Outreach Worker (FAST सहजकर्ता)

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

कर्मचारी आवश्यकता

प्रथम पटक प्रकाशित मिती:  २०७७/०६/०१

Save the Children International/Global Fund  र बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाहीको साझेदारीमा संचालनमा रहेको क्षयरोग परियोजना अन्तर्गत कर्मचारीहरुको आवश्यकता रहेको हुनाले अनुभवि र मेहनती नेपाली नागरिकहरुबाट तल उल्लेखीत पदको लागि दरखास्त आवहन गरिएको छ । 

पदः Outreach Worker (FAST सहजकर्ता)

संख्याः २ दुई

कार्यक्षेत्रः गजेन्द्र नारागण सिंह सागरमाथा अस्पताल, राजविराज, सप्तरी

FAST कार्यक्रमका सहजकर्ताको न्युनतम जिम्मेवारीहरु:

  • अस्पतालको OPD कार्ड वनाउने शाखा सँग समन्वय गरि ओ.पि.डिमा सेवा लिन आएका विरामीहरुमा खोकी लागेको भए निजको पुर्जामा FAST को स्टाम्प लागाउन सहयोग गर्ने ।
  • अस्पताल प्रशासनसँग समन्वय गरि  FAST  रणनिति अनुसार भेटिएका सम्पुर्ण खोकि लागेको विरामीलाई छुट्टै कोठामा वस्ने व्यवस्था मिलाउने ।
  • त्यस्ता विरामीहरुमा क्षयरोगका अन्य चिन्ह लक्षणहरु स्कृनिङ गर्ने तथा क्षयरोगको संभावित विरामी भएकोमा निजको खकार संलग्न गरि  FAST रणनिति अनुसार परिक्षणको व्यवस्था मिलाउने ।
  • मूख्य अस्पतालमा हुने व्यवस्थापन समितिको मासिक वैठकमा क्षयरोगको केश नोटिफिकेशन को अवस्थावारे समिक्षा तथा योजना निर्माणमा सहयोग गर्ने ।
  • अस्पतालका सबै कर्मचारीहरु, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, पालिकाहरुका स्वास्थ्य संयोजकहरुसंग राम्रो सम्वन्ध कायम गरी कार्यकम प्रभावकारी रुपमा संचालन गर्ने ।
  • आफूसँग भएको आर्थिक हिसाब किताब चुस्त र दुरुस्त राख्ने र समयमै सम्बन्धीत निकायमा बुझाउने ।
  • सप्ताहिक तथा मासिक रुपमा गरिएका कार्यहरुको अभिलेख अध्यावधिक राख्ने ।
  • यस कार्यको रेकर्डिङ रिर्पोटिङ दुरुस्त राखि अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय र स्थानिय तह तथा परियोजना अधिकृतलाई मासिक रुपमा प्रतिवेदन पेश गर्ने ।

योग्यता तथा अनुभव:

  • न्यूनतम योग्यता सि.एम.ए. वा अ.न.मी. वा सो सरहको स्वास्थ्यको विषय उतिर्ण भएकोे ।
  • OPD तथा सामाजिक परिचालन क्षेत्रमो कार्य अनुभव भएको, संचार सिप तथा सहजिकरण सिप भएको, जिल्लाको स्थानियवासीलाई वढि प्राकथमिकता दिइने छ ।

दरखास्तको लागी योग्य उमेदवारले स्पष्ट संग पद खुल्ने गरि निवेदन, कम्तीमा २ जना सन्दर्भ व्यक्तिहरुको नाम  (Reference),  ईमेल र सम्पर्क नं.सहितको व्यक्तिगत विवरण (Bio-Data) यहि मिती २०७७/०६/०७ गते  (23 September 2020)  सम्म, ईमेल bwsn.tbprogramme@gmail.com मा पठाउनुपर्ने छ ।

नोट:  महिला, दलित, मुस्लिम, जनजाति, शारीरिक रुपमा फरक क्षमता भएको व्यक्ति सिमान्तकृत, स्थानियलाई विशेष प्राथमिकता दिईनेछ । कर्मचारीहरुको पारिश्रमिक तथा अन्य सेवा सुविधाको हकमा परियोजना/संस्थाको नियमानुसार हुनेछ । छनौट सुचिमा परेको उम्मेदवारहरुलाई मात्र लिखीत तथा अन्तर्वाता परिक्षमा सामेल गराईने छ । विज्ञापन सम्बन्धमा सम्पुर्ण अधिकार संस्थाको कर्मचारी भर्ना समितीमा निहीत रहने छ ।

BWSN adheres Child Safeguarding Policy with high importance and commits rigorous procedure to ensure all our personnel and program are safe for children. All candidates will be, therefore, subject of strict background checks.

Overview

Category Development and Project
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education ANM
Posted Date 18 Sep, 2020
Apply Before 23 Sep, 2020
City Lalitpur