Project Coordinator/(Admin and Finance Assistant)/JT/JTA/Social Mobilizer)

Sahakarya Nepal,Sindhuli

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति:– २०७७/०४/२१ गते)

सहकार्य नेपाल, सिन्धुली २०६१ सालमा जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा विधिवत रुपमा स्थापना भएको गैरनाफामुलक गैर सरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि सिन्धुली जिल्लामा शिक्षा, स्वास्थ्य, सुरक्षित मातृत्व, जीविकोपार्जन साथै स्थानीय निकायको सुसाशन, पारदर्शिता, सामाजिक जवाफदेहीताका क्षेत्रमा नेपाल सरकार र विभिन्न साझेदार निकायहरुसँगको साझेदारीमा कार्य गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा UNDP/Nepal तथा दुधाैली नगरपालिका आर्थिक सहयोगमा यस संस्थाद्वारा सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा COVID-19 बाट प्रभावीत तथा आर्थिक रुपमा विपन्न र सामाजिक रुपमा पिछडिएका  समुदायहरुलाई लक्षित गरी उनीहरुलाई आय आर्जनको माध्यमबाट तत्कालै तथा दिर्घकालीन रुपमा जीविकोपार्जनमा सुधार ल्याउने  उद्देश्यले सञ्चालन हुन गइरहेको  COVID-19 Response and Socio-economic Recovery Project  को लागि तपशिलमा उल्लेखित जनशक्ति आवश्यकता भएको हुँदा निम्नानुसार योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दरखास्त आव्हान गरिन्छ । म्याद नाघी आएका र रीत नपुगेका दरखास्तहरु माथि कुनै कारवाही गरिने छैन । 

तपशिलः

१. पदः परियोजना संयोजक  (Project Coordinator): १ (एक) जना ।

न्यूनतम योग्यताः

  • मान्यता प्राप्त शैक्षिक संस्थावाट कम्तिमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरि स्थानीय निकाय वा अन्य सरकारी, गैर सरकारी संस्था तथा समुदायमा आधारित संस्थासँग आवद्ध भइ जिवीकोपार्जनका क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुुभव भएको ।
  • समन्वय, सहजीकरण, सञ्चार तथा कार्यक्रम व्यवस्थापन सम्वन्धी व्यवहारिक ज्ञान र सीप भएको । 
  • अंग्रेजी र नेपाली दुवै माध्यमबाट प्रतिवेदन लेखन क्षमता भएको, कम्पुटर तथा MS office Package  चलाउन सक्ने 

जम्मेवारीः

  • परियोजनाको बार्षिक योजना तर्जुमा, कार्यान्वयन र अनुगमन मुल्यांकन कार्यको मुख्य नेतृत्व लिने ।
  • आफ्नो मातहतका कर्मचारीहरुको जिम्वेवारी बहन गर्न आवश्यक सुझाव तथा सहयोग पुर्याउने ।
  • कार्यक्रमको उद्देश्य अनुसार समुदायमा सञ्चालन भएको कार्यक्रमहरुको नियमित अनुगमन गर्ने र कार्यक्रमहरु परियोजनाको उद्देश्यहरु अनुसार भइरहेको एकिन गर्ने ।
  • जिल्लामा जीवीकोपार्जन, कृषि तथा पशुपालन क्षेत्रमा आवश्यक सूचनाहरु सङ्कलन गरि आवश्यकताको पहिचान गर्नुका साथै कार्यक्रमको योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने ।
  • कार्यक्रमको कार्यान्वयन चरणमा जवफदेहीता, पारदर्शिता तथा गुणस्तरको सुनिश्चित गर्ने ।
  • जिल्ला भित्रका सरकारी तथा सरोकारवाला संघ/संस्थाहरुसंग समन्वय गरि परियोजनाको क्रियाकलापहरु अन्य संघ/संस्थाले गर्ने कार्यक्रमसंग दोहोरोपना हुन नदिने ।
  • समय तालिकामा आधारित भई दातृ निकाय तथा जिल्लाका सरोकारवाला निकायलाई नियमित रुपमा परियोजनाको प्रगती प्रतिवेदन पेश गर्ने ।
  • परियोजनाको असल सिकाई तथा राम्रा अभ्यासहरुलाई लिपिबद्ध गरि सम्बन्धित स्थानमा प्रस्तुतिकरण गर्ने 
  • परियोजनाको बजेट तथा यसको खर्चको नियमित रुपमा अनुगमन गर्ने र कार्यक्रमको मासिक प्रतिवेदन तयार गरि सम्बन्धित संस्था तथा सहकार्य नेपालमा पेश गर्ने ।

२. पदः लेखा तथा प्रशासन सहायक (Admin and Finance Assistant):१ (एक) जना ।

न्यूनतम योग्यताः

  • मान्यता प्राप्त शैक्षिक संस्थावाट वाणिज्य संकायमा कम्तिमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको 
  • सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • समन्वय, सहजीकरण तथा ब्यवस्थापन सम्बन्धि व्यवहारिक ज्ञान र सीप भएको । 
  • अंग्रेजी माध्यमबाट प्रतिवेदन तयार गर्न सक्ने ।

