रोजगार सेवा प्रदायक संस्था सम्बन्धी आशय पत्र
Aasaman Nepal (ASN) ‘A pioneer organization for education and nutrition’, is one of the leading Terai based NGOs led and managed by social activists since its establishment in Dhanusha, Janakpur in 1999. ASN has been engaged in developing and implementing programs aimed at protection, promotion and fulfillment of child rights in Nepal. Currently ASN has been working in 17 districts under 6 Thematic Areas as: Education/Child Protection, Women Empowerment, Livelihood/ Natural Resource Management, Disaster Risk Reduction, Health/ Nutrition and Good Governance.
Details / requirements:
रोजगार सेवा प्रदायक संस्था सम्बन्धी आशय पत्र
इटहरी विराटनगर क्षेत्रमा रहेका रोजगार सेवा प्रदायकहरु (Employment Support Services Provider) सँग बेरोजगार युवाहरुलाई दिगोरुपमा रोजगारी प्रवद्धन सेवा प्रदान गर्नकालागि आशय पत्र माग गरिएको ।
परियोजनाको परिचय
Step Up परियोजना Swisscontact को आर्थिक सहयोगमा आसमान नेपाल द्वारा सञ्चालित परियोजना हो । यस परियोजनाले बेरोजगार यूवाहरुलाई उद्धमशिलता विकास र शिपमुलक तालिम लिनका लागि उत्प्रेरित गर्दै समुदायमा रहेका बेरोजगार युवाहरु विशेष गरी महिला, बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई श्रम बजार सम्बन्धि सुचना तथा सम्मिलन सेवा मार्फत, शिपमुलक तालिम प्रदायक संस्थाहरुको माध्यमबाट श्रम बजारको माग अनुसार योग्य बनाई र रोजगारकालागि सेवा दिने संस्थाहरु मार्फत रोजगारदाताहरुसँग सम्पर्क तथा समन्वय गराई अधिकतम युवाहरुलाई रोजगारीमा पँहुच बृद्धि गराउने उदेश्यले प्रदेश नं. १ को मोरंग र सुनसरी जिल्लामा बिराटनगर महानगरपालिका, ईटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकामा Step Up परियोजना सञ्चालन गरिरहेको छ । जसले गरिबी न्यूनिकरण र उत्थानशील जिवीकोपार्जनकालागि युवाहरुको आर्थिक विकासमा योगदान गर्दछ र रोजगार प्रणालीलाई मजबुत बनाउँदछ ।
आसमान नेपालले Step Up परियोजना मार्फत संस्थाको संस्थागत विकासकामा सहयोग गरि रोजगार सेवा प्रदायकलाई दिगो रुपमा स्थापना गरी रोजगारीको सूचना र सेवाहरु युवा समुदायसँग पुर्याउन स्थानिय पालिकासँग प्रत्यक्ष समन्वयमा अधिकतम युवाहरुलाई रोजगार प्राप्त गर्नका लागि सहयोग गर्ने ईच्छुक संस्थाबाट यस कामका लागि आशय पत्र पेश गर्न आह्वान गरिएको छ ।
आशय पत्रको क्षेत्र तथा महत्व (Scope of the EOI): यस आसय पत्रले इटहरी विराटनगर औधोगिक क्षैत्रलाई लक्षित गरि रोजगार सेवा प्रदायक संस्थाहरुमा बेरोजगार युवा र रोजगार प्रदायक संस्था बिच सम्पर्क समन्वय गराई रोजगारीका लागि पँहुच अभिबृद्धि गर्न पुलको भुमिका निर्वाह गर्ने छ । जसले रोजगार सेवा प्रदायकलाई यस कोरिडोरीमा दिगो रुपमा रोजगार सेवा प्रदायको रुपमा स्थापित भइ निरन्तर नाफा तथा सेवामुलक संस्थाको रुपमा रहिरहन मद्धत पुग्नेछ ।
मुख्य उदेश्यः LMIIS को प्रयोगबाट बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्दे दिगो रुपमा रोजगार प्रवद्धन सेवाहरु संचालन गर्ने ।
बिशिष्ट उद्धेश्य
- दिगो रुपमा रोजगार सेवा प्रदायक संस्थाको संचालनमा छनौट गर्ने ।
- बेरोजगार युवाहरुलाई रोजगार प्राप्त गर्नका लागि सहयोग गर्ने ।
- श्रम बजारमा माग अनुरुपको शिप सिक्नका लागि परामर्श दिने ।
१ .आवश्यक कागजातहरू र योग्यता
- संस्था दर्ता भएको हुनु पर्ने ।
