स्वास्थ्य प्रवर्धक (Health Promoter)

Green Tara Nepal(GTN)

Green Tara Nepal, a non-political, non-profit making non-governmental organization, established in 2007, has been working in the field of maternal and child health. It works in research, publications, advocacy, training and social mobilization in a holistic community development approach. Green Tara Nepal aims to bridge the gap between rural and urban, rich and poor and men and women in accessing services and improving healthy behaviors through community development and health promotion approach.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि विज्ञापन

ग्रिन तारा नेपाल गैर नाफामूलक, गैह्र राजनितीक तथा गैर सरकारी संस्था हो । विगत १५ वर्षदेखि यस संस्थाले स्वास्थ्य प्रवर्धन पद्धतीद्धारा महिलाहरुको प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, महिला शशक्तिकरण शिक्षा तथा समग्र विकासकोलागि काम गर्दै आई रहेको छ ।

स्थानीय श्रोत साधनको परिचालन, प्रजनन उमेरका महिलाहरुको शशक्तिकरण तथा स्वास्थ्य संस्थाहरुसित समन्वय गरि प्रजनन स्वास्थ्यमा समतापूर्ण रुपमा सेवा र मागको वृद्धि गरी हरेक व्यक्ति तथा समुदायको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि धारणा तथा सामाजिक मुल्य मान्यता तथा व्यवहारमा सुधार गर्ने उद्धेश्यले ग्रिन तारा नेपालले करुणा जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा तीन वर्षे परियोजना सञ्चालनको लागि तपसिल बमोजिमको स्थानीय कर्मचारी आवश्यक रहेको हुँदा योग्यता पुगेका इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरिन्छ । 

विज्ञापन नं. छ (६) - २०७८/७९

पद: स्वास्थ्य प्रवर्धक (Health Promoter)

शैक्षिक योग्यता: स्टाफ नर्स / अ.न.मी / सि.एम.ए. उर्तिण- महिला मात्र

आवश्यक संख्या: ३ (तीन) 

कार्यक्षेत्र: खप्तड छेडेदह गाउँपालिका (बाजुरा जिल्ला, सुदूरपश्चिम प्रदेश) भित्र खटाईएको वडा वा कार्य क्षेत्रमा काम गर्नुपर्नेछ । सम्पादन गर्नुपर्ने कार्य क्षेत्र र कामको बोझको आधारमा विभाजन गरिनेछ ।

आवश्यक अनुभव/योग्यताः

  • उमेर १८ वर्ष पुरा भइ ४५ वर्ष ननाघेको । 
  • दलित, जनजाति, आदीवासी, विवाहित र स्थानीय तथा स्थानीय भाषा बोल्न जान्नेलाई ग्राह्यता ।
  • सम्बन्धित क्षेत्रमा काम गरेको स्थानीय अनुभवीलाई प्राथमिकता ।

कार्य विवरण:

  • लक्षित वडाका स्वास्थ्य संस्था तथा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिसित समन्वय गरि प्रजनन स्वास्थ्य प्रवर्धनकोलागि कार्य गर्ने । 
  • लक्षित वडाहरुमा स्वास्थ्य आमा समूहको गठन/पुनर्गठन तथा परिचालन, किशोरी समूह, महिला स्वास्थ्य स्वयं सेविकाहरुको बैठक तथा भेलागरि महिनावारी स्वेच्छता, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि कृयाकलापहरु सञ्चालन गर्ने । 
  • स्वास्थ्य संस्था तथा स्वास्थ्य आमा समूहसित समन्वगरि विशेष दिवस तथा यौन/प्रजनन र महिनावारी अधिकारकोलागि कार्य गर्ने । 
  • धामी/झाक्री, पुरोहित, सासु, पुरुष समूह तथा परिवारका निर्णयकर्ताहरुसित समन्वय तथा सहकार्य गर्ने । 
  • नियमित रेकर्डिङ्ग तथा रिपोर्टिङ्ग गर्ने । 

नियुक्तीको प्रकारः करार (परियोजना अवधिकोलागि)

करार अवधि: करार अवधि रहने ३१ डिसेम्बर २०२२ सम्मको हुनेछ । कार्य सम्पादन मूल्यांकनको आधारमा करार अवधि थप हुन सक्नेछ। 

तलब तथा सुविधा: संस्थाको नियम अनुसार ।

दरखास्त दिने अन्तिम मिती:  २०७८/१०/२९ गतेसम्म

पेश गर्नुपर्ने कागज पत्र विवरणः

  • व्यहोरा खुलेको निवेदन । 
  • Curriculum Vitae (सम्पर्क फोन नं. तथा ई-मेल खुलाइएको हुनुपर्नेछ) । यदि सम्बन्धित व्यक्तिको सम्पर्क फोन नं. वा ई-मेल ठेगाना नभई सम्पर्क हुन नसकी छनौट प्रकृयामा भाग लिन नसकेमा पुर्नविचार गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
  • सम्बन्धित कोर्ष उर्तीण गरेको प्रमाण पत्र । 
  • नेपाली नागरिकताको प्रमाण पत्र ।

निवेदन दिने तरीकाः

  • उल्लेखित योग्यता पुगेका उम्मेदवारहरुले निवेदन (पद तथा ईच्छाईएको वडा खुलाई) माथि उल्लेखित कागजात Scan गरि hrgreentara2007@gmail.com मा २०७८/१०/२९ भित्र आईपुग्ने गरि ई-मेल गर्नुहोला ।
  • छनौट गर्ने सर्वाधिकार ग्रिन तारा नेपालमा निहित हुनेछ । योग्यता पुगेका निवेदकलाई मात्र छनौट प्रकृयामा सामेल गराईनेछ ।
  • छनौट भएका उमेदवारले स्थायी लेखा नम्बर, कार्य अनुभव र तालिमको प्रमाण पत्र पेश गर्नुपर्नेछ ।
  • पेश गर्नुपर्ने कागज पत्र विवरण:

व्यहोरा खुलेको निवेदन ।

  • Curriculum Vitae (सम्पर्क फोन नं. तथा ई-मेल खुलाइएको हुनुपर्ने)
  • सम्बन्धित कोर्ष उर्तीण गरेको प्रमाण पत्रको Scan कपि ।
  • नेपाली नागरिकताको प्रमाण पत्रको Scan कपि ।
  • छनौट परिक्षाको किसिम: संस्थाको छनौट समितिले निर्धारण गरे बमोजिम (आधुनिक सूचना प्रविधिको प्रयोग गरि लिखित तथा मौखिक) ।

सम्पर्क मिति: फोनबाट जानकारी गराईनेछ ।

Overview

Category Public Health, Medical / Nursing
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education ANM, I.N. (Intermediate in Nursing) / Staff Nursing
Posted Date 26 Jan, 2022
Apply Before 12 Feb, 2022
City Sudurpashchim Province