जिम्मेवारीः

  • हरेक दिन कार्यालय समयमा उपस्थित भइ कार्यालयमा हुने दैनिक आर्थिक तथा प्रशासनिक कार्यहरु (जस्तैः दर्ता, चलानी, बिदा रेकर्ड) आदि कार्यहरु प्रभावकारी रुपले संचालन गर्ने ।
  • आवश्यक कागजातहरु संकलन गरि नियमानुसार भुक्तानी गर्ने, गोश्वारा भौचर उठाउने, बहिखाता भर्ने र समयमै राजस्व बुझाउने । 
  • कर्मचारीहरुलाई मितव्ययी ढंगले आर्थिक क्रियाकलाप संचालन गर्न लगाउने 
  • हरेक क्रियाकलापहरुको लागत पुर्वानुमान गरि बजेट अनुसार कार्य गर्ने ।
  • परियोजनाको नियमानुसार समयमै आर्थिक प्रतिवेदन तयार गरि सम्बन्धित निकायमा पेश गर्ने ।
  • लेखा तथा प्रशासन व्यवस्थापक, लजिष्टिक सहायक, परियोजना संयोजक र संस्थासँग आवश्यकता अनुसार समन्वय गरि अन्य कार्यहरु गर्ने ।

३. पदः जेटी/जेटिए (JT/JTA) २ (दुई) जना ।

न्यूनतम योग्यताः

  • मान्यता प्राप्त शैक्षिक संस्थावाट कुषि तथा पशु विषयमा कम्तिमा जेटिए वा जेटी सरह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।

जिम्मेवारीः

  • परियोजना क्षेत्रमा कृषकहरुको रुची तथा सम्भाव्यता अनुसारको कृषि तथा पशु जन्य उत्पादनका लागि सूचनाहरु सङ्कलन गरि आवश्यकताको पहिचानका आधारमा कृषि तालिमहरु सञ्चालन गर्ने र बजारीकरणमा सहयोग गर्ने ।
  • कृषकहरुबाट लगाइएका कृषि तथा पशु जन्य उत्पादनको नियमित अनुगमन गरी आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने/गराउने । 
  • उत्पादित कृषि उपजको बजार क्षेत्र पहिचान गरि उद्यमी र व्यवसायी बिच समन्वय गराउने र बजार माग अनुसारको  कृषि तथा पशु उपजहरु उत्पादन गर्न कृषकहरुलाइ प्रेरित गर्ने ।
  • कृषि तथा पशु जन्य उत्पादन सम्बन्धी योजना निर्माण गरि कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने ।
  • परम्परागत रुपमा संचालित कृषि तथा पशु जन्य व्यवसायको आधुनिकीकरण गर्न प्रोत्साहन गर्ने ।

४. पदः सामाजिक परिचालक (Social Mobilizer) १ (एक) जना । 

न्यूनतम योग्यताः

  • मान्यता प्राप्त शैक्षिक संस्थावाट आइ.ए.वा सो सरह उत्तिर्ण भइ जीविकोपार्जन तथा सामाजिक परिचालन सम्वन्धि २ वर्षको कार्य अनुभव भएको । कृषि तथा पशु विषयमा तालिम प्राप्तलाइ विशेष प्राथमिकता दिइने छ ।

जिम्मेवारीः

  • परियोजनाको कार्यक्षेत्र भित्रका आवश्यक पर्ने सूचना सङ्ककलन गरि परियोजनाको कार्य योजना निर्माण गर्नको लागि परियोजना संयोजकलाई सहयोग गर्ने ।
  • कार्यक्षेत्र भित्रका सरोकारवाला निकायहरुसँग समन्वय गरि जीविकोपार्जन, कृषि र पशु विकास सम्बन्धि विषयमा तालिम कार्यक्रमहरु सञ्चालन गर्न सहजिकरण गर्न सक्ने ।
  • परियोजनाका सम्पादित कार्यहरुको अभिलेख राखि प्रतिवेदन तयार गर्ने तथा गतिविधीहरुको सफलताका कथाहरु, घट्ना अध्ययन तथा अभिलेख तयार गर्न सक्ने ।
  • स्थानीय भाषा बोल्न तथा संचार गर्न सक्ने ।
  • आवश्यकता अनुसार परियोजना संयोजकसँग समन्वय गरि थप कार्यहरु गर्ने ।

पारिश्रमिकः परियोजनामा व्यवस्था भएबमोजिम उपलब्ध हुनेछ ।  

परियोजना सञ्चालन हुने क्षेत्रः सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका का ६ वटा वडाहरु ।

पेश गर्नु पर्ने आवश्यक कागजातः निवेदनका साथ व्यक्तिगत विवरण (वायो–डाटा), शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपी, नागरिकता प्रमाण–पत्रको प्रतिलिपी, व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) को प्रतिलिपी, कार्य अनुभव प्रमाण–पत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ । निवेदन संस्थाको इमेल ठेगाना sahakarya2061@gmail.com बाट पनि पठाउन सकिने छ ।

परिक्षाको किसिम: लिखित, समुह छलफल÷प्रस्तुतीकरण र अन्तवार्ता

आवेदन दिने अन्तिम मिति: २०७७/०४/२७ गते अपरान्ह ५ः०० बजे भित्र

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरुको लघुसूची (Short List)  तयार पारिनेछ, साथै लघुसूची (Short List)  मा परेका आवेदकहरुलाई मात्र लिखित, समुह छलफल/प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागिताको लागि सम्पर्क गरिनेछ ।

आवेदन दिने ठेगानाः

सहकार्य नेपाल, सिन्धुली 

कमलामाइ नगरपालिका वडा नं.– ६, राममाडी

इमेलः sahakarya2061@gmail.com,

Website: sahakaryasindhuli.org.np

Overview

Category Development and Project
Openings 5
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 05 Aug, 2020
Apply Before 11 Aug, 2020
City Western Region