सामाजिक परिचालक (Social Mobilizer-SM)

Rural Development Tuki Association

Rural Development Tuki Association (RDTA), is a pioneering community based developmental organization established in 1991 in Dolakha. RDTA gained its legal status with registration under Government of Nepal, District Administrative Office, Dolakha in 1991. It is registered in Social Welfare Council and affiliated with NGO Federation of Nepal as well. RDTA is a union of Tukis spread throughout the Dolakha district. Tuki is a community based model leader farmer who is empowered on various social developmental phenomenons and can disseminate what s/he has learned in the community. So, Tukis are agencies for pioneering knowledge dissemination and community development.There are Tukis in almost every village of the district. RDTA aims to uplift the living standard of poor and marginalized peoples. It is determined to give momentum to sustainable community development initiative through good governance, community empowerment, sustainable resource mobilization and institutional development.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७८ श्रावण १० (२५ जुलाई २०२१)

ग्रामीण  विकास  टुकी  संघ  र  सिविन  नेपालबाट  फोरुट-नवको  आर्थिक  तथा प्राविधिक  सहयोगमा  वि.सं. २०६५  (सन २००८)  देखि  नै  दोलखा जिल्लाको  कालिञ्चोक गाउँपालिकाको  वडा  नं. १, २,  ३  र ४ र  विगू  गाउँपालिकाको  वडा नं  ४,  ५,  ६,  ७  र  ८  मा  महिला तथा बालबालिका सशक्तीकरण एवम् जीवनस्तर सुधार परियोजना (ओसेलिप) चरणवद्ध  रुपमा  सञ्चालन  हुँदै  आइरहेको  छ  ।  यस  परियोजनाको  लागि  सामाजिक  परिचालकहरु  पदपूर्ति  गनुपर्ने भएकोले यहाँ उल्लेखित अनुसार  योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।

१. पद: सामाजिक परिचालक (Social Mobilizer-SM)

२. आवश्यक संख्या: ०४ (चार) जना 

३. आवश्यक योग्यता:

  • शैक्षिक योग्यता कम्तीमा मान्यता प्राप्त शिक्षण संस्थाबाट दश जोड दुई (10+2)  उत्तिर्ण गरेको हुनु पर्नेछ ।
  • एकिकृत सामुदायिक विकास अन्तर्गत बाल अधिकार, महिला अधिकार, शिक्षा, स्वास्थ्य, समुदाय परिचालन आदि बिषय क्षेत्रसँग सम्बन्धीत कार्यक्रम/परियोजनामा काम गरेको अनुभवलाई थप योग्यताको रुपमा गणणा गरिनेछ ।

४.  अन्य ग्राह्यता दिइने योग्यता/सीप:

  • कम्प्युटरको वर्ड र एक्सेलमा काम गर्न सक्ने ।
  • तोकिएको कार्य क्षेत्रमै रहेर काम गर्न प्रतिवद्ध व्यक्ति  ।
  • मासिक प्रतिवेदन तयार गर्न सक्ने ।
  • सामाजिक आर्थिक अवस्थाले पछाडी पारिएका वर्गकालाई विशेष ग्राह्यता दिइनेछ ।

५. उमेरः

  • निवेदकको उमेर २१ बर्ष पुरा भएको हुनु  पर्नेछ ।

६. निवेदनसाथ सँलग्न गर्नु पर्ने आवश्यक कागजातहरुः

  • आफैले लेखेको  निवेदन, निवेदनमा आफ्नो सम्पर्क नम्वर उǔलेख गर्नु पर्नेछ ।
  • व्यक्तिगत बिवरण  (CV),
  • शैक्षिक योग्यता तथा कार्य अनुभवको कागजातहरु,
  • नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी,
  • हालसालै खिचिएको  पासपोर्ट साइजको एक प्रति फोटो ।

७.  निवेदन दिने अन्तिम मिति:

  • २०७८/०४/१६ गते ( ३१ जुलाइ २०२१) दिनको ५:०० बजे  भित्र । तोकिएको अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोली पल्ट अन्तिम दिन हुनेछ ।

८.  निवेदन दिने स्थान/ठेगानाः

  • निवेदन ग्रामीण विकास टुकी संघको केन्द्रिय कार्यालय भिमेश्वर न.पा.-३, चरिघ्याङ,
  • टुकी सिविन श्रोत केन्द्र विगु गाउँपालिका वडा नं. ०८, खोपाचागु,
  • निवेदन इमेल ठेगानाः vacancy.rdta@gmail.com मा पनि पठाउन सकिनेछ ।
  • फोन मार्फत निवेदनको विषयमा कुनै पनि सम्वाद स्विकार्य गरिने छैन  ।

९.  निवेदकहरु मध्यबाट लघु सूची (Short List)मा परेका निवेदकहरुलाई मात्र छनौट परिक्षाहरुमा समावेश गराईनेछ ।

१०. छनौट सम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार ग्रामीण विकास टुकी संघ र सिविन, नेपालमा निहित रहनेछ ।

ग्रामीण विकास टुकी संघ तथा सिविन नेपाल

Overview

Category Development and Project
Openings 4
Position Type Full Time
Experience Please check vacancy details.
Education Intermediate (10+2)
Posted Date 25 Jul, 2021
Apply Before 31 Jul, 2021
City Charikot