निर्माण सामाग्रि खरिदका लागि बोलपत्र आव्हान सम्बन्धी पुनः प्रकाशित सूचना (दोश्रो पटक)

SabalNepal

SABAL Nepal is a leading humanitarian and development organization working in the field of disaster risk reduction, WASH, governance, community development, livelihood, clean energy and climate change in Madhesh Province, with its headquarter in Rajbiraj, Saptari, Branch office at Mirchaiya, Siraha, and field office in Khadak Municipality, Kalyanpur, Saptari. SABAL has over a decade of experience delivering emergency respond, crisis management, sanitation approaches and governance. Our responses focus on the needs of the most vulnerable populations, particularly, youth, adolescent, girls, women and people with special needs. WASH governance issue is at the heart of SABAL Nepal efforts because our experience shows that its gain can translate into benefits for the HHs, society, local government and SDG 2030. Essentially, SABAL Nepal’s humanitarian and development work is our commitment to help rebuild safer, stronger, effective, environment friendly places that people call home. Our programs to improve health and education, promote social justice, water, sanitation and hygiene, open up economic opportunities make communities more resilient and less vulnerable to the factors that causes poverty.

Details / requirements:

दोश्रो पटक प्रकाशित मिति २०७७।११।०७ गते

 

सबल नेपालवि.सं. २०६२ मा सप्तरी जिल्लामा स्थापनाभएको एक अगुवा गैर सरकारी संस्थाहो । स्थापनाकालदेखि नै सबल नेपालले सामाजिक क्षेत्रमा सक्रिय रुपमाकार्य गर्दै आईरहेको सर्वविद्धितै छ । हाल सबल नेपालले Welthungerhilfe(WHH) संगको साझेदारीमा “Early Childhood Development (ECD) Centers For Child Friendly School Initiativesसप्तरीमा संचालन गर्दै आईरहेको छ । सोहि परियोजना अन्र्तगत भवन निर्माणका लागि स्थानीय तथा बाह्य निर्माण सामाग्रिहरुको आवश्यक्ता रहेकोले तल उल्लेखित शर्तहरुको अधिनमा रहि सामाग्रि आपुर्ति गर्न ईच्छुक आपुर्तिकर्ता (थोक तथा खुद्रा बिक्रेता) हरुबाट न्युन मुल्यमा तोकिएको गुणस्तर र मापदण्डका सामाग्रीहरु खरिद गरिने प्रावधान अनुसार शिलबन्दी दरभाउ आहवानको लागि यो ३ (तिन) दिने सुचना दोश्रो पटक प्रकाशित गरिएको छ । साथै यसअघि बोलपत्र पेश गरेका आपुर्तिकर्ताले पुनः बोलपत्र पेश गर्न पाउने छैन ।

 

बोलपत्र नं. ०१।०७७।७८

शर्तहरु :

१. शिलबन्दी दरखास्त पेश गर्ने आपुर्तिकर्तासंग कम्तिमा सम्बन्धित सामाग्रीआपुर्ति गर्ने कार्य अनुभबभएको हुनुपर्नेछ र साथै वार्षिक कारोबार कम्तीमा २५ लाख वा सो भन्दा बढी भएको हुनुपर्नेछ । आपुर्ति गर्ने सामाग्रि निम्नानुसारको हुनेछ । एक आपूर्तिकताले तलउल्लेखित सबै सामाग्री वा कम्तिमा कुनै एक क्षेत्रको लागीआवश्यक पर्ने सामाग्रीको उपलब्धताको लागी बोल पत्र पेश गर्न सक्ने छ । 

# निर्माण सम्बन्धि स्थानिय सामाग्रीहरु (गिट्टी, बालुवा, ढुङ्गा) 

# इट्टा 

# निर्माण सम्बन्धिका सामाग्रीहरु

 # ट्रस्ट निमार्णका सामाग्रिहरू


२. निर्माण कार्यको लागीआवश्यक सामाग्रीहरु योजना निर्माण स्थल श्री आर्दश सरस्वती प्रा.बि., लौवापार रुपनी गाउँपालिका वडा नं. २ तथा श्री मुक्तेश्वर प्रा.बि., बसबिटी, रुपनी गाउँपालिका वडा  नं. ५ सप्तरीमा उपलब्ध गराउनु पर्ने छ । 

 

३. इच्छुक आपूर्ति कर्ताले आफूले इच्छाइएको क्षेत्रमा सेवा दिनका लागी निम्न कागजात सहित बोल पत्र पेश गर्नु पर्ने छ । आवश्यक सबै कागजात पेश नभएको वा विवरण स्पष्ट नभएको बोलपत्रलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । 

# संस्थाले उपलब्ध गराएको कोटेशन फारममा माँग भए अनुसारको विवरणमा हस्त लिखित वा कम्प्युटर प्रिन्टबाट तयार गरिएको पूर्ण बोल पत्र । 

