प्रशासन तथा लेखा अधिकृत

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना

मिति २०७९ साल मंसिर ०५ गते

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र सानाकिसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । श्रोत साझेदारहरुसंगको सहकार्यमा महासंघले स्थानीय तहमा विभिन्न परियोजनाहरु संचालन गरिहेको छ ।

महासंघको केन्द्रिय कार्यालय काठमाडौंमा तपशिलको पदमा रही काम गर्न इच्छुक, योग्यता पुगेका, दक्ष नेपाली नागरिकले तपशिलमा उल्लेखित ठेगानामा: २०७९ मंसिर १२ गते सम्ममा रीतपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आसातीत तलव समेत उल्लेख गर्नुपर्ने छ ।

पद

संख्या

शैक्षिक योग्यता

आवश्यक अनुभव

प्रशासन तथा लेखा अधिकृत

१ (एक)

ब्यवस्थापन विषयमा स्नातक तह उतीर्ण

  • गैरसरकारी संघ, संस्थामा रही लेखा ब्यवस्थापन एवं प्रशासनमा कम्तिमा ३ वर्ष अनुभव भएको ।
  • विद्यामान आयकर तथा अन्य करहरुको बारेमा ज्ञान भएको 
  • लेखाको सिद्धान्त एवं अन्य नीतिको ज्ञान भएको
  • प्रभावकारी वित्तिय ब्यवस्थापन क्षमता एवं गुणस्तरीय आर्थिक प्रशासकीय ब्यवस्थापनको ज्ञान भएको 
  • साझेदारहरुसंको संझौतामा आधारीत गुणस्तरीय आर्थिक प्रतिवेदन तयारी क्षमता भएको ।
  • वित्तिय अनुगमन मुल्यांकन र कार्यारत कर्मचारीहरु तथा सदस्यहरुको वित्तिय दस्ताबेजिकरण क्षमता विकासमा योगदान गर्न सक्ने ।
  • खरिद प्रकृया एवं खरिद नीति सम्बन्धि ज्ञान र अनुभव भएको ।
  • प्रेसरको अवस्था र कामको प्राथमिकताका आधारमा कामको ब्यवस्थापन गर्ने ।
  • महिला, दलित,  सिमान्तकृत र जनजाती उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ । 
  • छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा (लिखित र मौखिक परिक्षमा ) समावेश गराईनेछ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु

  • रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि
  • दरखास्त बुझाउने ठेगाना:  ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।

दरखास्त बुझाउने अन्तिम मिति: २०७९ मंसिर १२ गते कार्यालय समय सम्म

छनौट विधी: लिखित र मौखिक

Overview

Category Administrative / Management, Accounting and Finance
Openings 1
Position Type Full Time
Experience 3+ years
Education Bachelor's in Management, Bachelor's degree in a related field
Posted Date 21 Nov, 2022
Apply Before 28 Nov, 2022
City Kathmandu