सुरक्षा गार्ड

Women Forum for Women in Nepal

Details / requirements:

महिलाको निम्ति महिला मञ्च नेपाल

आवश्यकता

महिलाको निम्ति महिला मञ्च नेपाल एक गैरसरकारी संस्था हो जसले मनोरञ्जन क्षेत्रमा कामगर्ने महिलाहरुको मानव अधिकार र श्रम अधिकारको लागी काम गर्दछ (दोहोरी, डान्सबार, मसाज, केविन, रेष्टुरेन्ट)। यो संस्था मिति २०६४ मा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुद्धारास्थापित गरिएको मुनाफामुलक संस्था हो । यस संस्थालाई निम्न पदको आवश्यकता भएको हुनाले नेपाली महिला नागरिकबाट निवेदन आव्हान गरिन्छ ।

पदः सुरक्षा गार्ड

संख्याः १ (ऐक)

कार्य क्षेत्र:  मुस्कान केन्द्र, टोखा नगरपालिका–१०

जिम्मेवारीहरु

  • सुरक्षा सम्बन्धी केही समस्या आएमा तुरुन्त आफ्ना सुपरभाइजर वा प्रशासकीय अधिकृत वा सम्बन्धीत कार्यालय कर्मचारीलाई तुरुन्त जानकारी गराउने
  • सुरक्षा सम्बन्धी विधि तथा उपायहरु प्रति जानकार र सर्तक रहने (आपतकालिन टेलिफोन नम्बर, आगो निभाउने साधनको प्रयोग, आदि)
  • फोटोकपी गर्ने, चिट्टीपत्र तथा कागजातहरु सम्बन्धीत ठाउमा पु¥याउने, टेलिफोन उठाउने, अन्य कार्यहरु आवश्यकता अनुसार गर्ने
  • मुस्कान केन्द्रमा आएका र गएका आगन्तुकहरु तथा बालिकाहरु वा कर्मचारीहरुको रजिष्टरमा रेकर्ड राख्ने ।

योग्यता तथा दक्षता

  • कक्षा १० उतिर्ण
  • कम्तीमा २ वर्षको सम्बन्धीत कार्यमा अनुभव भएको
  • कार्यहरु तोकिएको समयमा पुरा गर्न सक्ने क्षमता भएको
  • विभिन्न सुरक्षा सम्बन्धी जानकार र तालिम प्राप्त गरेको

कार्य अवधिः मार्च १, २०२० देखि डिसेम्वर ३१, २०२०

तलव तथा सुविधाः संस्थाको नियमानुसार हुनेछ ।

पेश गर्नुपर्ने कागजातहरुः

निवेदनको साथमा नागरिकताको फोटोकी, व्यातिगत विवरण, शैक्षिक योग्यताको फोटोकपी, अनुभवको प्रमाणपत्रहरु यस कार्यालयको इमेल achaudhary@wofowon.org.np मा वा महिलाको निम्ति महिला मञ्च नेपालको कार्यालय गोंगवुमा फाल्गुन २३ गते भित्र पठाउनुहोला ।

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience 2+ years
Education Secondary
Posted Date 17 Feb, 2020
Apply Before 06 Mar, 2020
City Kathmandu