फिल्ड मोविलाइजर/ तथ्यांक सहायक (Data Assistant)

Social Development Center

Social Development Centre (SDC) Mahottari is non-political and non-profitable NGO established in 1996 by a group of Terai marginalized group’s activists. Since then, SDC is fully dedicated to work in humanitarian assistance, community development, livelihood, Child Well Being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

Details / requirements:

सूचना

समाज विकास केन्द्र, महोत्तरीले साझेदार संस्था World Vision International Nepal सँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकामा संचालन भइरहेको विभिन्न परियोजनाको लागि तपशील बमोजिमको पदमा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ ।

१. पद: फिल्ड मोविलाइजर 

संख्या: १

शैक्षिक योग्यता: कक्षा १२ पुरा गरेको र सामाजिक परिचालन तथा बालबालिकाको क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव भएको ।

संक्षिप्त कार्यविवरण:

  • समुदाय परिचालन (समुदाय तहमा बैठक, भेला संचालन) गर्ने ।
  • समुदाय, विद्यालय, वडा स्तरीय बाल अधिकार समिति, बाल क्लव आदिको बैठक आयोजना, सहजीकरण र माइन्युट लेखन गर्ने ।
  • RCs बालबालिकाको तथ्यांक व्यवस्थापन, नियमित फलोअप, भेटघाट, शिक्षा, स्वास्थ्य, सहभागिताको अवस्थाको बारेमा एन्ड्रोइड मोवाइलमा सफ्टवेयर प्रयोग गरी अनुगमन तथा रिपोर्टिङ गर्ने ।
  • वडा तथा समुदाय स्तरमा बाल स्पोन्सरशिप अनुगमन समिति गठन, परिचालन गर्ने ।
  • नियमित रुपमा GN, TL, IL, CEW, APR लगायत स्पोन्सरशिपका करेस्पोन्डेन्सको सम्पूर्ण काम गर्ने ।
  • सकारात्मक अभिभावकत्वका लागि अभिभावकहरुलाई उत्प्रेरित गर्ने र आफ्ना बालबालिकाको उचित माया, स्याहारको लागि प्रोत्साहित गर्ने ।
  • बालबालिकालाई नियमित विद्यालय जानका लागि प्रोत्साहित गर्ने ।
  • स्थानीय स्तरका सरोकार वालाहरु, राजनैतिक नेतृत्वकर्ता, अगुवा व्यक्तित्व, धर्मगुरु आदिसँग कार्यक्रम संचालनका लागि निरन्तर समन्वय र सहकार्य गर्ने ।

नोट: सम्बन्धित गाउँपालिकाको बासिन्दा र स्पोन्सरशिप सम्बन्धी अनुभव भएकोलाई प्राथमिकता दिइनेछ र एकडारा गाउँपालिकामा बसी काम गर्नु पर्ने ।

२. पद: तथ्यांक सहायक (Data Assistant)

संख्या:  १

शैक्षिक योग्यता: कक्षा १२ पुरा गरेको ।

संक्षिप्त कार्यविवरण:

  • तथ्यांक संकलनका लागि फारम तयारी तथा समुदायमा गई तथ्यांक संकलन गर्ने ।
  • संकलन गरिएका तथ्यांकहरुको संकलन गरिएका तथ्यांकहरुको फाइलिङ, व्यवस्थापन आदि गर्ने ।
  • तथ्यांकलाई कम्प्यूटरमा इन्ट्री गर्ने ।
  • तथ्यांक संकलन, प्रमाणिकरण र सिस्टममा अपलोड गर्ने ।
  • कार्यालयका उपकरणहरु जस्तै फोटोकपी, स्क्यानिङ आदि चलाउन सक्ने ।
  • माइक्रोसफ्ट सिस्टम लगायत् spreadsheet, Comcare system, field tasks, and other database-related software चलाउन सक्ने आदि ।

नोट: कम्प्यूटरमा दक्ष हुनु पर्नेछ ।

सेवा सुविधा: संस्थाको नियमानूसार

आवेदन पेश गर्ने अन्तिम मिति: २०७९ जेष्ठ ६ गते (कार्यालय समयभित्र)

आवश्यक कागजात: वैयक्तिक विवरण, निवेदन, शैक्षिक योग्यताको प्रतिलिपी, अनुभवको प्रमाणपत्र, नागरिकताको प्रतिलिपी र एक प्रति पासपोर्ट साइजको फोटो । छनौट सम्बन्धी सर्वाधिकार संस्थामा निहीत रहनेछ ।

ठेगाना: समाज विकास केन्द्र,

जलेश्वर, महोत्तरी

इमेल: vacancy.sdcmht@gmail.com

पदपूर्ति समिति

Overview

Category Development and Project
Openings 2
Position Type Full Time
Experience 1+ years
Education Intermediate (10+2)
Posted Date 17 May, 2022
Apply Before 20 May, 2022
City Mohattari