सहयोगी कर्मचारी (Support Staff) -Female Candidates Only

APEIRON

APEIRON invites applications from the interested and eligible candidates, who are reliable, accountable, have the ability to deliver results with the highest level of integrity and who value diversity.

Details / requirements:

कामको विवरण

कर्तव्य र जिम्मेवारीहरुः

आवास गृहमा सहयोगी कर्मचारीले निभाउनुपर्ने कर्तव्य र जिम्मेवारीहरु निम्नानुसार हुनेछन्:

  • प्रभावितहरुको दैनिकी व्यवस्थापनमा वार्डेनलाई सहयोग गर्ने जस्तै (खाना, सरसफाई, लुगा धुने आदी)
  • आवास गृहको सरसफाईको सुनिश्चितता गर्ने ।
  • आवास गृहको उपकरणहरु, स्टोरहरुको व्यवस्थापन गर्ने ।
  • संकटको परिस्थितिको व्यवस्थापन गर्ने । (जस्तैः प्रभावितहरुको आपसीतनाव, उनीहरुबिचको मनमुटाव तथा झगाडाको व्यवस्थापन )
  • आवास गृहको सुरक्षाको सुनिश्चितता तथा आपतकालिन अवस्थाको व्यवस्थापन गर्ने (जस्तै भूईचालो, आग लागी आदी )
  • आवास गृहमा बसेका प्रभावितहरुका लागी स्थायी उपस्थितिको रुपमा रहनुपर्ने ।
  • आवास गृहको नियमित मर्मत सम्भारको लागी आवश्यक प्रक्रियाहरु गनुपर्ने र खर्चिलो मर्मतको आवश्यकता भएमा सुपरभाईजरलाई सूचित गर्नुपर्ने ।
  • आवास गृहको मर्मत सम्भारको छुटै लगको व्यवस्थापन गर्नुपर्ने । 
  • साप्ताहिक रुपमा आवास गृहको व्यवस्थापनको लागी बैठक बसाल्न समन्वय गर्ने, आवश्यकताहरु पहिचान गर्ने, नितिनियमहरुके बारेमा स्पष्ट गराउने ।
  • आवास गृहमा बस्ने प्रभावितहरु बिचको द्धन्द्ध व्यवस्थापनको लागी सहजीकरण गर्ने ।
  • आवास गृहमाभएका सामाग्रीहरुको उचित परिचालनको लागी प्रभावितहरुलाई सहजीकरण गर्ने ।
  • आन्तरिक स्रोतहरुको विकासमा सहयोग गर्ने ।
  • प्रभावितहरुको नियमित बैठकहरुको लिखित रेकर्डहरु राख्ने ।
  • आवश्यकताअनुसार कर्मचारी तथा सामुदायिक बैठकहरुमा सहभागी हुने ।
  • प्रभावितहरुको दैनिक हाजिरी तथा विभिन्न कार्य तालिकाहरुको व्यवस्थापनगर्ने ।
  • उत्पादन ईकाईलाई सहयोग गर्ने ।
  • सुपरभाईजरले दिएका अन्यकामहरु गर्ने ।

सेवाग्राहीरुहरु संग प्रत्यक्ष काम गर्नेः

  • आवास गृहमा आएका नयाँ प्रभावितहरुको आधारभूत आवश्यकताहरु पुरा गर्ने ।
  • सुपरभाईजरको सहयोगमा आवास गृहको बारेमा प्रभावितलाई सूचना प्रदानगर्ने ।
  • वार्डेनको सहयोगमाप्रभावितहरुको दैनिक तालिका निर्माण गर्ने र त्यसलाई पालना गराउने ।
  • प्रभावितहरुको दैनिक कार्य तालिकामा उनीहरुलाई संलग्न गराउन समन्वय गर्ने ।
  • आवास गृहमा बस्ने प्रभावितहरुलाई  मनोरञ्जनात्मक क्रियाकलापहरुमा संलग्न गराउने ।

गोपनियता कायम गराउने:

  • प्रभावितहरुले दिएका गोप्य सूचनाहरु संस्थाका सम्बन्धित व्यक्तिहरुलाई गोप्य तरिकाले अवगत गराउने ।
  • आवास गृहका प्रत्येक सूचनाहरु गोप्य राख्नुपर्नेछ र सम्बन्धित कर्मचारीहरु संग मात्र उक्त सूचनाहरु दिनुपर्नेछ ।
  • कामको दाौरानमा प्राप्त कर्मचारीहरुसंग सम्बन्धित सूचनाहरु गोप्य रुपमा परियोजना संयोजकसंग राद्यनुपर्नेछ ।

टीमका सदस्यहरु संग काम गर्नेः

  • आवास गृहका कर्मचारीहरुसंग समन्वयमा काम गर्ने (जस्तैः परियोजना संयोजक, सुपरभाईजर, परामर्शकर्ता आदी) ।
  • नियमित रुपमा आवास गृहका कर्मचारीहरुको बैठमका सहभागी हुने ।

नोटः निवेदन दिन ईच्छुक नेवेदक हरुले तल दिईएको ईमेल मा अफ्नो व्यक्तिगत विवरण पठाई निवेदन गर्न सक्नु हुनेछ।

apeironrecruitmentwing@gmail.com

Overview

Category Development and Project
Openings Few
Position Type Full Time
Experience 1+ years
Education SLC / SEE
Posted Date 19 Oct, 2020
Apply Before 18 Nov, 2020
City