- रोजगार सेवा प्रदानका लागि सस्ंथागत अनुभव भएको ।
- संस्था सञ्चालकहरु नेपाली नागरिक हुनुपर्ने ।
- इटहरी विराटनगर औंधोगिक करीडोरलाई लक्षित गरि स्थानिय रुपमा कार्यालय संचालनमा रहेको ।
- स्थानिय सरकार, उद्योगी तथा तालिम प्रदायकसँग समन्वयमा रहेर कार्य गर्न इच्छुक ।
- श्रम बजार सुचना केन्द्रलाई केन्द्रविन्दु बनाई कार्य गर्नसक्ने ।
२. आशय पत्र र संस्थाको कागजातहरुः
- आशय पत्र
- संस्थाको हालसालै नविकरण भएको कागजात ।
- कर चुक्ता प्रमाणपत्र ।
- संस्थाकौ हालसालै गरिएको लेखा परिक्षण प्रतिवेदन ।
- सम्बन्धित क्षेत्रमा काम गरेको प्रमाण खुल्ने कागजात ।
- संस्थासँग भएको जनशक्तिहरुको विवरण ।
- संस्थागत प्रोफाइल साथै २ वर्ष को रोजगारी प्राप्त गरका युवाहरुको संख्या र सूचना संकलन गर्ने संख्या । आगामि योजना ।
३. सेवा प्रदायक संस्थाले गर्ने कामको विवरण
- संस्थाले दिने सेवाहरुको बारेमा विज्ञापन, सूचना प्रसारण तथा प्रचार प्रसार गर्ने ।
- युवाहरुलाई सिप अनुसारको रोजगारी प्रदान गर्न सहजिकरण गर्ने र अभिलेखिकरण गर्ने ।
- युवाहरुलाई LMIIS तथा विभिन्न कामको बारेमा अभिमुखीकरण गर्ने ।
- डस्थानिय सरकार तथा रोजगारी प्रदायक विच समन्वय गरि रोजगार अभिवृद्धि क्रियाकलाप संचालन गर्न समन्वयकारी भुमिका निर्वाह तथा संचालन गर्ने ।
- इटहरी विराटनगर औंधोगिक करीडोर लाई लक्षित रोजगाार सेवा प्रदायकको रुपमा दिगो रुपमा स्थापित हुन रणनैतिक योजनाका निमार्ण गर्ने ।
- सस्थागत क्षमतामा अभिवृद्धिका क्रियाकलापका साथै तथा लगानी अभिवृद्धि ।
- कार्य प्रगती र विवरण परियोजनाको आवश्यकता अनुरुप प्रदान गर्ने ।
४. आसमान नेपालले गर्ने कामको विवरण
- बेरोजगार युवाहरुमाझ रोजगार प्रदायक संस्थाको अधिकतम सूचना प्रवाह गर्न सहयोग गर्ने ।
- संस्थाको कर्मचारीहरुको क्षमता विकासमा सहयोग गर्ने ।
- संस्थाको क्षमता अभिवृद्धिकालागि आवश्यकिय निर्देशिका तथा योजना निमार्णमा सहयोग ।
- स्थानिय सरकारसँग सम्बन्ध विस्तार समन्वयकारी भुमिका ।
- रोजगार प्रदायक संस्थालाई श्रम बजार सूचना तथा सम्मिलन सेवा बारे अभिमुखीकरण गर्ने ।
- आपसी समय समयमा कामको मुल्याङ्कन गर्ने ।
५. संस्था छनौट प्रक्रिया: आसमान नेपालको नियम वमोजिम हुने छ ।
६. प्रतिलिपि अधिकार:
कागजातहरुको प्रतिलिपि अधिकार SWISSCONTACT/ASN सँग रहनेछ जसमा सामाग्री वा यसका अंशहरु नेपाल र विदेशमा क्ध्क्ष्क्क्ऋइल्त्ब्ऋत् नेपाल साझेदारहरुलाई वितरण गर्ने अघिकार समावेश छ ।
७. नोट: उम्मेदवारहरुले आसमान नेपालको निती तथा आन्तरिक कार्यविधि, प्रोटेकाल, आचार संहिता, बाल सुरक्षा र संरक्षणमा विशेष ध्यान दिई कुनै हानि नगर्ने नितीहरु पालना गर्नुपर्छ ।
८. आशय पत्र बुझाउने ठेगाना र समय सिमा
दिगो रुपमा रोजगारी सेवा प्रदायको रुपमा स्थापित भई यस क्षेत्रका वेरोजगारहरुलाई सेवा प्रदान गर्न माथिका आवश्यकताहरु पूरा गर्ने संस्थाहरु बाट आसय पत्र पेस गर्न अनुरोध गरिन्छ ।
आवेदनको अन्तिम मिति १६ भाद्र, २०७९ । छोटोसुचिमा पर्ने संस्थाहरुलाई मात्र दोस्रो चरणको अन्तरवार्ताका लागि सम्पर्क गरिने छ । अयोग्यताको लागि कुनै पनि निर्णय आसमान नेपालमा निहित हुनेछ ।
निवेदन दिने ठेगाना
आसमान नेपाल, इटहरी, सुनसरी(नमुना कलेज नजिक)
इमेल: procurement@aasamannepal.org.np
Website: www.aasamannepal.org.np
Contact number: 9810567273
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 18 Aug, 2022 |
Apply Before | 01 Sep, 2022 |
City | Itahari, Sunsari |