मनोविमर्शकर्ता/ सुपरिवेक्षक

TPO Nepal

Transcultural Psychosocial Organization Nepal (TPO Nepal) is one of Nepal’s leading psychosocial organization. It was established in 2005 with the aim of promoting psychosocial well-being and mental health of children and families in conflict affected and other vulnerable communities through the development of sustainable, culturally-appropriate, and community-based psychosocial support systems. TPO Nepal is a knowledge-driven, innovative organization working in areas disrupted by violence and poverty. We strive to develop local psychosocial, mental health and conflict resolution capacity and systems that promote community resilience, quality of life and self-reliance through education, research, service delivery and advocacy.

Details / requirements:

बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल)

पदपूर्ति सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति : २०७८/०५/३०) 

बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल) मनोसामाजिक सु–स्वास्थ्य र मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत एक राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखिनै नेपालका विभिन्न जिल्लाहरुमा समुदायमा आधारित भई सामान्य तथा आकस्मिक अवस्थाहरुमा मनोसामाजिक सहयोग पुर्याउनुका साथै मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी सेवा प्रवाह, तालिम, पैरवी तथा अनुसन्धानका कार्यहरु पनि सञ्चालन गर्दै आइरहेको छ । 

टि. पि. ओ. नेपालले मोरङ्ग जिल्लाको कानेपोखरी गा.पा.मा किशोर किशोरीहरुको मानसिक स्वास्थ्य प्रवद्र्धन तथा मानसिक समस्याहरुको रोकथामका लागि विद्यालय केन्द्रित सहयोग कार्यक्रम HASHTAG (Health Action in ScHools for a Thriving Adolescent Generation) नामक परियोजना सञ्चालन गर्न गइरहकेको छ । यस परियोजनाको उद्देश्य उक्त कार्यक्रमको सम्भाव्यता तथा स्विकार्यता अध्ययन गर्ने हो । 

यस परियोजना सञ्चालनको लागि तपशिल बमोजिमका पदहरुमा उल्लेखित कर्मचारीहरु पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकलाई सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । 

क. मनोविमर्शकर्ता/ सुपरिवेक्षक

१. आवश्यक संख्या : १ जना 

२. सुरुवात मितिः यथाशीघ्र

३. कार्य सम्झौता समयावधि : ९ महिना

४. आवश्यक योग्यता, सीप तथा अनुभवहरुः 

  • कम्तिमा मनोविज्ञानमा स्नातक रपरामर्श मनोविज्ञान विषयमा एक बर्षे पि.जि.डि र छ महिनाको मनोविमर्शकर्ता तालिम प्राप्त गरेको, चिकित्सा मनोविज्ञान वा परामर्श मनोविज्ञानमा स्नातकोत्तर गरेको आवेदकलाई ग्राह्यता दिइने छ ।
  • कम्तिमा पनि २ बर्षको मनोविमर्श सेवा प्रदान गरि समूह तथा व्यक्तिगत रुपमा सुपरिवेक्षण गरेको अनुभव भएको ।
  • बहुसांस्कृतिक वातावरणमा काम गर्न सक्ने ।
  • शिक्षक लगायत विभिन्न समूहहरुको मनोसामाजिक तथा मानसिक स्वास्थ्य विषयमा तालिम सञ्चालन गरेको अनुभव भएको ।
  • नियमित कामको प्रतिवेदनहरु तयार गर्न सक्ने ।
  • कम्प्युटर सम्बन्धी ज्ञान भएको, तालिममा आवश्यक श्रव्य दृष्य सामग्रीहरु निर्माण गर्न सक्ने ।
  • नेपाली र अंग्रेजी भाषामा लिखित तथा मौखिक रुपमा दोहोरो सञ्चार गर्न सक्ने ।

५. मूख्य जिम्मेवारीहरुः 

मनोविमर्शकर्ता र सुपरिवरिवेक्षका मूख्य जिम्मेवारी निम्नानुसारका हुने छन यसका साथै संस्था तथा कार्यक्रमको आवश्यकता अनुसार जिम्मेवारी थपघट पनि हुन सक्नेछ :

  • परियोजनाको कार्यक्षेत्र भित्रका समुदाय तथा विद्यालयहरुमा गई किशोर किशोरी तथा अभिभावकहरुलाई आवश्यकता अनुसार व्यक्तिगत तथा समूह मनोविमर्श सेवा प्रदान गर्ने, नियमित केश फलोअप गर्ने ।
  • मनोविमर्श सेवा तथा केशहरुको  अभिलेखिकरण गर्ने,  प्रतिवेदनहरु तयार गर्ने तथा नियमित रुपमा परियोजना संयोजक तथा क्लिनिकल संयोजकलाई अध्यावधिक गर्ने  ।
  • शिक्षकहरुको लागि तालिम सञ्चालन गर्ने ।
  • कार्यक्रम अन्तर्गत कार्यरत समूह सहजकर्ताहरुलाई सुपरिवेक्षण गर्ने किशोर किशोरीहरुको समूह सञ्चालन गर्न सहयोग गर्ने ।
  • क्लिनिकल संयोजकसँग नियमि रुपमा सुपरिवेक्षण वैठकका सहभागी हुने ।
  • विद्यालयमा मानसिक स्वास्थ्य प्रवर्धन तथा समस्या रोकथामका विषयमा सचेतना कार्यक्रमहरुको नेतृत्व गर्ने तथा सुपरिवेक्षण गर्ने  ।
  • परियोजनासँग सम्बन्धित नियमित बैठकहरुमा सहभागी हुने ।
  • स्थानीयस्तरका सरोकारवालाहरु जस्तैः स्थानीय निकाय, शिक्षक शिक्षिका तथा अभिभावकहरुसँग आवश्यकता अनुसार समन्वय तथा सञ्चार गर्ने ।
  • संस्थाको हितका लागि परियोजना संयोजकले दिएको सुझाव तथा यी माथि उल्लेख गरिएका भन्दा बाहेकका थप जिम्मेवारीहरुलाई बहन गर्ने ।

६. दरखास्त दिने अन्तिम मिति : २२ सेप्टेम्वर, २०२१ साँझ ५ बजे सम्म ।

७. दरखास्त दिने इमेल ठेगाना : hrtponepal@tponepal.org.np (इमेलको विषयमा दरखास्त दिन चाहेको पद लेख्नुहोला )

८. दरखास्तमा संलग्न गर्नुपर्ने कागजातहरु : बायोडाटा तथा निवेदन

नोटः रितपूर्वक नभरिएका, म्याद नाघि आएका र योग्यता नपुगेका दरखास्त स्विकृत गरिने छैन । योग्यता पुगेका स्थानीय, महिला, थारु, सन्थाल, दलित, आदिवासी जनजाती तथा मधेशी वर्गलाई दरखास्त दिन प्रोत्साहन गरिन्छ ।



Overview

Category Counseling / PsychoSocial
Experience 2+ years
Posted Date 15 Sep, 2021
Apply Before 22 Sep, 2021
City