निर्माण सामाग्रीका लागि सूचना प्रकाशन

Rural Community Development Centre (RCDC) Mugu

Details / requirements:

सूचना, सूचना, सूचना

 मिती:२०७९ मंसिर १६ गते  (२, डिसेम्ब , २०२२)

निर्माण सामाग्रीका लागि सूचना प्रकाशन

यु.एस.ए.आइ.डी.को आर्थिक सहयोगमा ग्रामिण सामुदायिक विकास केन्द्र, (RCDC) मुगु र मर्सिकोर नेपालको साझेदारीमा मुगु जिल्लामा संचालन भई रहेको भकारी (BHAKARI) परियोजनाका अन्तर्गत मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा संचालन हुने आयोजनाहरुको (संस्थाले तयार पारेको फाराममा उल्लेख भएका) लागि आवश्यक पर्ने सामाग्रीहरु  खरिद गर्नु पर्ने भएकाले ईच्छुक कानुनी मान्यता प्राप्त सप्लायर्सले सूचना प्रकाशित मितिले ७ दिन भित्र कोटेशन पेश गर्न हुन सवैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । 

तपसिलः 

  • ईच्छुक सप्लायर्सले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र अर्थात २०७९ मंसिर २२ (८ डिसेम्बर, २०२२) गते बेलुका ५ बजे भित्र संस्थाको ईमेल ठेगानाः rcdcvacancy055@gmail.com मार्फत अथवा संस्थामा उपस्थित भएर हार्ड कपि पेश गर्न सकिने छ ।
  • सप्लार्यसहरुले सामाग्रीहरुको दर उल्लेख गर्दा भ्याट सहितको मूल्य उल्लेख गर्नु पर्ने छ । 
  • कोटेशन सँगै कानुनी कागजातहरु ( फर्म दर्ता तथा नविकरण, भ्याट दर्ता चालु आ.व.को कर चुत्ता प्रमाण पत्र ) समावेश गर्नु पर्ने छ ।
  • कोटशन पेश गर्दा यसै सूचना संग राखिएको कोटशेन फाराममा दररेट र कानुनी दर्ता प्रमाण पत्र स्पष्ट रुपमा  बुझिने् गरि पठाउनु पर्नेछ । अन्यथा पेश गरिएकोको कोटेशन प्रतिस्पर्धामा लगिने छैन,
  • गुणस्तरिय सामाग्री कम दररेटमा उपलब्ध गराउने, छोटो समयमा सामाग्री उपलब्ध गराउने र कानुनी दर्ता प्रमाण पत्र उपलब्ध गराउने सप्लार्यस लाई छनौट गरिने छ ।
  • समय नाघी आएको कोटेशन स्वत अयोग्य हुनेछ, साथै सामाग्री खरिद गर्दा परिमाणमा तल माथि हुन सक्ने छ ।
  • ईच्छुक सप्लार्यसले संस्थाले तयार पारेका कोटेशन फाराम भरेर छाप सहित रहेको  कोटेशन पेश गर्नु पर्ने छ ।
  • सप्लायर्सहरुले कोटेशन पेश गर्दा  तपशिलको योजना स्थल सम्मको ढुवानीको मूल्य राखेर पेश गर्नु पर्ने

                क) सोरु गाउँपालिका वडा नं. ३, ६ र ७ सम्मको ढुवानी दर

                ख) खत्याड गाउँपालिका वडा नं. ६, ७, ८ र ९ सम्मको ढुवानी दर

                ग) छायाँनाथ रारा नगरपालिकाको वडा नं. १२ र १३ सम्मको ढुवानी दर 

  • यस कोटेशन बाट छनौट भएका सप्लायर्सको कारोबारो अवधि १ बर्षको अथवा डिसेम्बर २०२३ सम्म लागु हुने छ ।

Construction Material List

आवेदन पेश गर्ने प्रक्रियाः

उपरोक्त बमोजिमको सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात २०७९ मंसिर २२ (८ डिसेम्बर, २०२२) साँझ ५:०० बजे RCDC,Mugu को कार्यालयमा बुझाउन पर्ने छ, rcdcvacancy055@gmail.com बाट पनि पठाउन सकिने छ ।

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा RCDC,Mugu को फोन ०८७–४६००९० मा सम्पर्क गर्न सकिनेछ ।

खरिद समिति

ग्रामिण सामुदायिक विकास केन्द्र, मुगु 

Overview

Category Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 02 Dec, 2022
Apply Before 08 Dec, 2022
City Mugu