फिल्ड अफिसर/सुपरभाईजर

Ratauli Yuba Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रथम पटक: २०७७/११/१०

सेभ द चिलड्रेन र रतौली युवा क्लब को साझेदारीमा महोत्तरी जिल्लामा संचालित समुन्नति परियोजनाका लागि १८ वर्ष पुरा भई ५० बर्ष ननाघेका सम्बन्धित पदमा अनुभवी नेपाली नागरिकहरुबाट ७ दिनभित्र दरखास्त दिन आव्हान गरिएको छ ।

पदः फिल्ड अफिसर(बाल संवेदनशिल जिविकोपार्जन क्रार्यक्रम)  – १ जना

योगयता तथा अनुभवः

कृषी विज्ञान वा व्यवसायिक अध्ययन विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको, जिविकोपार्जन सुधार तथा सामाजिक विकास, कृषक समुहलाई परिचालन, बालीविज्ञान, बजारिकरण, कार्यक्रम योजना निर्माण, कार्यान्वयन, अनुगमन, मुल्याकंन, सुपरिवेक्षण, व्यवस्थापन, सरोकारवालाहरुसंग समन्वय सम्बन्धी ३ वर्षको कार्य अनुभव भएकोे,प्रतिवेदन लेखन, सम्पादन, कम्प्युटर र स्मार्टफोन सम्बन्धि राम्रो व्यावहारीक ज्ञान भएको । ५०% फिल्डमा रहेर काम गर्न सक्ने।

पदः सुपरभाईजर (शिक्षा कार्यक्रम) – १जना

योगयता तथा अनुभवः

शिक्षा वा समाजिक विज्ञान विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको, शिक्षा तथा सामाजिक विकास, समुदाय परिचालन, वडा स्तरको योजना तर्जुमा र कार्यान्वयन, प्रतिवेदन लेख्न र सुपरिवेक्षणमा कम्तिमा २ वर्षको अनुभव भएको, आधारभुत कम्प्युटर र स्मार्टफोन सम्बन्धि राम्रो व्यावहारीक ज्ञान भएको, प्रतिवेदन लेख्न तथा स्थानिय भाषा बोल्न सक्ने । ८०% फिल्डमा रहेर कामगर्न सक्ने ।

संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु: नेपाली नागरिकताको फोटोकपी, कम्तीमा २ जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क नम्बर सहितको ब्यक्तिगत विवरण (Bio-Data), अनुभवको प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपी सहित प्रष्ट रुपमा पद उल्लेख गरिएको आवेदन ।

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गराइनेछ । संस्थाको पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत युवाहरु तथा स्थानीयहरुलाई प्राथमिकता दिईनेछ । निवेदक बालसंरक्षण नितीको पालनागर्ने तथा कुनै किसिमको यौन दुव्र्यवहार, हिंसा, शोषण, विभेद, बेवस्ता, बेचविखन आदी कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निश्पक्ष र मेहनती व्यक्ति  हुनुपर्ने छ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतः अमान्य हुनेछ ।

दरखास्त दिने अन्तिम मिति: २०७७।११।१६ गते साँझ ५ः०० बजे सम्म ।

आवेदन दिने इमेल ठेगाना:

रतौली युवा क्लव (RYC)

टाउन प्लानिङ, जलेश्वर २, महोत्तरी

फोन नं. ०४४–५२०७९५

इमेल: vacancyryc@gmail.com

Overview

Category Development and Project
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 23 Feb, 2021
Apply Before 01 Mar, 2021
City Terai Region