पदपुर्ति आवश्यकता

SAHAS Nepal

Details / requirements:

सहयोगी हातहरुको समूह (सहास) नेपाल

समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्धन परियोजना,रामेछाप

पदपुर्ति आवश्यकता (Vacancy Announcement)

विज्ञापन मितिः २०७८/०७/०२

सहयोगी हातहरुको समूह (सहास) नेपाल सामुदायीक विकासको कार्यमा नेपालको २२ वटा जिल्लाहरुमा सिमान्तकृत समुदायलाई सहयोग गर्दे आइरहेको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । यस संस्थाले रामेछाप जिल्लाको सुनापति र दोरम्बा गाउँपालिकामा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्धन परियोजना मार्फत विशेष गरी बाल-बालीकाहरुको लागि बिभिन्न कृयाकलाप संचालनमा सहयोग र सहजिकरण गर्दे आइरहेको छ यसक्रममा सुनापति र दोरम्बा गाउँपालिकाको लागि तपसिल विवरण अनुसारको कर्मचारीहरुको आवश्यकता भएकोले यो विज्ञापन गरिएको छ । 

(१) पद: सुपरभाइजर 

संख्याः

शैक्षिक योग्यताः स्नातक तह उतीर्ण, कम्तीमा २ वर्ष शिक्षा क्षेत्रमा कार्य अनुभव भएको

तलब सुविधाः सहास नेपालको नियम अनुसार 

मुख्य जिम्मेवारीहरुः

१.   विद्यालय जाने उमेर भएका र विद्यालय जान छोडेका वालवालिकालाई विद्यालय जान उत्प्रेरीत गर्ने

२.   समुह तथा संवाद केन्द्रको बैठक सहजिकरण र कार्य योजना बनाई कार्यन्वयन गर्न सहयोग गर्ने

३.  बिद्यालय ब्यबस्थापन समिति, अभिभाबक र  शिक्षकको बैठकमा सहभागी भई परियोजनाका कृयाकलाप कार्यन्वयन र विद्यालयको शैक्षिक गतिविधि संचालन गर्न सहयोग सकजिकरण गर्ने

४ .  गाउँपालिका वार्ड, शिक्षा ईकाइ, विद्यालय व्यवस्थापन समितिसंग समन्वय गर्ने

५.  कृयाकलापहरुको अनुगमन तथा प्रतिवेदन तयार गरी सम्बन्धित ठाउमा पेश गर्ने 

६.  परियोजनाले आयोजना गर्ने तालिम गोष्ठीको आयोजना गर्ने र अन्य सहयोग पुर्याउने

७.  संस्थाले तोकेका अन्य कार्यहरु गर्ने

८.  आफ्ना मातहतका कर्मचारीहरुलाई प्रभावकारी कार्यन्वयनको लागि सल्लाह सुभाव दिने 

(२)  पद: शिक्षा सहजकर्ता (Education Educator)

संख्याः

शैक्षिक योग्यताः शिक्षा विषयमा +२ वा सो सरह उतिर्ण भएको र कम्तीमा एक वर्ष सामाजिक परिचालनको क्षेत्रमा कार्य अनुभव भएको

तलब सुविधाः सहास नेपालको नियम अनुसार 

मुख्य जिम्मेवारीहरुः

१.   विद्यालय जाने उमेर भएका र विद्यालय जान छाडेका वाल-वालिकाहरुलाई विद्यालय जान उत्प्रेरीत गर्ने

२.   समुह तथा संवाद केन्द्रको बैठक सहजिकरण र कार्य योजना बनाई कार्यन्वयन गर्न सहयोग गर्ने

३.  बिद्यालय ब्यबस्थापन समिति,अभिभाबक र शिक्षकको बैठकमा सहभागी भई परियोजनाका कृयाकलाप कार्यन्वयन र विद्यालयको शैक्षिक गतिविधि संचाल गर्न सहयो सकजिकरण गर्ने