# वार्षिक कारोबार कम्तीमा २५ लाखवा सो भन्दा बढी भएको प्रमाणित गर्ने कागजात । 

# बोल पत्रमा उल्लेखित सामाग्रीको रकममालाग्ने TAX/VAT रकम

# निर्माण स्थल सम्म सामाग्री उपलब्ध गराउनु पर्ने भएकोले उक्त प्रस्तावित दररेटमा थप ढुवानी खर्च लाग्ने वा नलाग्ने बारे स्पष्ट उल्लेख भएको हुनु पर्ने । लाग्ने भए रकम खुलेको हुनु पर्ने । नेपाल सरकारको आयकरको नियमानुसार दर्ता भई आवश्यक कानूनी कागजातहरु अध्यावधिक भएको र कम्तीमा पनि गत आ.ब.सम्मको पुर्ण रुपमा अद्याबधिक हुनुपर्नेछ । र फर्म दर्ता प्रमाण पत्र, मुल्यअभिवृद्धि कर प्रमाण पत्र तथा आ.व.२०७६।७७ को कर चुक्ता प्रमाण पत्र वा कर दाखिला प्रमाण पत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । यदी फर्म नविकरण गर्नु पर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनु पर्ने । 

# इमेलबाट पठाउँदा सबै कागजातहरुको प्रतिलिपि सहितको विवरण पासवर्ड सुरक्षित हुने गरि पठाउनु पर्ने छ भने खाम बन्दि बोलपत्रमा लाहछाप सहित सफा, नच्यातिएको खाममा बाहिरपटि प्रेशकको नाम, ठेगाना र सम्पर्क नं. उल्लेख गरिएको हुनु पर्ने छ । खाममा सम्पर्क नं. वा इमेल ठेगाना नभएको विवरण लाई छनौट प्रक्रियामा सामेल गराउन सकिने छैन । 

 

४. राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र सरकारी कार्यालय लगायत अन्य संघ संस्थाहरुमा सेवा प्रदान गर्दे आईरहेको तथा आफ्नो व्यावसायमा बालबालिकाहरुको प्रयोग नगरेको तथा बाल सुरक्षा नीति अबलम्बन हुनु पर्ने छ । साथै सेवाप्रदायकले आफ्नो व्यावसायमा गैरकानूनी रुपमा कही कतैबाट आर्जन गरिएको रकम लगानी नगरेको भनि निवेदनमा उल्लेख गर्नु पर्ने छ । 

 

५.  शिलबन्दी दरखास्तका लागि सबल नेपालको वेभसाईटमा गई वा तल उल्लेखित ईमेलबाट फारम माँग गर्न सक्नेछ । बोलपत्रदाताले तोकिएको फारममा आवश्यक सम्पूर्ण कागजात सहित लाहा छाप लगाइ पेश गर्ने समयावधी मिति २०७७।११।०७ गते देखि २०७७।११।०९ गते साझ ५ बजेसम्म रहनेछ । तोकिएको समयावधि पश्चात प्राप्त शिलबन्दी दरखास्त स्वतः बदर ठहरिनेछ । 

 

६. शिलबन्दी दरखास्तका लागि उल्लेखित इमेलमा आफनो फाइलमा अनिवार्य रुपमा पासवोर्ड लगाइ उपलब्ध गराउनु पर्नेछ । बोलपत्रदाताले पासवर्ड दरभाउ पत्र खुल्ने दिन संस्थाले तोकेको आधिकारी कर्मचारी वा खरिद समितिको पदाधिकारीलाई मात्र गोप्य रुपमा उपलब्ध गराउनु पर्नेछ ।

 

७. प्रथम पटक प्रकाशित सुचना अनुसार प्राप्त बोलपत्रहरुलाई सूचना प्रकाशित मितिले ४ औ दिन दिउसो १ बजे संस्थाको खरिद समिति, संस्थाका पदाधिकारी  तथा आमन्त्रित लगायत बोलपत्र प्रेशक वा दाखिला गर्ने प्रतिनिधीहरुको रोहवरमा सबल नेपालको मुख्य कार्यालयमा खोलिनेछ । सो बारे सम्बन्धित इच्छुक सेवाप्रदायकहरुलाई इमेल वा फोन मार्फत २४ घण्टा अगाडी जानकारी गराइने छ । तर कुनै पनि बोलपत्रदाताको प्रतिनिधी उपस्थित हुन नसक्ने भनि जानकारी  भएमा बोलपत्र खोल्न बाधा पर्ने छैन । 

 

८. यस शिलबन्दीबोल पत्र सम्बन्धी अन्य नियमहरु संस्थाको खरिद समितिमा निहित रहनेछ ।

 

९. यस शिलबन्दी बोल पत्र सम्बन्धी बिस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको सम्बन्धित परियोजना कार्यालय वा सबल नेपालको तल उल्लेखित जिल्ला शाखामा सम्पर्क राख्न सकिनेछ र दरभाउपत्र सम्बन्धी सामाग्रीहरुको Quotation फारम संस्थाको वेबसाईट www.sabalnepal.org.np बाट Download गर्न सकिनेछ तथा ईमेल मार्फत पनि अनुरोधको आधारमा प्राप्त गर्न सकिनेछ ।

 

बिस्तृत जानकारी तथा प्रस्तावना पेश गर्ने सम्पर्क ठेगाना

सबल नेपाल

मुख्य कार्यालय, राजबिराज –१, सप्तरी

वा

सबल नेपाल

शाखाकार्यालय, मिर्चैया, सिरहा (पुकु डिपार्टमेन्टको छेउमा)

इमेल : procurementsabal@gmail.com

(नोट : यो सुचना यस संस्थाको वेब पेज  www.sabalnepal.org.np मा पनि हेर्न सकिनेछ ।)

Overview

Category Engineering - Hardware
Openings 01
Experience Please check details below.
Education Please check details below.
Posted Date 26 Jan, 2021
Apply Before 21 Feb, 2021
City Terai Region