सेवा र समान आपूर्तिकर्ताहरुको लागि सूचीदर्ता सम्बन्धी सूचना

SOLVE Nepal

Details / requirements:

सल्भ – नेपाल

सुविधानगर, तिनकुने काठमाण्डौ,फोन:  ०१ ५१०४३६०

इमेलः info@solvenepal.org.np

Website: www.solvenepal.org.np

सेवा र समान आपूर्तिकर्ताहरुको लागि

सूचीदर्ता सम्बन्धी सूचना

सुचना प्रकाशितमितिः २०७७ साल माघ ४ गते

विकासकालागि स्थानीय स्वयंसेवकहरुको प्रयास (सल्भ नेपाल) (SOLVE-Nepal) जिल्ला प्रशासन कार्यालय धनकुटामा २०४६ सालमा दर्ता नं. ६ र०४६ समाज कल्याण परिषद नं. ९५३ र ०४९ मा दर्ता भई नेपालका सवै प्रदेशमा आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेको एक गैर सरकारी संस्थाहो । यस संस्थाले नेपालका विभिन्न सरकारी निकाय तथा गैर सहकारी संघ संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरु सँगको सहकार्य र समन्वयमा जिविकोपार्जन सुधार, विपद् व्यवस्थापन तथा प्रतिकार्य, सहकारीता विकास प्रवद्र्धन, सुशासन प्रवद्र्धन, जलवायु परिवर्तन अनुकुलन, विभिन्न विषयमा सचेतनाअभिवृद्धि, उद्यमशिलता विकास जस्ता क्षेत्रमा परियोजनाहरु सञ्चालनगर्दै आइरहेको छ । यस संस्थाले जनवरी देखि डिसेम्बर २०२१ सम्मको निम्ति तल उल्लेखित वस्तु तथा सेवा आवश्यकता अनुसार एकै पटक वा पटकपटक गरी खरिद गर्नुपर्ने भएको ले योग्य सम्भावित आपुर्तिकर्ता व्यक्ति, इजाजतप्राप्त संस्था वा फर्महरु पूर्व योग्यता प्रकृयामा (supplier pre-qualification process)   सहभागि हुन इच्छुकले यस कार्यलयमा सूचिदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०७७ माघ १८ गते भित्र कार्यालय समयमा पेश गर्नुहुन आव्हान गरिन्छ ।सेवा तथा सामाग्री खरिद सम्बन्धिकार्यहरु

१.   कार्यालय मसलन्द, स्टेशनरी सम्बन्धी सामग्रीहरु ।

२.   छपाई सम्बन्धीकार्यहरु।

३.   कृषिऔजार, पशु सम्बन्धि, बिउबिजन, मल, किटनासकऔषधी।

४.  सवारी साधनसम्बन्धि कार्यहरु–स्कारपियो, बोलेरो, पिकअप भ्यान, ट्रयाक्सी र ट्राक्टर भाडामा लिने सम्बन्धि कार्य । 

५.   हातधुने केन्द्र स्थापनाको लागि आवश्यक सामग्री तथा विभिन्न प्रकोपको लागि सामग्री जस्तै लाइफसेफ जैकेट,निर्माणसामग्री, सेनीटाइजर, हातधुने साबुन, किट बैग, मास्क इत्यादी आपूर्ति गर्ने कार्यहरु

६.  पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसारण गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा)

७.   एफ.एम. रेडियो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण गर्नेकार्य 

८.   गाडी र मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य

९.   वार्षिक मर्मत सेवा संभार प्रदायक (कम्प्यूटर ,प्रिन्टरप्लमबर ,फोटोकपी मेसिनर बिधुतमर्मत आदिका पार्टपुर्जा जडान एवं। मर्मत कार्य सम्बन्धि)

१०.  फर्निचर तथा फर्निसिङ्ग सम्बन्धी सामानहरु आपूर्ति गर्ने कार्य

११.   तालिम, मिटिङ्ग संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवाप्रदान गर्ने, समुदायमा खाजा र खानाखुवाउने सम्बन्धिकार्य

१२.  खाद्य सामग्रीहरु (चामल,दाल,नुन,खाने तेल, चिनी, चियापत्ती,साबुन तथा अन्य सामग्रीहरु)

१३.   इन्टरनेट  र Website सेवा प्रदायक ।

१४.   लेडिज तथा जेन्स अफिस ब्याग ,छाता,ज्याकेट सम्बन्धि सामानहरु । 

१५.   मेसेनरी सामानहरु आपूर्ति गर्ने कार्य (कम्प्यूटर ,प्रिन्टर,टिभि, ल्यापटप आदि )

१६.   विभिन्न तालिम गोष्ठी सहजीकरण गर्न प्रशिक्षकहरुः सहकारी व्यवस्थापन, नेतृत्व विकास, लेखा व्यवस्थापन, वित्तिय साक्षरता प्रशिक्षण, पल्र्स मापदण्ड प्रशिक्षक प्रशिक्षण,  परियोजना प्रस्ताव लेखन, सफलताका कथा लेखन, लैङ्गिक तथा घरेलु हिंसा, बालअधिकार, सामाजिक परिक्षण, विपद् तथा जलवायु परिवर्तन अनुकुलन तथा अन्य विषयगत तालिम सञ्चालन । 

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१.  फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाणपत्र (Authorized dealer)

२.  स्थायी लेखानम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३.   मु.अ.करमा दर्ता नपर्नेको हकमा सो को आधिकारिक कागजातको प्रतिलिपि

४.   आर्थिक बर्ष ०७६ र ७७ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५.   पछिल्लो दुईबर्ष सम्म विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सूचनामा उल्लेख भएबाहेक थप अरु केही सम्बन्धीत प्रमाणपत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

सूचिदर्ताको फारम  तल दिइएको लिङ्क वाट डाउनलोड गर्नुहोस वा  इमेल मार्फत अनुरोध गरी माग्न सकिनेछ।

https://docs.google.com/uc?export&id=1u2G5gz5xuUKf7knaJtDgfluRoiZAckPY

माथि उल्लेखित सेवा र सामानको आबेदन आशिंक वा पूरा रुपमा स्विकृत गर्ने वानगर्ने अधिकार संस्थामा निहित हुनेछ । सुचिकृत कम्पनी संग मात्र सामान खरिद गर्न संस्था बाध्य हुनेछैन ।

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 17 Jan, 2021
Apply Before 31 Jan, 2021
City Kathmandu