४    गाउँपालिका वार्ड, शिक्षा ईकाइ र विद्यालय व्यवस्थापन समितिसंग समन्वय गर्ने

५.   कृयाकलापहरुको अनुगमन तथा प्रतिवेदन तयार गरी सम्बन्धित ठाउमा पेश गर्ने 

६.   परियोजनाले आयोजना गर्ने तालिम गोष्ठीमा सहयोग पुर्याउने

७    घरधुरी र विद्यालयको तथ्याङ्क संकलन गर्ने

८.   संस्थाले तोकेका अन्य कार्यहरु गर्ने

(३) पद: सहायक वित्तिय तथा प्रशासकिय अधिकृत (Admin and Finance Assistant)

संख्याः

शैक्षिक योग्यताः वित्तिय विषयमा स्नातक वा सो सरह उतिर्ण भएको, कम्तीमा १ वर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको

तलब सुविधाः सहास नेपालको नियम अनुसार 

मुख्य जिम्मेवारीहरुः

१.    परियोजनाको मासिक, अर्धबार्षिक र बार्षिक वित्तिय प्रतिवेदन तयार गर्ने सम्बन्धित ठाउमा पेश गर्ने 

२.    परियोजनाको आर्थिक कारोवारहरु Money Works software मा entry गर्ने

३.    बजेट र खर्चको विश्लेषण गरी प्रतिवेदन तयार पार्ने

४.    गाउँपालिका वार्ड, शिक्षा ईकाइ, विद्यालय व्यवस्थापन समितिसंग समन्वय गर्ने

५.    परियोजनाले आयोजना गर्ने तालिम गोष्ठीमा सहयोग पुर्याउने

६.    संस्थाले तोकेका अन्य कार्यहरु गर्ने

(४) पद: ओभरसियर

संख्याः

शैक्षिक योग्यताः सम्बन्धित शिक्षालयबाट ओभरसियर उतिर्ण गरी कम्तीमा २ वर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको

तलब सुविधाः सहास नेपालको नियम अनुसार 

मुख्य जिम्मेवारीहरुः

१.   परियोजनाको आधारभुत विकासको कार्यक्रममा सहयोग गर्ने 

२.   Design Estimate तयार गरी परियोजनाको कृयाकलापहरु कार्यन्वयन गर्ने 

३.   गाउपालिका,वार्ड, शिक्षाईकाइ, विद्यालयव्यवस्थापन समितिसंग समन्वय गर्ने

४.   कृयाकलापहरुको अनुगमन तथा प्रतिवेदन तयार गरी सम्बन्धित ठाउमा पेश गर्ने 

५.   परियोजनाले आयोजना गर्ने तालिम गोष्ठीमा सहयोग पुर्याउने

६.   संस्थाले तोकेका अन्य कार्यहरु गर्ने

७.   भौतिक पूर्वाधार कृयाकलापहरु सहयोग गर्ने र सल्लाह सुभाव दिने 

पेश गर्नुपर्ने आवश्यक कागजातहरुः नेपाली नागरिकता, शैक्षिक प्रमाणपत्र, अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित योग्यता पुगेका इच्छुक व्यक्तिको सम्पर्क फोन नं समेतको व्यक्तिगत विवरण (बायोडाटा) र निवेदन सहास नेपालको इमेल ठेगाना sahasnepalvacancy@gmail.com मा मिति २०७८/०७/०८ गते ५ः०० बजे भित्र पेश गरिसक्नु पर्नेछ ।

(दलित, महिला र जनजातिलाई प्रथामिकता दिइने छ । छोटो सुचिमा छनोट भएका व्यक्तिलाई मात्र छनोट प्रकृयामा सामेल गराइने छ ।अन्तिम निर्णय गर्ने अधिकार सहास नेपालको रहनेछ । )

Overview

Category Development and Project
Openings 7
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 19 Oct, 2021
Apply Before 25 Oct, 2021
City Lalitpur