सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको संयुक्त खरिद समिति, छेडागाड नगरपालिका, जाजरकोट (घिमिने रिप्का पानिगैरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति;छेडागाड–२, टोलि खानेपानी तथा सरसफाइ उपभोक्ता समिति; छेडागाड–२,  नल्फु खानेपानी तथा सरसफाइ उपभोक्ता समिति; छेडागाड–१०, राँगा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, छेडागाड–१० मनाघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति; छेडागाड–१२)

मितिः २०७९ मङ्सिर १५ गते तद अनुसार सन् २०२२ डिसेम्बर ०१ (प्रथम पटक सूचना प्रकाशित)

छेडागाड नगरपालिका, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल र स्थानिय समुदायको सहलगानीमा संचालित तपशिलमा उल्लेखित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी/बहुउपयोगी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु:

प्याकेज १: 

समुह क: एच.डि.पि.पाइप,  जि.आई.पाइप, रड, ग्याविन तार, काडेतार, जि.आई. फिटिङ्ग, ब्रास भल्व र औजारहरु   

समुह ख: सिमेण्ट

प्याकेज २ः 

फलामे (फेव्रिकेटेड) निर्माण सामाग्री 

खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उपलव्ध गराइएको स्पेसिफिकेशन वमोजिमको तौल र गुणस्तरका सामानहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरुः 

१.  यो सूचना प्रकाशित भएको मितिले १२ दिन (२०७९ मङ्सिर १५ गते देखि २०७९ मङ्सिर २६ गते) दिनको ५ बजे भित्र  पहाडी क्षेत्र विकास अभियान (HRDC) को फिल्ड कार्यालय, छेडगाड –५, थलह, जाजरकोट,पहाडी क्षेत्र विकास अभियान (HRDC) को जिल्ला  कार्यालय, भेरी –४ , खलंगा जाजरकोट र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपाल कार्यालय विरेन्द्रनगर, सुर्खेतबाट सिलबन्दी दरभाउपत्र लिन सकिनेछ । साथै हेल्भेटस नेपालको www.helvetas.org/en/nepal/who-we-are/follow-us/public-announcements बाट सिलबन्दी दरभाउपत्र download पनि गर्न सकिनेछ ।

२. दरभाउपत्रहरु रितपूर्वक भरी सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ मङ्सिर २९ गते तद अनुसार सन् २०२२ डिसेम्बर १५) दिनको १२ बजे भित्र  पहाडी क्षेत्र विकास अभियान (HRDC) को फिल्ड कार्यालय, छेडागाड –५, थलह, र पहाडी क्षेत्र विकास अभियान (HRDC) को जिल्ला  कार्यालय, भेरी –४, जाजरकोट मा दर्ता गराउनु पर्नेछ । दरभाउपत्र सिलबन्दी गरी संयुक्त खरिद समिति, छेडागाड नगरपालिका नाम, ठेगाना र “ निर्माण सामाग्री सप्लाई सिलवन्दी दरभाउपत्र भन्ने व्यहोरा लेख्नु पर्नेछ । 

३.  सिलबन्दी दरभाउपत्र पेश गर्दा आपूर्तिकर्ताको आधिकारिक प्रतिनिधि आफै उपस्थित भई वा हुलाक वा कुरियर मार्फत समेत पेश गर्न सकिनेछ । हुलाक वा कुरियर मार्फत पठाइएको सिलबन्दी दरभाउपत्र सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ मङ्सिर २९ गते तद अनुसार सन् २०२२ डिसेम्बर १५) दिनको १२ बजे भित्र प्राप्त भैसक्नुपर्नेछ । 

४.  म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।

५.  दरभाउपत्र खरिद गर्ने, दर्ता गर्ने तथा खोल्ने अन्तिम दिनमा सार्वजनिक विदा पर्न गएमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन दर्ता गरिने वा खोलिनेछ ।

६.  दर्ता भएका दरभाउपत्रहरु २०७९ पौष ०१ गते शुक्रबार तद अनुसार सन् २०२२ डिसेम्बर १६ दिनको ११ः०० बजे पहाडी क्षेत्र विकास  अभियान (HRDC) को फिल्ड कार्यालय, छेडागाड –५, थलह, जाजरकोट मा दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । 

७.  आपुर्तिकर्ताले तोकिएको स्थान सम्म सामाग्री ढुवानी गरी चेकजांच भएपछि मात्र उपभोक्ता समितिले भुक्तानी गर्नेछ ।  

८.  दरभाउपत्र सम्बन्धी कुनै कुरा बुभ्mन परेमा ९७४५२२९८५०, ९८४५९७२२६८ र ०८३ ५२१०९२/५२१०९३ मा सम्पर्क राख्न सकिनेछ।

९.  यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ । 

१०. दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ प्याकेज १ को लागि रु.२,५०,०००( अक्षरेपी दुई लाख पचास हजार मात्र) र  प्याकेज २ को लागि रु.५०,००० (अक्षरेपी पचास हजार मात्र) दरभाउपत्र खोलिने मिति देखि गणना हुनेगरी ४५ दिन मान्य रहने गरी नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट मनाघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खाता  नाम मनाघाट खानेपानी तथा सरसफाइ योजना (MANAGHAT KHANEPANI TATHA SARSAPHAI YOJANA) मा जारी गरेको तथा शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ ।

११. दर्ता भएका दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार संयुक्त खरिद समिति, छेडागाड नगरपालिका,जाजरकोटमा सुरक्षित रहनेछ ।

सम्पर्क ठेगानाः भेरी नगरपालिका ४, जाजरकोट, टेलिफोन नः ०८९४३००८९

Email Adress: hrdcjajarkot@gmail.com, Website: hrdcjajarkot.org

Overview

Category Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 01 Dec, 2022
Apply Before 15 Dec, 2022
City Jajarkot