प्राविधिक निरीक्षक

SOSEC Nepal

Details / requirements:

खुला विज्ञापन

(प्रथम पटक सूचना प्रकाशित मिति: २०७८/०८/१४ गते)

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।  

हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोग र यस संस्थाको सहजिकरणमा सञ्चालित एकीकृत जलश्रोत व्यवस्थापन परियोजनाको लागि तपशिल बमोजिमको कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित मितिले ७ दिन भित्र दरखास्त दिुनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

पदः प्राविधिक निरीक्षक

माग संख्याः १ (एक)

मुख्य कार्यहरु र जिम्मेवारीः 

  • नगर तथा गांउपालिकामा वार्षिक कार्यक्रम अनुसार पहिचान भएका योजनाहरुको एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम मापदण्ड अनुसार सर्वेक्षण गर्ने र सोको लागत इस्टिमेट तयार गरी स्विकृतिका एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रममा पेश गर्ने, 
  • सम्पन्न भएका खानेपानी तथा सरसफाइ योजनाहरुको निर्माण पश्चातका क्रियाकलापहरु जस्तै प्रथम तथा दोस्रो अनुगमन गर्ने, खानेपानी योजनामा निर्देशिका अनुसारको मर्मत सम्भार संयन्त्र निर्माण गर्ने र खानेपानी सुरक्षा योजना तयार गरी कार्यान्वयनमा उपभोक्ता समितिहरुलाइ सहजिकरण गर्ने । 
  • वार्षिक कार्ययोजना अनुसारका खानेपानी, सरसफाइ तथा अन्य योजनाहरुको निर्माण सुपरिवेक्षण गर्ने,
  • योजना कार्यान्वयनको क्रममा उपभोक्ता समितिले गरेको निर्माण कार्यको मूल्याकन गरी उपभोक्ता समितिलाइ विल भर्पाइ तयार गर्न सहजिकरण गर्ने, योजनाको निर्माण सकिएपछि अन्तिम अनुगमन एवं कमिसनिङ गर्ने, 
  • सम्पूर्ण प्राविधिक तालिम तथा अन्य कार्यका लागि प्राविधिक सहजकर्तालाइ सहजिकरण तथा सहयोग गर्ने, 
  • एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको प्राविधिक टिमसँग नियमित सम्पर्क समन्वय गर्दै निर्माण क्रियाकलापहरु संचालन गर्ने,
  • निर्माण पश्चात चरणमा नगर तथा गाउँ पालिकामा गठित संवद्ध समिति तथा उपभोक्ता समितिहरुलाइ आश्यकता अनुसार सहयोग गर्ने । 
  • योजना पारदर्सि र सुशासन कायम गर्दै सम्पन्न गर्नका लागि उपभोक्ताले आयोजना गर्ने सार्वजनिक सुनुवाइ,समिक्षा तथा लेखा परिक्षणमा सक्रिय सहभागी भई आवश्यक सुझाव र सल्लाह दिने । 

आवश्यक शैक्षिक योग्यता, अनुभव तथा सम्वन्धित कार्यमा दक्षता 

  • प्राविधिक निरीक्षकका लागि कुनै पनि प्राविधिक शिक्षालयवाट सिभिल ईञ्जिनियरिङ विषयमा डिप्लोमा पास गरी खानेपानी तथा सरसफाई क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको । 
  • खानेपानी तथा सरसफाइ योजनाहरुको सर्भेक्षण,डिजाइन तथा लागत इष्टिमेट तयार गर्न सक्ने । 
  • Computer र ITसंवन्धी ज्ञान भएको र खास गरी excel, word र खानेपानी योजना सम्वन्धी डिजाइन तथा लागत इस्टिमेट सप्टवयर मा दखल भएको हुनुपर्ने । 
  • सर्भे उपकरणहरु (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने । 
  • समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिग तथा समावेशीका सवालमा सचेत भएको । 
  • तोकिएको कार्यविवरण अनुसार सम्बन्धित कार्यक्षेत्रमा नै रही कार्य गर्न इच्छुक ।

बिस्तृत जानकारीको लागि तलको लिंकलाई क्लिक गर्नुहोस ।

https://sosec.org.np/np/?p=3024

परिक्षा सम्बन्धी जानकारीः

परिक्षाको किसिमः लिखित तथा अन्तरवार्ता

छोटो सूचि प्रकाशन मितिः ७ डिसेम्बर, २०२१

लिखित तथा अन्तर्वार्ता मितिः छोटो सूचि प्रकाशन गरेपछि जानकारी गराईने ।

सेवा तथा सुविधाः संस्थाको नीति नियम अनुसार

दरखास्त पेश गर्ने अन्तिम मितिः ६ डिसेम्बर, २०२१ (दिउसो ५:०० बजेसम्म) । यदि उक्त दिन विदा परेमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र इमेल hrc@sosec.org.np वा संस्थाको केन्द्रीय कार्यालय, दैलेख बजारमा पेश गर्न सकिने छ ।

आवेदनका साथ पेश गर्नुपर्ने कागजातहरु : सम्बन्धित निवेदकको वैयक्तिक विवरण, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपी र अनुभवका प्रमाणपत्रको प्रतिलिपीहरु ।

नोटः उपरोक्त पदमा स्थानीय तथा महिला, दलित, जनजाति, अपांगता भएका व्यक्तीहरुलाई बिशेष ग्राहयता दिइनेछ । 

बिस्तृत जानकारीको लागिः

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल

फोनः ०८९ ४२००९६/४२०१८७

फ्याक्सः ०८९ ४२००९३

वेभसाईटः sosec.org.np

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience 3+ years
Education Please check vacancy details
Posted Date 30 Nov, 2021
Apply Before 06 Dec, 2021
City Dailekh