शिक्षातथा संरक्षण अधिकृत / समुदायिक सहजकर्ता
Details / requirements:
दलित समाजउत्थान समिति नेपाल, महोत्तरी
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति: २०७९ माघ १५ गते आइतबार
दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २२ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाका विभिन्न निकायहरुसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगाएत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ताकार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दलित समाज उत्थान समिति नेपालद्धारा भंगहा नगपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत शिक्षा र बाल संरक्षण तथा पैरवि क्षेत्रमा कार्य गर्नको लागि देहाय बमोजिमका योग्यता तथा अनुभव भएको व्यक्तिबाट रिक्तपूर्वक दरखास्त आह्वान गरिन्छ ।
पद | आवश्यक संख्या | योग्यता |
शिक्षातथा संरक्षण अधिकृत (Officer- Education & Protection) | १ (एक) जना भंगहा नगरपालिका, महोतरी | न्युनतम योग्यता १. शिक्षा संकायमावा स क्षेत्रमा स्नातक तहवासो सरह उत्तिर्ण गरेका (स्नाकोतरलाई विशेष ग्राह्यता दिईने) २. सम्बधित क्षेत्रमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको तथा शिक्षा, बाल संरक्षण र समावेसी शिक्षा क्षेत्रमाकाम गरेको तथा जिल्लामा चलनचल्तिको स्थानीय भाषाजानेकोलाई प्राथमिकता दिईनेछ । अन्य योग्यता १. सम्बन्धित सरोकारवाला हरुसँग राम्रो समन्वय गर्न सक्ने, २. MS Word, Excel, Power point, Reporting मा काम गर्न दक्षता भएको ३. नेपाली तथा अंग्रेजी भाषामा राम्रो टाइपिङ्ग Speed भएको, प्रगति प्रतिवेदन गर्न सक्ने साथै इमेल, इन्टरनेट चलाउन सक्ने । ४. दुईपाग्रे सवारी चालक अनुमति पत्रभएको । |
समुदायिक सहजकर्ता (Community Facilitator) | केहि भंगहा नगरपालिका, महोतरी | न्युनतम योग्यता १. प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण गरेका (स्नातकलाई विशेष ग्राह्यता दिईने) २. सम्बधित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव भएको तथा जिल्लामा चलनचल्ति को स्थानीय भाषा जानेकोलाई प्राथमिकता दिईनेछ । अन्य योग्यता १. सम्बन्धित सरोकारवाला हरुसँग राम्रो समन्वय गर्न सक्ने २. MS Word, Excelमा कामगर्न दक्षता भएको, नेपाली तथा अंग्रेजी भाषामा राम्रो टाइपिङ्ग Speed भएको, प्रगति प्रतिवेदनगर्न सक्ने साथै इमेल, इन्टरनेट चलाउन सक्ने । ३. दुईपाग्रे सवारी चालक अनुमतिपत्र भएको । |
आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु | माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिक हरुले १.निवेदन, २.व्यक्तिगत विवरण (Bio-Data), ३.नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ४.शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, ५.तालिम तथा कार्य अनुभवपत्रहरूको प्रतिलिपि, ६. १ प्रति पासपोर्ट साइजको फोटो सहित आफुले आवेदनगर्न चाहेको पद प्रष्ट रुपमा खुलाई सम्पूर्ण कागजपत्रहरूमा सक्कलब मोजिम नक्कल ठिक छ भनी स्वःप्रमाणित गरी पेश गर्नु पर्नेछ साथै २ जना सन्दर्भ व्यक्ति (Reference person)हरूको नाम, सम्पर्क नम्वर र इमेल आफ्नो व्यक्तिगत विवरण (Bio-Data)मा उल्लेख गर्नुपर्ने छ । नोट: सबै कागजातका कयात अयउथ संस्थाका e-mail: dswcn.vacuncy@gmail.com मा email गर्नु पर्ने छ । संम्बन्धीत पदको Job Description Links मा गएर हेर्न सकिन्छ ।
|
आवेदन दिने अन्तिम मिति: | सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलिपल्ट |
आवेदन पेश गर्ने स्थान | दलित समाज उत्थान समिति नेपाल, जनकपुरधाम-४, विश्वकर्मा चौक, धनुषा । फोन नं. ९८५४०२९२७७ र ९८६४२७४५०५ |
तोकिएको मितिभित्र पर्न आएको आवेदकहरुको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिनेछ । साथै, पद तथा कामको प्रकृती र गाम्भीर्यतालाई मध्यनजर गर्दै कम्प्युटर (Computer) बिधिबाट समेत परीक्षा लिईनेछ ।
कुनै पनि आवेदन स्वीकार तथा अस्वीकार गर्ने अधिकार दलित समाज उत्थान समिति नेपालमा सुरक्षित रहनेछ ।
दलित समाज उत्थान समिति नेपाल कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्प संख्यक समुदायका उम्मेदवारको समावेशीकरणको लागि सकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।
Overview
Category | Education, Development and Project |
Openings | Few |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 29 Jan, 2023 |
Apply Before | 05 Feb, 2023 |
City | Mahottari |