण वा आंशिक रुपमा स्वीकृत वा अस्वीकृत  गर्ने अधिकार संस्थामा निहित रहनेछ ।

२.बोलपत्र खोल्ने मिति र समय फोन वा इमेल मार्फत जानकारी गराईनेछ । उक्त समयमा सेवा प्रदायक फर्मबाट उपस्थित नभएमा कोटेशन खोल्न कुनै बाधा हुने छैन ।   

३. भौतिक रुपमा उपस्थित र अनलाईन मार्फत पेश गरिएको बोलपत्र, बोलपत्र खोल्दाको समयमा इमेलमार्फत पासवड माग गरिनेछ र सोको पासवड इमेलमार्फत उपलब्ध गराउनुपर्नेछ र्।  

४. बोलपत्रको प्रत्येक पानामा अनिवार्य छाप र हस्ताक्षर हुनुपर्नेछ ।

weHN2XJttS08QAAAABJRU5ErkJggg==

Email address: sacnepalskt@gmail.com

Quotations को लागि तल उल्लेखित लिन्कहरूमा क्लिक गर्नुहोस्:

STEAM- CRM

Quotation STEAM-MHM WASH

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 04 May, 2022
Apply Before 16 May, 2022
City Surkhet