शिलबन्दी दरभाउ पत्र आह्वान सम्वन्धी सूचना

PeaceWin Nepal

Details / requirements:

पीसविन नेपाल

शिलबन्दी दरभाउ पत्र आह्वान सम्वन्धी सूचना

मितिः २०८२/०७/२७ (१३ नोभेम्बर २०२५)

पीसविन नेपाल महिला नेतृत्वमा आधारित गैर सरकारी र गैर नाफामुलक संस्था हो । वि.सं. २०४७ मा स्थापना भई वि.सं. २०४९ पुस ५ मा बाजुरा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । सक्षम व्यक्ति सुखी परिवार र समृद्ध समाज भन्ने दृष्टिकोणका साथ संस्था मुख्यतः महिला, बालबालिका, सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको प्रवद्र्धनमा काम गर्दै आईरहेको छ । यस संस्थाले छाउपडी, बालबिवाह, कुपोषण, लैँङ्गिक हिंसा र विभेद जस्ता समस्याहरू न्युन्निकरणका लागि समन्वित प्रयास गर्दै आएको छ । BMZ / WHH को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालले डिसेम्बर २०२४ देखि पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता परियोजना (WE-CAN Project-NPL-1093) साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको छ । यो परियोजनाले जलवायु उत्थानशिल र पोषणमुखी कृषिलाई सुदृढ गरी समुदायको जीविकोपार्जन सुधार र पोषण सुरक्षामा सुधार गर्ने मुख्य उद्देश्य राखेको छ ।

पीसविन नेपालले योग्य आपुर्तिकर्ताहरूबाट शिलबन्दी कोटेशन आह्वान गर्दछ, जस अन्तर्गत परियोजना कार्य क्षेत्रका समुहका कृषकहरूलाई बिउ तथा कृषि सामाग्रीहरू सहयोग गर्नुपर्नेछ । यस खरिदको मुख्य उद्देश्य साना कृषकहरूको अनुकलन क्षमता सुदृढ गर्दै जलवायु मैत्री कृषि प्रवद्र्धनका लागि आवश्यक बिउ तथा इनपुट उपलब्ध गराउनु हो । यस मार्फत गुणस्तरीय बिउ तथा कृषि सामाग्रीहरूको पहुँच बृद्धि गरी दिगो र वातावरण मैत्री उत्पादन प्रणाली सुनिश्चित गर्ने, स्थानीय स्रोत व्यक्तिहरूलाई व्यवहारिक सशक्त बनाई कृषक समुहहरूलाई प्राविधिक सहयोग प्रदान गर्न सक्षम बनाउने, घरपरिवारको खाद्य सुरक्षामा सुधार र आम्दानी बृद्धि गर्ने तथा महिला सहितका सीमान्तकृत र असुरक्षित समुदायहरूमा लक्षित सहयोग मार्फत कृषि पहुँच र अवसरमा असमानता घटाउने लक्ष्य राखिएको छ । सबै कोटेशनहरू २०८२।०८।०३ गते तदअनुसार २०२५ नोभेम्बर १९ भन्दा अघि संस्थाले तोकिएको ठेगानामा पठाउनु पर्नेछ । साथै सामाग्री सहितका कोटेशन फाराम र अन्य आवश्यक कागजातहरू पीसविन नेपालको केन्द्रीय कार्यालय मार्तडी बाजुरा वा जिल्ला परियोजना सहयोग कार्यालय साँफेबगर अछाममा पेश गर्न सकिने छ । पीसविन नेपालले प्राप्त सबै कोटेशनहरू स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्दछ । यदि कोटेशन पेश गर्ने अन्तिम दिन बिदा परेमा अर्को दिन पेश गर्न सकिने छ ।   

पेश गर्नुपर्ने आवश्यक कागजातहरू                                           

१.फर्म दर्ता प्रमाण–पत्र प्रतिलिपि           

२.आपूर्तिकर्ताको पान दर्ता/ भ्याट दर्ता प्रतिलिपि

३ फर्म नविकरण र कर चुक्ता प्रमाण–पत्र प्रतिलिपि

४.संचालकको नागरिकताको प्रमाण–पत्र प्रतिलिपि

५.अन्तिम आ.व.को लेखापरिक्षण प्रतिवेदनको प्रतिलिपि

६.अन्य सम्पुर्ण कागजातहरू (यदि छन भने)

कोटेशनको लिड्ढ यसैमा संलग्न गरिएको छ । 

नोट: आपुर्तिकर्ताहरूले आवश्यक सामान वा सामाग्रीहरू आफ्नै भाडामा परियोजनाको कार्यक्षेत्रहरू साँफेबगर नगरपालिका वडा नं. २, ३, ९, १०, ११, १२, र १४ तथा चौरपाटी गाउँपालिका वडा नं. ४, ५, ६ र ७ मा पुर्याउनु पर्नेछ । सामाग्रीहरू ढुवानीको क्रममा कुनै पनि क्षति वा नोक्शानी भएमा त्यसको सम्पुर्ण जिम्मेवारी आपुर्तिकर्ताको हुनेछ, पीसविन नेपाल त्यसका लागि जिम्मेवार रहने छैन । कोटेशनमा उल्लेखित सामाग्रीहरूको परिमाण वा संख्यामा थपघट हुन सक्नेछ साथै शिलबन्दी बाहेकको कोटेशन प्राप्त भएमा समावेश गरिने छैन ।

थप जानकारीका लागि ०९७–५४१११३ वा ०९७–५९०४८० मा सम्पर्क गर्न सकिनेछ ।